महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि आयोजना गरेको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवलाई राष्ट्रपति भण्डारीले विशेष सम्बोधन गर्ने भएकी छिन् ।
सुदूरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शुक्लाफाँटा पर्यटन महोत्सवलाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिए । भीमदत्त नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रचार गरी पर्यटन प्रर्वद्धन गर्न फागुन ९ गते देखि १९ गतेसम्मका लागि तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ आयोजना गरिएको हो ।
स्वागतको भब्य तयारी
राष्ट्रपति आउने भएपछि उनको स्वागतका लागि कञ्चनपुरको महेन्द्रनगरमा भव्य तयारी भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो १ बजे भीमदत्त नगरपालिका वडा नम्बर १६ मा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक मझगाउँ स्थीत घाँसे मैदानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजना गरिने उक्त कार्यक्रममा सम्बोधन गर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए । उनका अनुसार कञ्चनपुरमा राष्ट्रपतिको सुरक्षार्थ तयारी थालिएको छ । सुरक्षा निकायका सबै युनिटलाई परिचालन गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ ।
शुक्लाफाँटा पर्यटन महोत्सव गर्दा र राष्ट्रपतिले महोत्सवमा सहभागी भई सम्बोधन गर्दा ओझेलमा परेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा विकसित हुने र प्रचारप्रसार समेत हुने यहाँका नागरिकको विश्वास रहेको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित विभिन्न पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गरिएको सो महोत्सव फागुन ९ गतेदेखि जारी रहेको छ ।
फागुन १४ गतेदेखि १६ गते सम्म सुदुरपश्चिम प्रदेशका ५ जिल्लामा हुने ८ कार्यक्रममा राष्ट्रपति भण्डारी सरिक हुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले बिहिबार विहान १० बजे दार्चुलास्थित मालिकार्जुनको दर्शन र ११ बजे मालिकार्जुन माविको निरिक्षण गरेकी छिन्






