Saturday, February 27, 2021
Home Editor-Picks पुर्खाकाे नासाे संरक्षणमा युवा पुस्ता

पुर्खाकाे नासाे संरक्षणमा युवा पुस्ता

बुटवल । ग्रामीण पहिचानका रूपमा प्रयोगमा आएका घरेलु प्रयोजनका कैयन सामग्री हराउँदै गएकोमा बुढापाका चिन्तित हुन थालेका बेला कतिपय युवाहरु आफ्ना पुर्खाले बनाएका र प्रयोगमा ल्याएका सामानलाई खोजी खोजी संरक्षण, सम्बद्र्धन गर्ने काममा जुटेका छन् ।

युवाहरुले त्यस्ता सामग्रीको सूचि बनाएर संकलन गर्ने र संरक्षणका लागि अभियान चलाउने कामको थालनी गरेका छन् । रुपन्देहीको तिलोत्तमा शान्तिमार्गमा रहेको शान्ति युवा समूहले यो नौलो कामको थालनी गरेको छ ।

पुर्खाहरुले ढुंगा, माटो, काठ र जनावरका छालाबाट आफैले निर्माण गरेका र कैयौं पुस्ताले घरेलु प्रयोगमा ल्याएका पुराना सामग्रीहरुलाई संकलन गर्दै तिनको उपयोगिताका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन युवा समूहले विशेष प्रदर्शनीको समेत आयोजना गरेको छ ।

करिब ५० वटा त्यस्ता परम्परागत सामग्री राखेर शान्तिटोलमै शनिबार उक्त प्रदर्शनी गरिएको शान्ति युवा समूहका अध्यक्ष तथा युवा अगुवा किरण ज्ञवालीले जानकारी दिए । खासगरी तीन दशक अघिसम्म चलनचल्तीमा रहेका काठका, तामाका, पित्तलका, काँचका मानव निर्मित सामग्रीहरुका बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शन गरिएको समूहका अध्यक्ष ज्ञवालीको भनाइ छ ।

ठेकी, डालो, मान्द्रो, गुन्द्री, चौंठी, आरी, हत्तर, डाली, खैंजेडी, डोको, ढकिया, गुन्द्री, ठेकी, हर्पे, ओदान, खड्कुलो, हत्तर, खन्तुरो, कन्दुस, कन्तुर, मधुश, ढिंगी, कुरुवा, जाँतो, पानस, टुकी, सुकुल, फाँके, घैंटो, चुसेलीलगायतका परम्परागत सामग्रीहरुलाई जानकारी सहित प्रदर्शनीमा राखिएका छन् ।

पहिला बाबुबाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामाग्री कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी संकलन गरेर टोलमै सार्वजनिक स्थानमा राखेर प्रदर्शनी गरिएको अध्यक्ष ज्ञवालीले बताए ।

‘बाबुबाजेले प्रयोग गरेका पुराना वस्तुको लोप हुन थालेको र नयाँ पुस्तालाई सो कुराको जानकारीसमेत नहुने भएकाले पहिलो चरणमा टोलस्तरमा प्रदर्शनी गरिएका र पछि स्थानीय तह, प्रदेश तहसंग सहकार्य गरेरै संग्रहालय बनाउने योजना राखिएको छ’, ज्ञवालीको भनाइ छ ।

यो पनि पढ्नुहोस   पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

प्रदर्शनीमा राखिएका ति सामग्रीहरु टोलसमुादयबाटै संकलन गरिएको अध्यक्ष ज्ञवालीले बताए । अहिलेको पुस्ताले यस्ता कुनैपनि सामग्रीको बारेमा जानकारी नपाएको र सामग्री पनि लोप हुने अवस्था आएकाले एकातिर युवा पुस्तामा जानकारी हुने र अर्कोतिर संरक्षणका लागि पनि ध्यान जाने भएकाले यसखालको सोंच आएको युवा अगुवा ज्ञवालीले दाबी गरे ।

करिब तीन दशक अगाडिसम्म चलनचल्तीमा आएका कैयन घरेलु सामग्री अहिले देख्न मुस्किल छ । पुर्खाले बनाएका त्यस्ता विभिन्न खालका सामग्रीहरु अहिले प्रविधिको विकाससंगै लगभग हराएका छन् । गाउँमा मेसिन जानुअघिसम्म अन्नपात ढिंकीमा कुट्ने र जाँतोमा पिंध्ने चलन थियो । विजुली बत्ती जानु अघिसम्म दियालो बाल्ने, पालामा तेल राखेर बत्ती बाल्ने चलन थियो ।

ढोकामा पनि अहिलेका जस्ता आधुनिक चुकुल हुन्थेनन् त्यहाँ ठोकामै काठ खोपेर आगुलो वा गरालो लगाइन्थ्यो । दुध दही राख्ने काठका भाँडा हुन्थे । यद्यपि अहिले पनि कतिपय ठाउँमा यस्ता काठका भाँडा अझै पाइन्छन् । यस्तै पानी भर्नका लागि माटाका भाँडा हुन्थे ।

पुर्खाहरुले काठ, माटो, ढुंगाबाट मेहनत गरेर घरेलु प्रयोजनका सामानहरु बनाउँथे, तिनैले कति पुस्ताको जीवन निर्वाह हुँदै आए रेशुंगा आमा समूहका अध्यक्ष कमला ज्ञवाली भन्छिन–‘अहिले त ठेकी र आग्लो भनेको के हो भनेर सोध्ने भने पनि युवा पुस्ताले जान्दैनन् ।’

आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले गर्दा यी सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले विस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिन थालेको चन्देश्वर महादेव मन्दिरका अध्यक्ष भेषबहादुर बस्नेतले बताए । उनले युवाहरुले महत्वपूर्ण प्रदर्शनी गरेको भन्दै प्रशंसा पनि गरे । यस्ता सामग्रीलाई संग्रहालयमा राखेर भए पनि संरक्षण गर्न लाग्नु पर्ने युवा समूहको माग छ ।

(Visited 35 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

छोराले गरे बाबुको हत्या

पोखरा । भ-याङबाट खसेर बावुको मृत्यु भएको दाबी गरेका उनका छोरा नै हत्या अभियोगमा पक्राउ परेका छन् । अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट घर भई पोखरा...

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरि...

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

निर्यात ७ प्रतिशतले वृद्धि

काठमाडौं । गत महिनासम्म आयातमा कमी र निर्यातमा बढी रहे पनि माघमहिनासम्ममा आइपुग्दा आयातले गत वर्षकै लय समाएको छ भने निर्यात ७ प्रतिशतले बढेको...

प्रतिबन्ध फुकुवा गरे विप्लप वार्तामा बस्ने

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ । महासचिव विप्लवले शनिबार वक्तव्य...

ट्रेन्डिङ

कोरोना कहर : प्रदेश २ का सरकारी कार्यालय धमाधम बन्द हुँदै

जनकपुरधाम । सरकारी कर्मचारीहरु कोरोना संक्रमित हुन थालेपछि प्रदेश २ का कार्यालयहरु धमाधम बन्द हुन थालेको छ । लकडाउन खुलेपछि प्रदेशका दर्जनो कर्मचारी कोरोना...

पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले...

नाकामा कोरोना जाँच्ने प्रविधि ‘लेजर थर्मामिटर’

वीरगन्ज । विश्वमा कोरोना भाइरस कोभिड १९ को आतंक फैलिरहेको समयमा नेपालको प्रमुख स्थलमार्गको रुपमा रहेको वीरगन्ज नाकामा भने स्तरीय चेकजाँचको व्यवस्था हुन सकेको...

‘जवान’ मिर्गाैलासँग गति मिलाउँदै प्रधानमन्त्री

काठमाडौं । ‘जवान’ मिर्गाैलासँग गति मिलाउँदै प्रधानमन्त्री “साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मिर्गाैला भएकाले उसको गति...

लमजुङमा चट्याङ लागेर पुरुषको मृत्यु, महिला घाइते

लमजुङ । लमजुङमा परेको चट्याबाट एक जना पुरुषको निधन भएको छ भने एक महिला घाइते भएकी छन् । लमजुङको सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ६...

‘काले केटो–२’ दर्शकलाई मन प-यो

काठमाडौं । गायिका दुर्गा खरेलको स्वर रहेको नयाँ गीत ‘काले केटा २’ अहिले नेपाली संगीत बजारमा चर्चाको विषय बनेको छ । युट्युबबाट सार्वजनिक भएको...

छानिए उत्कृष्ट १५ करदाता

काठमाडौं । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु-याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ...

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

धेरै पढिएका

श्रम र श्रीको मूल्य स्वदेशमै खोजौं

हरेक मानिसले सुख, सुविधा, समृद्घि, इज्जत एवं प्रतिष्ठाको लागि संघर्ष गरेको हुन्छ । संसारमा सबैलाई मिठो खाऊँ, राम्रो लगाऊँ, सम्पत्तिबाट पूरा हुन सक्ने सुविधा...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

निर्यात ७ प्रतिशतले वृद्धि

काठमाडौं । गत महिनासम्म आयातमा कमी र निर्यातमा बढी रहे पनि माघमहिनासम्ममा आइपुग्दा आयातले गत वर्षकै लय समाएको छ भने निर्यात ७ प्रतिशतले बढेको...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)