प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक ५ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।

त्यसैगरी पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोही इजलासले पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?