शिवलाई भन्टाको भार

धनुषाधाम नगरपालिकास्थित ऐतिहासिक धनुष मन्दिरमा भन्टाको भार चढाउनेको भीडै लाग्ने गर्छ । अन्य समय पनि चढाउँछन् तर शिवरात्रि, चतुदर्शी, साउने सोमबारी र मकर मेलाका बेला भने क्विनटलका क्विनटल भन्टा चढाइने गरिएको मूल पुजारी भरत दास बताउँछन् ।

धनुष मन्दिरको रामायणकालीन इतिहास रहेकाले पनि भक्तजनमा अगाढ आस्था छ । शरीरमा निस्केको मुसा र चिलाउने रोग निको भएपछि भाकलअनुसार मन्दिरमा भान्टा चढाउने परम्परा छ । मुसा भनेको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) नामक भाइरस संक्रमणबाट छालामा आउने रोग हो । यसलाई अंग्रेजीमा ‘वाट्स’ अथवा ‘भेरुका भल्गारिस’ पनि भनिन्छ । एचपीभीका सयौं प्रजातिले विभिन्न प्रकारका मुसा शरीरका विभिन्न ठाउँमा निकाल्छन्् । सामान्यतयाः यो हात र खुट्टामा आउने भए पनि कहिलेकाहीँ मुखको भित्री भाग, आवाज नली र यौनांगमा पनि आउने चिकित्सक बताउँछन्् ।

‘छालासम्बन्धी रोग निको भए दुई भार भन्टा चढाउने भाकल गरेको थिएँ,’ जनकपुरधाम–४ का मनोज मण्डलले भने । उनको घरका सबै सदस्यसहित भन्टाको भार लिएर धनुषाधाम पुगे । महाशिवरात्रि मेलाका बेला पारेर रोहित सादाले मन्दिरमा भन्टा चढाए ।

धनुषाधाममा मात्रै नभई मिथिलाञ्चलको अधिकांश महादेव मन्दिरमा चढाउने गरेको मिथिलामा परम्पराजस्तै रहेको सांस्कृतिविद् चन्द्रमोहन झा पडवा बताउ“छन्् । शिवउत्सव भएको दिन कुनै यस्तो मन्दिर छैन, जहाँ भन्टाको भार चढ्दैन । सबै ठाउँमा फूल बेलपत्रका अतिरिक्त भन्टा चढाइन्छ ।

‘शरीर चिलाउने र फोका निस्केमा महादेव देवतालाई भन्टा चढाउने भाकल गर्नुपर्छ भन्ने सुनेका थिए“, त्यसैले गत वर्ष शिवरात्रिकै दिन भाकल गरें,’ महोत्तरीका प्रमोद यादव भन्छन््, ‘नभन्दै निको भयो, चारवटा भान्टालाई लठ्ठीमा उनेर दुई भार बनाई महोत्तरी शिव मन्दिरमा चढाएँ ।’

यो मन्दिरमा शिवरात्रिका बेला बर्सेनि पाँच क्विन्टलभन्दा बढी भन्टा संकलन हुने मेला व्यवस्थापन समितिले जनाएको छ । पुजारीका अनुसार पौराणिकदेखि नै महादेवलगायतका देवीदेवतालाई भन्टा, कागजको छाता, पान, लडडु चढाउने प्रचलन छ ।

जनकपुरधामको राम युवा कमिटी पूर्वअध्यक्ष परमेश्वर साह भगवान् शिवलाई भन्टा चढाएपछि छालासम्बन्धी रोग निको हुने विश्वास गर्छन् । ‘छाला चिलाउने रोग भए भन्टाको तरकारी बर्जित गरिन्छ,’ उनी भन्छन््, ‘भन्टाको तरकारी सेवनले अझ चिलाउने रोग बढेर स्वास्थ्यमा समस्या हुने भएकाले पनि बुढापाकाले सबै चिलाउने रोगको कारक भन्टालाई मान्दै शिवलाई चढाएको हुन सक्छ ।’

सर्लाहीको लक्ष्मीनाथ चितायन महादेव विकास समिति अध्यक्ष रामकृष्ण चौधरी ३ सय वर्षदेखि मेला लाग्दै आएको सुनाउ“छन्् । भन्टाको भार र धानको मौर चढाउनेसहित लाख बढी भक्तजनले मेला अवलोकन गर्ने गरेको उनको आ“कलन छ ।
००००००००००००
शिवरात्रिका दिन मिथिलाका कृषकले ‘राम्रो उत्पादन तथा सहकालको कामना’ गर्दै भगवान् आशुतोषलाई भन्टाको भार चढाउने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव बताउ“छन्् । भन्टा सबैस्तरका समुदायले प्रयोग गर्न गरेको प्रचलित तरकारी बाली हो । यसलाई पकाएर तरकारीका रूपमा खाइन्छ । भन्टाबाट भिटामिन ए, बी र सी, क्याल्सियम, फस्पोरस र फलामजस्ता खनिजतत्व प्राप्त हुन्छ ।

सामान्यतया भन्टा पहाडी क्षेत्रमा गर्मी याम र तराई क्षेत्रमा हिउँदमा खेती गरिन्छ । यसको खेती घरायसी प्रयोजनदेखि व्यापारिक उद्देश्यले गरिन्छ ।

मुसा रोगको चर्चा
छालाजन्य समस्यामध्ये मुसाका कारण धेरै चिन्तित हुन सक्छन्् । मुसा एक प्रकारको भाइरल संक्रमण हो । यो हरेक उमेर समूहका मानिसलाई हुन सक्छ । यो खटिरा शरीरमा आउँदा दुख्ने पोल्ने नभएका कारण सामान्य रूपमा लिइन्छ । तर, मुसा आउँदा शरीरका भित्री अंगमा असर गर्दैन । यो भाइरसबाट लाग्ने भएकाले एउटा अंगबाट अर्कोमा सजिलै फैलन्छ ।

मुसालाई अंग्रेजीमा ‘वार्ट’ भनिन्छ । यो ‘ह्युमन पेपिलोमा’ भन्ने भाइरसका कारण लाग्छ । मुसा १ सय बढी प्रकारको हुन्छ । यो शरीरको शिरदेखि पैतालासम्म आउन सक्छ । यसका प्रकारलाई विभिन्न नम्बरले विभाजन गरिन्छ । हात खुट्टामा आउने मुसा १ र २ नम्बरको हुन्छ भने शरीरको अरू भागमा आउने मुसालाई ६, ११, १६ र १८ नम्बरले चिनिन्छ ।

१६ र १८ नम्बरको मुसा भने रगत तथा यौनसम्पर्कका कारण एक व्यक्तिबाट अर्कोमा सर्ने हुन्छ । मुसा भाइरल संक्रमण भएका कारण एक अंगबाट अर्को अंग र एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ ।

कतिपय अवस्थामा शरीरमा देखापर्ने मुसा आफैं आउने र निको हुनेसमेत हुन्छ । यस्तो हुनुको कारण रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो हुने मानिसमा मुसाको संक्रमण देखापरे पनि विस्तारै हराउँदै जान्छ । प्रतिरोधात्मक क्षमता कमजोर हुने मानिसमा भने यसलै धेरै नै सताउने हुन्छ ।
००००००००००००००

मुसा आउने समस्या सामान्य भए पनि यसले दैनिक जीवनमा ठूलै असर पारिरहेको हुन्छ । मुसा आउने समस्या उपचार उमेर, प्रकृति र कुन अंगमा आएको छ, त्यसअनुसार गरिन्छ । एकपटक मुसाले शरीरमा जरा गाडिसकेपछि सजिलै भने हटाउन गाह्रो हुन्छ । तर, मेडिकल र सर्जिकल विधिबाट उपचार सम्भव छ ।

पछिल्लो समय ‘लेजर थेरापी’ प्रविधि यसको उपचारमा प्रभावकारी मानिन्छ । सामान्य प्रकारका मुसा हात तथा खुट्टाको माथिल्लो भाग तथा आंैलामा आउने रोग हो । यो हेर्दा नराम्रो देखिन्छ तर सामान्यतया अरू समस्या दिँदैन । पैतालामा र हत्केलामा आउने मुसा यसको मुख्य लक्षण अत्यधिक दुखाइ हो ।

दुखाइ विशेषः गरी हिँड्ने बेला हुन्छ (यदि खुट्टामा छ भने) र हत्केलामा पनि दुखाइ हुन सक्छ । भेरुका प्लाना ससाना खैरो रंगका मुसा, जो अनुहारमा ज्यादा आउँछन्् । यौनांगमा आउने मुसाचाहिँ घाउ हुनेसँग असुरक्षित सम्पर्क भएमा हुन्छ । सामान्यतया असुरक्षित सम्पर्क भएको १२ देखि १५ महिनामा यस्ता मुसा आउँछन्् । यो मुसा गराउने एचपीभी प्रजातिले कहिलेकाँही गुदद्वारको क्यान्सर पनि गराउन सक्छ ।

स–साना हात र खुट्टामा आएको मुसा आफैं निको हुन सक्छ । तर, पैताला वा हत्केला वा यौनांगमा आउने र अनुहारमा आउने मुसा आफैं निको नहुने वरिष्ठ छालारोग विशेषज्ञ डा. प्रमोदकुमार झा बताउ“छन्् । कोट्याइरहने गर्नाले वा मुसा चलाएपछि राम्रोसँग हात नधोई अन्य ठाउँमा छोए रोग सर्छ । यदि पुरुषको अनुहारमा यो रोग छ भने दाह्री काट्दा अर्को ठाउँमा सर्न सक्ने डा. झाको कथन छ ।

अन्य चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने उपचार विधिमा ‘एमएमआर भ्याक्सिन’ लगाउने तथा भिटामिन डिको इन्जेक्सन लगाइने प्रादेशिक अस्पताल जनकपुरधामका छालारोग विशेषज्ञ डा. रामज्ञान यादव बताउ“छन्् । ‘मुसा रोग लाग्ला, पूजा गर्नुहोस् वा भन्टा चढाउनुस् तर चिकित्सककहाँ उपचार गराउने कार्य नछोडनुुस्,’ छालारोग विशेषज्ञ डा. झाको सल्लाह छ ।

तपाइको प्रतिक्रिया
(Visited 430 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानियले भगवती चाैधरीसंग भने : यसपाली जिताएर पठाउछौं