‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को नतिजा सार्वजनिक

काठमाडौं । सन २०२० मा सञ्चालित ‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को व्यवसायिक तथा विद्यार्थी विधाको नतिजा सार्वजनिक गरेको छ । स्वदेश एवं विदेशबाट प्राप्त ५० आवेदकमध्ये अन्तिम १८ प्रतियोगी निर्णायकको मुल्यांकनको आधारमा छनौट भएका छन् । ‘पब्लिक च्वाईस अवार्ड’ को लागि प्रतियोगीहरुको भिडियो प्रस्तुती नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) को अधिकारिक युट्युब च्यानल मार्फत् सार्वजनिक गर्दै जनमत संकलन गरिएको थियो । निर्णायक

मण्डलको मुल्यांकन अनुसार व्यवसायिक विधातर्फका विजेताहरु :

विजेता : आकृति काफ्ले बराल
रनर अप : सागरिका भट्ट, रक्षा डंगोल, समीक्षा कंडेल

विद्यार्थी विधातर्फ
विजेता : रोजिना शाक्य
रनर अप : शुभेक्षा सापकोटा, श्रीया सिंह ढकाल, ग्रीमा रेग्मी

पब्लिक च्वाईस अवार्ड

समीक्षा कंडेल, व्यवसायिक विधा
शुभेक्षा सापकोटा, विद्यार्थी विधा

नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) ले छ सदस्यि निर्णायक टोली गठन गरेको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठानका प्राज्ञ डा.ऋृषि शाह, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकद्वय डा. निलम श्रेष्ठ प्रधान, डा. सिताराम ब्याहुत, काठमाडौं विश्वविद्यालयका प्राध्यपक डा. बालचन्द्र लुइटेल, बायोटेक्नोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष श्री नबिन मुनाँकर्मी र युवा प्राविधिज्ञ ई. रोशन पाण्डे निर्णायक थिए ।

विजेताहरुलाई २९ माघमा ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ को अवसर परेर पुरस्कार वितरण गर्ने तयारी रहेको आयोजक संस्थाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

epaper

ताजा समाचार

तीन अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश