काठमाडाैं । नेकपा दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू ढुक्क रहेकाे बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना कुनै हालतमा हुँदैन भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रचण्डले मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामा अदालतले संसद पुनःस्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए ।
सर्वाेच्चले संसद पुनःस्थापना गर्छ भन्नेमा पूर्ण विश्वस्थ रहेकाे जनाउदै यो कुनै काल्पनिक विश्वास नभएकाे बताए । ‘धेरैसँगको अन्तरक्रिया, संविधानविदहरुको कुरा र न्यायधीशहरुको अभिव्यक्ति सुनेपछि म ढुक्क भएको हुँ, तपाईहरु पनि ढुक्क हुनुस् संसद पुनःस्थापना हुन्छ ।’ प्रचण्डले भने ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गरेमा वा अन्यथा भएमा सबैभन्दा ठूलो जन अदालत नै भएकाले आफूहरु जनअदालतमा जाने बताए । प्रचण्डले आफूहरु सर्वाेच्च अदालतप्रति विश्वस्त रहे पनि जनताको अदालत जागरुक बनाउने बेला आएको बताए ।