Sunday, June 13, 2021
Home Not-to-be-missed पल्पसा क्याफेमार्फत नाटकमा स्वस्तिमा

पल्पसा क्याफेमार्फत नाटकमा स्वस्तिमा

,

काठमाडौं । यसअघि चलचित्र र म्युजिक भिडियोमा प्रस्तुत हुँदै आएकी अभिनेत्री स्वस्तिमा खड्कालाई अब नाटकमा पनि देख्न पाइने भएको छ । पत्रकार नारायण वाग्लेको मदन पुरस्कार जित्न सफल उपन्यास ‘पल्पसा क्याफे’मा उनी पल्पसाको भूमिकामा प्रस्तुत हुँदै छिन् ।

मंगलबार काठमाडौंको अनामनगरस्थित मन्डला थिएटरमा आयोजित पत्रकार भेटघाटका क्रममा आफूले पहिलोपटक नाटकमा अभिनय गर्न लागेको उनले बताइन् । नाट्यकर्मी विमल सुवेदीसँग यो नाटकको कार्यशालामा व्यस्त स्वस्तिमाले नाटकमा काम गरिरहँदा धेरै कुरा सिक्न पाएको बताएकी छन् ।

मोडलिङ र ब्युटी पेजेन्टबाट ग्लामर क्षेत्रमा आएकी स्वस्तिमाले फिल्म ‘होस्टल रिर्टन्स’ बाट चलचित्र अभिनय यात्रा सुरु गरेकी थिइन् । आफ्नो पछिल्लो चलचित्र बुलबुलबाट अन्तर्राष्ट्रिय अवार्ड पाएपछि स्वस्तिमाले कलात्मक चलचित्रलाई पनि महत्व दिन थालेकी छन् ।

‘पल्पसा क्याफे मलाई साह्रै मन परेको उपन्यास हो । यो उपन्यासमा अभिनय गर्ने प्रस्ताव आएपछि मैले नाइँ भन्न सकिनँ ।’ आफ्नै श्रीमान् निश्चल बस्नेतको निर्माण निर्देशन गर्ने नयाँ चलचित्र जिन्दावादको तयारीमा रहेकी स्वस्तिमा अब केही साता यो नाटकमा व्यस्त हुनेछिन् ।

यो नाटकलाई विमल सुवेदीले निर्देशन गर्दै छन् । पल्पसाको चरित्रमा स्वस्तिमालाई सुहाउने देखेर नै आफूहरूले उनलाई यो नाटकमा प्रस्ताव गरेको विमलको भनाइ छ ।

विमलको भनाइमा उपन्यास पल्पसा क्याफेलाई सुरज सुवेदीले नाट्य रूपान्तरण गरेका छन् । रूपान्तरणको क्रममा उपन्यासको कथनमा असर नपर्नेगरी उपन्यासकार वाग्लेसँगको परामर्शमा केही परिमार्जन गरिएको पनि सुवेदीले बताएका छन् ।

यो नाटकमा स्वस्तिमासँगै समापिका गौतम, साजनकुमार सुनुवार, दीपेश राई, बच्चु हिमांशु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय हेर्न पाइनेछ । यी कलाकारहरू पनि अहिले नाटकको अभ्यासमा व्यस्त छन् ।

केही वर्षअघि पोखरामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारको कथामा ‘खबर हराएका चिठी’ नाटक मञ्चन गरेपछि त्यस्तै कथामा अर्को नाटक गर्ने सोच बनाएको र सोही सोचअनुसार अहिले पल्पसा क्याफेलाई मञ्चमा उतार्न लागेको पनि निर्देशक सुवेदीले पत्रकार भेटघाटका क्रममा प्रकाश पारे । विमलको सोचअनुसार नै यो उपन्यासमा पुस्तक तत्कालीन शसत्र द्वन्द्वको चित्रण गरेका कारण यसलाई नाटकमा उतार्न लागेको उनले बताए ।

आफ्नो उपन्यास पल्पसा क्याफे नाटकको रूपमा मञ्चमा आउन लाग्दा आफूलाई निकै खुसी लागेको लेखक नारायण वाग्लेले बताएका छन् । यो नाटकको मञ्चन अन्तिम तयारीमा पुगेकाले अब यसलाई मञ्चन सुरु गरिने भएको छ । नाटकको सम्पूर्ण तयारी पूरा हुन लागेको पत्रकार भेटघाटका क्रममा जानकारी गराइयो ।

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

साताका लोकप्रिय समाचार

मन्त्रिपरिषदले पायो पूर्णता, बादलपत्नीलाई सञ्चार मन्त्रालय

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी...

४४७२ जनामा काेराेना संक्रमण पुष्टि, ९२ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या...

कविता रायको नयाँ भिडियो सार्वजनिक

  काठमाडौं । जीवन बडू र आकृती मिश्राको स्वर ‘रामपीयारी भर्सेज रामपियारा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा कबिता राय संगै मोडल सुधिर...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

नगर प्रहरीको दिक्षान्त समारोह समापन

मुगु । जिल्लामा रहेको एकमात्र नगरपालिका छायानाथ रारा नगर पालिकाले नगरको शान्तिसुरक्षा कायमगर्न नगर प्रहरी भर्ति गरी तिन महिने तालिम समापन गरी नगर प्रहरीलाई...

ट्रेन्डिङ

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा...

एपिएफ सेमिफाइनलमा

धनगढी । साविक विजेता नेपाल पुलिस क्लवलाई हराउँदै विभागीय टीम नेपाल एपिएफ क्लव सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा...

थप ४६८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार...

माधव नेपालसहित स्पष्टीकरण सोधिएका ११ नेता यी हुन्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ११ नेतासंग स्पष्टीकरण सोधेको छ । विघटित प्रतिनिधिसभाका ११ सांसदसँग स्पष्टीकरण सोध्दै एमालेले १० जेठभित्र जवाफ पेस गर्न...

प्रधान कार्यालयमै ३१ प्रहरी संक्रमित

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ३१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधान कार्यालयमा आइतबार ४ र मंगलबार २७ गरी...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

डेरामा बसेका विद्यार्थीलाई राहत दिन नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले लकडाउनका कारण घर जान नपाएर डेरामा बसिरहेका विद्यार्थीलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेविसंघ...

गेष्ट हाउसमा लुकेर जुवा खेल्ने पक्राउ

जनकपुरधाम । लकडाउनकाको बेला जुवा खेल्ने क्रममा बढी रहेको बेला धनुषा प्रहरीले ५ जनालाई जनकपुरधामबाट पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित जानकी वाटिकाको गेष्टहाउसबाट...

देश अनुकूलको संघीयता र समन्वय संयन्त्र

विश्वभर एकात्मक शासन र संघात्मक शासन व्यवस्था गरी दुई प्रकारका शासकीय प्रणालीको सञ्चालित भइराखेको छ । यी दुवै प्रणाली आफैंमा साध्य होइनन, साधन मात्र...

ज्ञानबिनाको दिशाविहीन डिग्री

गरिबी कम गर्ने एउटा प्रमुख औजारका शिक्षा हो । तर, नेपालमा शिक्षा नै विकासको बाधक बनेर बसेको छ । संस्कारयुक्त नभएको शिक्षा प्रणालीले कतै...

प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायूले प्रचण्डविरुद्ध मुद्दा...

पर्यटनमन्त्री भट्टराइलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)