द भ्वाइस अफ नेपालका निर्णायक चयन

काठमाडौं । यतिबेला डिजिटल रूपमै प्रारम्भिक चरणको भर्चुअल अडिसन भइरहेको गायनसम्बन्धी रियालिटी सो द भ्वाइस अफ नेपालका कोचहरू चयन भएका छन् । दोस्रो शृंखलाका चार निर्णायकमध्ये गायिका आस्था राउतले यो तेस्रो शृंखलामा कोचको जिम्मेवारी त्यागेकी छन् । आफूले कोचका लागि समय दिन नसक्ने भन्दै उनी यो कार्यक्रमबाट बाहिरिएकी हुन् ।

यो रियालिटी सोको दोस्रो शृंखलाका बाँकी तीन कोचहरू अग्रज गायक दीप श्रेष्ठ, गायकहरू प्रमोद खरेल र राजु लामा यसपटक पनि कोचको रूपमा चयन भएका छन् । आयोजक संस्था हिमालय टेलिभिजनले बुधबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै ती तीनजना कोच अबको नयाँ शृंखलामा पनि चयन भएको जनाएको छ । अघिल्लो शृंखलाबाट बाहिरिएकी कोच आस्था राउतको ठाउँमा गायिका तिर्सना गुरुङलाई चयन गरिएको सो टिभीका सीईओ श्याम कँडेलले पत्रकार भेटघाटका क्रममा जानकारी गराए ।

द भ्वाइस अफ नेपालमा कोचको रूपमा आफू जोडिन पाउँदा निकै खुसी लागेका गायिका तिर्सनाले कार्यक्रममा बताइन् । आफ्नो समूहलाई सशक्त बनाएर कार्यक्रममा प्रस्तुत गर्न आफूले सबै प्रकारको मिहिनेत गर्ने पनि उनले जिकिर गरिन् । बाँकी तीन कोचले आफूहरू तेस्रो शृंखलामा पनि कोचको रूपमा चयन भएकोमा खुसी हुँदै आफ्नो टिमलाई राम्रो बनाउने दाबी गरे ।

यो कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले कोरोना भाइरसका कारण अहिले परिस्थित केही अप्ठेरो भए पनि आफूहरूले पूर्ण रूपमा सुरक्षा र सावधानी अनाएर यो कार्यक्रम तयार गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?