काठमाडौं । माइतीघरमा जारी धर्नामा नेपाल कम्युनिष्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा पार्टीका संघीय र प्रदेश सांसदहरुले आइतबार काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।
दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत धर्ना दिँदै आएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)






