इलाम अस्पतालमा भेन्टिलेटर जडान

इलाम । इलाम अस्पतालमा लामो समयपछि ‘भेन्टिलेटर’ जडान गरिएपनि सञ्चालन गर्ने विषेशज्ञ नहुँदा समस्या भएको छ । पूर्वी पहाडका कुनै अस्पतालमा सुविधा नभएको ‘भेन्टिलेटर’ इलाम अस्पतालमा जडान गरिएपनि दक्ष विषेशज्ञको अभावले समस्या भएको हो ।

तीन महिना अघि स्वास्थ्य मन्त्रालयको सहयोगमा अस्पतालमा कोभिड–१९ का संक्रमित विरामीलाई लक्षित गर्दै यस अघि स्वासप्रस्वास सजिलो बनाउने किसिमका दुईवटा भेन्टिलेटर जडान गरिएको थियो । पछिल्लो पटक जडान गरिएको भेन्टिलेटरले भने सिकिस्त अवस्थामा पुगेको विरामीको मुटुलाई जीवित राख्ने काम गर्छ ।

अस्पतालमा यी दुई किसिमका भेन्टिलेटर जडान गरिए पनि विषेशज्ञ जनशक्ति नहुँदा सञ्चालनमा समस्या भएको छ । जडान भएको उपकरण सञ्चालन नभएपछि विरामीको निरन्तर उपचारमा भने समस्या देखिएको छ । अस्पतालले भरखरै खरिद गरेको दुई शैयाको आइसीयु, एउटा भेन्टिलेटर, इन्फुजन पम्प, सिरिन्ज पम्पलगायतका सामग्री जडान भइसकेको अस्पतालले जनाएको छ । अहिले जडान गरिएको उपकरण सञ्चालनको लागि डाक्टर नभएपनि छात्रवृतिका लागि आएका एक डाक्टर एक महिना अघि आएका छन ।

उनले छात्रवृतिमा दुई वर्ष सम्म काम गर्नुपर्ने हुन्छ तर दुई वर्ष एकै ठाउँमा रहेर काम गर्नुपर्ने भन्ने छैन अस्पतालका सूचना अधिकारीले कुल प्रसाद देवानले भने ‘उनी केहि कथम हिनिहाले भने ‘भेन्टिलेटर’ सञ्चालन हुने अवस्था छैन ।’ छात्रवृतिकै विषेशज्ञ हुँदा पनि सिकिस्त अवस्थामा पुगेको विरामीलाई कम्तिमा पनि तत्काल भेन्टिलेटरमा राख्ने र केही समय आराम गराएपछि अन्यत्र उपचारका लागि लैजान भने धेरै सहज भएको छ ।

भेन्टिलेटर सञ्चालनकै लागि काडियोलोजिस्ट डाक्टर आवश्यक पर्ने हुन्छ देवान भन्छन ‘अन्य विषेशज्ञ पनि उत्तिकै आवश्यक छ, छात्रवृत्तिकै डाक्टरहरु भएपनि तत्काल भेन्टिलेटर सञ्चालन गर्न सकिन्छ । ’विशेषज्ञ व्यवस्थापन सँगै ब्लडको कल्चरल टेस्टका लागि ल्याब सेवा पनि विस्तार गर्नुपर्ने अर्को आवश्यकता छ ।’ अस्पताल विकास समिति अध्यक्ष गणेशप्रसाद बरालका अनुसार ‘एनेथेसियोलोजिस्ट तत्काल उपलब्ध भएपनि, अरु डाक्टर र नर्सलाई तालिम दिनुपर्ने रहेछ । ‘जनशक्ति व्यवस्थापन गर्न समय लाग्ने रहेछ ।’ भेन्टिलेर राखेपछि इलाम सहित पाँचथर, ताप्लेजुङ,सम्मका बिरामीले सुविधा पाउने बरालको भनाई छ ।

दरबन्दी अनुसारका छैनन डाक्टर
सरकारले ०७२ सालमा इलाम अस्पताललाई ५० शैयाको अस्पतालको रुपमा स्तरवृद्धि गरि नौं जना विशेषज्ञ डाक्टरहित १६ जना डाक्टरको दरबन्दी कायम गरेको थियो । तर, अहिले सम्म दरबन्दी अनुसारका विषेशज्ञ डाक्टरहरुको व्यवस्था नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

भेन्टिलेटर राखिएपनि दरबन्दी अनुसारका विषेशज्ञ डाक्टर आउने भने अझै अन्योल छ । अस्पातलमा नौं विशेषज्ञसिहतको १६ डाक्टरको दरबन्दी कायम भएको छ । नौं विशेषज्ञको दरबन्दीमा अहिले एक जनामात्र डाक्टर कार्यरत रहेको जनाइएको छ । आठ दरबन्दी खाली छ ।

‘अहिले स्त्री तथा प्रसुति रोगका दुई जना, मनोरोग विशेषज्ञ एक, जनरल फिजिसियन एक, मेडिकल अधिकृत चार, जनरल सर्जन दुई जना भने छात्र वृत्ति करारका डाक्टरहरु कार्यरत छन ।’ अस्पतालका सूचना अधिकारी देवानले भने ‘दरबन्दीका डाक्टर मन्त्रालयबाट व्यवस्था हुनुपर्नै हो, हामीले थुप्रै पटक माथि लेखेर पठायौं, अहिले सम्म मन्त्रालयबाट रिक्त दरबन्दी पूरा भएको छैन ।’

बाल रोग, हाडजोर्नी, रेडियो लोजिस्ट लगायतका विशेषज्ञको दरबन्दी खाली छ । विशेषज्ञ बाहेक अन्य रोग सम्बन्धी बिरामी आउँदा भने अस्पतालले झापा, विराटनगर र धरान रेफर गर्ने गरेको छ । कोभिडको संक्रमण बढ्न थालेपछि भने प्रसुति वाडमा २५ शैया र सामान्यमा १५ शैया मात्रै सञ्चालन भइरहेको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको शुक्लाफांटामा प्रमुख एमाले उपप्रमुख काङ्ग्रेस निर्वाचित