मधेसवादी दलसँग साठगाँठ गरेर प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा : इश्वर पोखरेल

सर्लाही । उपप्रधानमन्त्री इश्वर पोखरेलले कांग्रेस र मधेसवादी दलसँग साठगाँठ गरेर प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा लागेको बताएका छन् ।

सर्लाही सदरमुकाम मलंगवामा मंगलवार आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपालले महाधिवेशनबाट चुनिएको अध्यक्ष ओलीलाई हटाउने गलत प्रयास गरेको बताए । उनले पार्टी छोडेर गएकाहरुलाई फिर्ता हुन पनि आग्रह गरे ।

पोखरेलले पार्टी एकताका बेला देखिनै पार्टी भित्र अन्तिरिक समस्या रहेको बताए । दुई पार्टी बीच एकता हुने बेलामा पार्टी भित्र राम्रोसँग अभ्यास नभएकाले अहिले पार्टीमा फुटको अवस्था आएको उनको भनाई थियो ।

उनले आउँदो बैशाख १७ र २७ गते दुई चरणमा चुनाव हुने बताउँदै कार्यकर्तालाई चुनावको तयारीमा लाग्न सुझाव दिए । ‘चुनाव हँुदैन कि भन्ने अब कुनै शंका छैन, निर्वाचन आयोग चुनावको तयारीमा लागि सकेको छ ।’ पोखरेलले भने ‘यो कुनै राजा महाराजाले गराउन लागेको चुवाव हैन । जनताबाट निर्वाचित सरकारले नायाँ जनादेश लिन गराउँन लागेको चुनाव हो ।’ उनले प्रचण्डले जहिले पनि अवसर, अन्तरविरोध र पार्टीलाई तरङगित पारेर अगाडि बढ्ने गरेको बताए । करिब ३० मिनेट मैथली भाषामै सभालाई सम्बोधन गरेका पोखरेलले दुवै छिमेकी देश भारत र चिनसंग सरकारले परस्पर सम्बन्ध राखेको बताए ।

भारत बेलायतको गुलाम थियो

नेपाल भारत सम्बन्ध सन्दर्भमा पोखरेलले सबै थोक बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिदैन भन्दै भारत कुनै समय बेलायतको गुलाम भएको भन्दै नेपाल कुनै देशको गुलाम नभएको बताए । सर्लाहीसंग जोडिएको नेपाल भारत सिमा नाका तीन चार दिन भित्रै खुल्ने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झलनाथको निर्वाचन क्षेत्रमा एमालेका थेबे गाउँपालिका अध्यक्षमा निर्वाचित