Saturday, February 27, 2021
Home Exclusive बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार

बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार

इलाम । इलामकी १५ वर्षीया बालिका कक्षा ७ पढ्दापढ्दै बेहोस हुने रोग लागेपछि विद्यालय जान छाडिन् । उनका बुबाले पनि केही वर्षदेखि मानसिक रोगको औषधी सेवन गर्दै आएका छन् । आमा मेलापात जाँदा ती बालिका साइनोले मामा पर्ने आफन्तको रेखदेखमा छाडेर जान्थिन् ।

बेहोस हुने रोग लागेकी ती बालिकालाई रेखदेखमा छाडेको ठाउँमा बेहोस भएका बेलामा बलात्कारको शिकार बनिन् र गर्भवती भइन् । गर्भवती भएको पाँच पहिनापछि मात्र आमाले थाहा पाइन् र जिल्ला प्रहरी कार्यालय इलाम आइन् । प्रहरीले उनलाई मानव अधिकार मञ्चको हिंसापीडित अस्थायी आवासगृहमा पु-यायो । बलात्कार आरोपी पक्राउ गरी कारागार पुर्याइयो । बालिकालाई अस्पताल लगेर उपचार गराएपनि पुनः घर जाने अवस्थामा छैन । न त अभिभावकले अन्य ठाउँ लगेर राख्ने स्थिति नै छ । उनलाई एक गैरसरकारी संस्थाको आवासगृहमा लगियोे ।

इलामकै ४५ वर्षीया एक महिलाको श्रीमानसँग भेट नभएको ६ वर्ष बित्यो । श्रीमान वैदेशिक रोजगारीमा गएपछि सम्पर्क टुट्यो । १४ वर्षदेखि बेहोस हुने रोगले थला परेकी ती महिलालाई बेहोसी अवस्थामा उनको करणी भयो । गाउँकै एक व्यक्तिले बेहोस अवस्थामा करणी गरे । उनको पेटमा गर्भ बस्यो । बेहोस अवस्थामा करणी गर्ने कारागार पुगे । श्रीमान नभएको र ती महिलाको पेटमा बच्चा भएपछि परिवार, घर हुँदै गाउँ नै छाड्नुप-यो । यो घटना हो गत ९ भदौको । उनको पेटमा भएको बच्चालाई जन्म दिने बेला भयो । न घर परिवार छ न छरछिमेक ।

उनी जन्मने बेला भएको पेटको बच्चा लिएर जिल्ला प्रहरी कार्यालय इलाममा आइन् । प्रहरी कार्यालयमा अस्थायी आवासगृह थिएन र उनलाई प्रहरीले मानव अधिकार मञ्च नेपालको हिंसापीडितका लागि निशुल्क अस्थायी आवास केन्द्रमा पु¥यायो । प्रसुतिका लागि भदौ १० गते इलाम अस्पतालमा गराएपनि भर्ना भएको ११ दिनपछि शल्यक्रियामार्फत सुत्केरी भइन् । सुत्केरी त भइन् तर उनले लगाएको एकसरो लुगा बाहेक केहि थिएन । सुत्केरीको आवश्यक सबै व्यवस्थापन मञ्चले नै ग-यो । पीडित सुत्केरी विस्तारै तंग्रिँदै गइन् र उनलाई सामाजिक विकास मन्त्रालयको दीर्घकालीन अस्थायी आवासगृहमा पु-याइयो ।

यो पनि पढ्नुहोस   ३१ सहसचिवको सरुवा: राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणमा नयाँ नेतृत्व

यी घटना त प्रतिनिधि मात्र हुन् । यस्ता कैयौँ हिंसामा परेका पीडितकोे सामाजिक सुरक्षाको व्यवस्थापन हुन सकेको छैन । परिवार र समाजबाट अपहेलित बनेका कतिपय पीडितले त ज्यानै गुमाउनु परेको छ । स्थानीय क्षेत्रमा आवासगृह निर्माण र व्यवस्थापनमा सरकारको ध्यान पुग्न नसकेको मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेले बताउँछन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा २ मा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार क्षेत्रभित्र पर्ने हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । तर जिल्लाका कुनै स्थानीय तहमा यसको व्यवस्थापन हुन सकेको छैन ।

सरकारले हिंसापीडितको अस्थायी आवासगृहको व्यवस्थापन नगर्दा वर्षौंदेखि प्रहरीले गैरसरकारी संस्थाको सहयोग लिँदै आएको छ । कतिपय हिंसाका घटना स्थानीय सरकारमा नगई प्रहरी कार्यालय पुग्ने भएकाले हिंसापीडितको सुरक्षा व्यवस्थापनमा समस्या आउने गरेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । हिंसापीडितको पुनःस्थापना र सामाजिक सुरक्षाको व्यवस्था सरकारले नै गर्नुपर्ने जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले बताउँछन् । ऐनमा उल्लेख भएअनुसार स्थानीय सरकारले दीर्घकालीन आवासगृह निर्माण तथा व्यवस्थापन गर्नुपर्ने बरालको भनाई छ ।

(Visited 217 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

४३ दिनमा सकियो चुरीफुरी

काठमाडौं । ऋषिराज आचार्यको निर्माण निर्देशन रहेको हास्यप्रधान चलचित्र ‘चुरीफुरी’ को छायांकन सम्पन्न भएको छ । पुस अन्तिमबाट छायांकन थालिएको यो चलचित्रको ४३ दिनमा...

नेकपामा दुवै समूह आआआफ्नो रणनीतिमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल...

नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको...

सर्वोच्चले १५ गतेभित्र फैसला दिन्छ : नेम्वाङ

विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आगामी ११ देखि १५ गतेभित्र फैसला आउने बताएका छन् । सर्वाेच्च अदालतमा...

विविधता संरक्षण गर्दै स्थानीय रेडियो

नेपाल विविधताले धनी, भौगोलिक रूपमा तराई, पहाड, हिमाल अनि वातावरणको हिसाबले फरकफरक वातावरण भएको देश अनि भाषाको हिसाबले १ सय २९ भाषा, त्योभन्दा बढी...

ट्रेन्डिङ

प्रदेश २ मा आजको होली विदा विवादमा (होली उत्सवको फोटो फिचर)

जनकपुरधाम । होलीका लागि आज पनि विदा दिएपछि प्रदेश सरकार २ सरकारको कडा आलोचना भइरहेको छ । पहाडमा पूर्णिमा दिन र तराईमा पूर्णिमाको बिहानपल्ट...

कोरोनाको सङ्क्रमण जटिल बन्दै

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या केही दिनयता थपिन थालेसँगै यसको जोखिम पनि बढेको छ । खासगरी भारतसँग सीमा जोडिएका विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका मुख्य...

सुदूरपश्चिममा कोरोनामाथि एकपछि अर्को सफलता, पाँच दिनमा चारजना घर फर्के

धनगढी । पाँच जनामा कोरोनाभाइरस (कोभिड १९) पुष्टि भएपछि निकै त्रसित बनेको सुदूरपश्चिमले पछिल्लो समय भने कोरोनामाथि एकपछि अर्को सफलता पाइरहेको...

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा...

रुकुम घटना : २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

रुकुमपश्चिम । रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष...

दैलेखमा आत्महत्या गरेका युवामा कोरोना ‘पोजेटिभ’

दैलेख । दुई दिनअघि आफ्नै घरमा आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आत्महत्या गरेका दुल्लु नगरपालिका–१० छुवालाका २१...

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम

गुल्मी । विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम फिर्ता गरेका छन् । रुरुक्षेत्र...

कांग्रेस केन्द्रीय समितिको बैठक असोज १९ मा

काठमाडौं । कांग्रेसले आगामी १९ असोजमा बस्ने केन्द्रीय समिति बैठकक लागि पदाधिकारीसहित केन्द्रीय कार्यसमिति सदस्यको पीसीआर टेस्ट गर्ने भएको छ । कांग्रेसले महाधिवेशनबारे छलफल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

धेरै पढिएका

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

अब सबै होटलहरूमा सरकारी निशान छाप

काठमाडौं । सरकारले मुलुकभरमा रहेका सबै प्रकारका होटलहरूमा सरकारी निशान छाप अंकित संकेतहरू राख्नुपर्ने नियम ल्याएको छ । सरकारले सबै होटललाई अनिवार्य रूपमा आफ्नो वर्गीकरणअनुसारको...

पोखरा प्रज्ञा–प्रतिष्ठान कुलपतिमा ढकाल

पोखरा । पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल चयन भएका छन् । पोखरा महागरपालिकाले ढकाल कुलपति रहेको ७ सदस्यीय समिति चयन गरेको हो । कुलपतिमा...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)