तनहुँ । जिल्लाको ब्यास-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको निर्मल रानाभाटको सालिक दोस्रोपटक अज्ञात समूहले तोडफोड गरेको छ।
तनहुँ जिल्लाको पुरानो सदरमुकाम बन्दिपुरबाट हालको सदरमुकाम दमौलीमा स्थानतरण गर्ने क्रममा साहदत भएका निर्मल रानाभाटको स्मृतिमा निर्माण गरिएको शालिक दोस्रो पटक पनि तोडफोड गरिएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए ।
वि.स२०२५ सालमा स्थापित निर्मल माध्यमिक विद्यालयमा स्थापित उक्त सालिक कुन समुहले तोडफोड गरेको हो भन्ने विषयमा अनुसन्धान गरी दोषीलाई कानुनी कार्वाही गराउन पहल गरिने विद्यालयले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)






