पोखरा उद्योग वाणिज्य संघमा नारायण कोइराला निर्वाचित

पोखरा । पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा नारायण कोइराला निर्वाचित भएका छन् । संघको ३३ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानको अन्तिम मतगणना परिणाममा अध्यक्षका प्रत्यासी बिन्दु कोइराला सुवेदीलाई ४ सय १० मतअन्तरले पराजित गर्दै आफ्नो प्यानलको वर्चश्व कायम गरेका छन् ।

निर्वाचित नारायण कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गर्दा बिन्दुले ९ सय ६५ मत प्राप्त गरिन् । ३ हजार १ सय ५४ मतदातामध्ये मतदान प्रक्रियामा २ हजार ३ सय ६५ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति निर्विरोध भए ।

उपाध्यक्ष (वाणिज्य) तर्फ अर्जुन पोखरेल निर्वाचित भए । उनले आफ्नो प्रत्यासी सोवित पौडेललाई पराजित गरेका हुन् । अर्जुनको पक्षमा १ हजार २ सय ४४ र सावितको पक्षमा १ हजार ९६ मत परेको छ ।

उपाध्यक्ष (उद्योग) तर्फ गोकर्ण कार्कीले १ हजार ३ सय २७ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका प्रत्यासी चिनुकुमारी गुरुङ पराजित भइन् । उनले १ हजार १४ प्राप्त गरिन् ।

महासचिवमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भए । उनले १ हजार ५ सय १४ प्राप्त गरे भने उनका प्रत्यासी धनीराम बरालले ८ सय २८ मत प्राप्त गरे । यसैगरी, उपमहासचिवमा केशवबहादुर खत्रीले १ हजार ३ सय २३ मत प्राप्त गरी निर्वाचित हुँदा धर्मराज बर्तौलाले १ हजार १३ मत ल्याउन सके ।

कोषाध्यक्षमा बलराम आचार्य निर्वाचित भए । आचार्यले १ हजार २ सय ६५ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रत्यासी तारानाथ ढुंगानाले १ हजार ७० मत ल्याएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा निर्वाचित उपाध्यक्ष (उद्योग) तर्फबाहेक सबै नारायण कोइराला प्यानलका हुन् ।

यसैगरी साधारण सदस्यमा उत्तममान बुद्धाचार्य (१५९७), कुमारी मुना बास्तोला (१६२६), दिनेशचन्द्र सापकोटा (१२८२), देवेन्द्र केसी (१२१४), भरत केसी (१३२३), पवित्रादेवी गुरुङ (१२४१), शोभा गौतम (१७००), सुदनबहादुर कोइराला (१२७९), सुदीप प्रधानाङ्ग (१४१४) र हरिराज पन्त (१३८८) निर्वाचित भए ।

साधारणतर्फ १० सदस्यका लागि १६ जनाको उम्मेदवारी थियो । तीमध्ये निर्वाचित पत्रिवादेवी बिन्दु कोइराला प्यानलकी हुन् । स्वतन्त्र उम्मेदवारी दिएका उत्तममान बुद्धाचार्य र सुदीप प्रधानाङ्ग दुवैले जित हासिल गरे ।२ जना वस्तुगतमा कर्पोरेट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध हुँदा १ औद्योगिक सदस्यतर्फ हीरामणि पण्डित निर्विरोध भएका छन् ।

४ जना वस्तुगत सदस्यतर्फ बालाकृष्ण कोइराला (१८), राजन गोंगजु (१६), बलराम तिमिल्सिना र रुपनारायण भुजेल निर्वाचित भए । तीमध्ये बलराम, रुपनारायण र उदयबहादुर केसीको समान १५ मत परेकोमा गोलाप्रथामा उदयबहादुर पछि परेका हुन् ।

संघका निवर्तमान अध्यक्षले नवनिर्वाचित अध्यक्ष शपथ खुवाए भने निर्वाचित अध्यक्ष अन्यलाई शपथ खुवाएका छन् । जितपछि नारायण कोइरालाले सबै उद्योगी व्यवसायीलाई समेटेर आफ्नो कार्यकाल सफल बनाउने प्रतिबद्धता व्यक्त गरे । निर्वाचित कार्यसमितिको पदावधि २ वर्षको हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 413 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे