सरकारी अस्पतालबाट निजी क्लिनिकमा ‘रेफर’, डाक्टर मालामाल

जनकपुरधाम । राष्ट्रिय जनता पार्टीका महासचिव राजीव झाले १० वर्षिय छोरा आदित्य झालाई मंगलवार अस्पतालमा उपचार गराउन पुग्दा त्यहाँ कार्यरत चिकित्सक डा. रामदेव चौधरीले क्लिनिकमै लगेर उपचार गरेका छन् । आदित्यको घाँटीमा माछाको काँडा अड्केर समस्या भएपछि इन्डोस्कोपीमार्फत् घाँटीमा अड्केको काँडा निकाल्नु परेको थियो । सरकारी अस्पतालमा समान्य पैसामा हुने उपचाका लागि डा. चौधरीले चार हजार रुपैया फिस लिएका छन् ।
महासचिव झाले यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय धनुषा, प्रादेशिक अस्पताल र प्रदेश २ को समाजिक विकास मन्त्रालयमा निवेदन पनि दिए ।

उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुग्ने विरामीलाई चिकित्सकहरुले अस्पतालमा उपचार नगरी क्लिनिकमा लैजाने गरेका छन् । यस कार्यमा प्रादेशिक अस्पतालका चिकित्सक र कर्मचारीहरु नै संलग्न रहेको आशंका गरिन्छ ।

प्रादेशिक अस्पताललाई प्रदेश २ सरकारले नमूना अस्पताल बनाउन तयारी थालेको छ । प्रदेशकै जेठो अस्पतालको रुपमा रहेको यो अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले सुरु गरिसकेको छ । २०७६–०७७ को बजेटमा अस्पताललाई नमूना बनाउन प्रदेश सरकारले २३ करोड रुपैया यसअघि नै विनियोजन गरेको थियो । अर्कोतर्फ विरामीलाई अस्पतालवाट क्लिनिक लग्ने घटना दिनदिनै हुँदै रहन्छन । अस्पतालमा कार्यरत अधिकांश चिकित्सकहरुको अस्पतालको द्वारमै क्लिनिक रहेको छ । अस्पतालबाट क्लिनिक लग्नमा कुनै समस्या हुँदैन । केही महिनाभित्रै जिल्ला प्रहरी कार्यालय धनुषाले ६ जना दलाललाई पक्राउ गरिसकेपछि पनि यो कार्य अहिलेसम्म रोकिएको छैन । प्रहरीको कारवाहीमा अस्पताल बाहिरका दलाल परे पनि अस्पतालका कर्मचारी र चिकित्सक नपरेका कारण यस्ता घटना बढेको जानकारहरु बताउँछन ।

प्रायः चिकित्सकहरु औषधि पसलमा बस्छन । औषधी पसल भित्रै एउटा समान्य क्लिनिक जस्तै बनाएको हुन्छ । त्ससमै चिकित्सकहरु उपचार गर्ने गर्छन । त्यस्ता चिकित्सकले ठाउँ दिएकाले औषधी पसलेलाई आम्दानी गराउन विरामीलाई बढी औषधी लेख्ने गर्छन । कति चिकित्सकले अनावश्यक प्याथोलोजी टेष्टपनि गराउने गर्छन । प्रादेशिक अस्पतालमा राम्रो सुविधा हुँदा पनि बाहिरकै ल्याबको रिपोट चिकित्सकहरुले मान्ने गर्छन । जबकि प्रायः ल्याव जाच्नेहरु अस्पतालकै कर्मचारी रहने गर्छन ।

वि.सं. २०२६ सालमा स्थापना भएको जनकपुर अञ्चल अस्पतालमा सरकारले एक सय शैय्याको स्वीकृति दिएको छ भने अस्पताल विकास समितिले एक सय पाँच शैय्या सञ्चालन गर्दै आएको छ । यहाँ धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, सिरहा र उदयपुरसम्मका विरामी उपचार गराउन आउँछन । केही वर्षदेखि रेफर अस्पताल बनेको यो अस्पतालको सुधार गर्नुपर्ने माग वर्षौदेखि उठदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा प्रमुख पदमा महिला उम्मेदवार पराजित