Monday, May 17, 2021
Home प्रदेश प्रदेश २ कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा

कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा

,

काठमाडौँ । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । उनले भने, ‘त्यसमा रेल चालक, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायत रहनेछन् ।’

भारतसँगको सम्झौताको विषय आजको मन्त्रिपरिषद्को बैठकमा छलफल हुने बताइएको छ । आज नै प्रमाणित सञ्चालन कार्यप्रणाली (स्टाण्डर्ड ओपरेटिङ प्रोसिडर) पनि बैठकमा छलफल हुनेछ । भारतसँग उताबाट ल्याइने जनशक्ति र आवश्यक सामग्री ल्याउने विषयमा समेत छलफल हुने उनले बताए ।

कम्पनीसँग खरीद गर्ने सामग्री र जनशक्तिका विषमा कुराकानी भइसकेको छ । उताबाट टोलीले स्थलगत भ्रमणसमेत गरेको थियो । उनले भने, ‘यताबाट पत्र दिनासाथ उताको टोली तयारी अवस्थामा छ ।’ नेपाली कर्मचारी र अरु प्राविधिक तयारी अवस्थामा रहेको महानिर्देशक भट्टराईले बताए । रेल र कम्पनीका सामग्री सुरक्षाका लागि सशस्त्र प्रहरी बस्ने तयारी छ । उनले भने, ‘प्रशासनसँग कुराकानी भइसकेको छ ।’

रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कुरा नेपालस्थित भारतीय दूतावासले बताएको छ । उनी भौतिकरुपमा वा भर्चुअल उपस्थित हुने भन्ने टुङ्गो नभएको भट्टराईले बताए । उनले भने, ‘दुवै देशका प्रधानमन्त्रीको समय मिलेपछि मात्रै उद्घाटनको मिति तय हुनेछ ।’

भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए । कम्प्युटर खरीद सकेर उता लगेर राख्न तयारी अवस्थामा छ । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । बसलगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उनले बताए । सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न रु ७५ भाडादर तोकिएको छ । उनले भने, ‘डिलक्सको भाडा सामान्यभन्दा चारपाँच गुणा बढी हुनेछ ।’

सेवा शुरु गर्न आजको मन्त्रिपरिषद्को बैठकले सहज बनाइदिने अपेक्षा गरिएको छ । कम्पनीले अहिले नेपाली कामदारलाई एक साताको तालीम दिइने महाप्रबन्धक भट्टराईले बताए । उनका अनुसार रेलको महत्व बुझाएर कुनकुन सामग्रीको सुरक्षा आवश्यक छ भनी बुझाउनुपर्छ । अहिले कामदार छनोटमा पहिले काम गरेकालाई प्राथमिकता दिइएको छ । तत्काल काम शुरु गर्न ती व्यक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए । उनले भने, ‘अबको दुईदेखि तीन हप्ताभित्र नियमित सञ्चालनको काम सकिन्छ ।’

रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना सरकारले लिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन ल्याइएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।

नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँगै अघि बढेको हो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

काेराेना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडाैं ।  कोरोना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उनको केही समयदेखि शुक्रराज...

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

शुक्रराज अस्पतालमा किट अभावले पिसिआर टेष्ट रोक

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर...

ट्रेन्डिङ

साताको शेयर बजारः सात अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ...

कोरोना संक्रमणबाट आमा छोराको एकैदिन मृत्यु

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी...

अहोरात्र खट्नुपर्छ परिणाम दिन

  केपी शर्मा ओली नेतृत्वमा रहेको दुई तिहाइको शक्तिशाली सरकारले दू्रत गतिमा काम गर्न नसकिरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका निकायका कर्मचारी...

काभ्रेको उग्रचण्डी भगवतीमा पसिना, अनिष्टको संकेत

काभ्रेपलाञ्चोक । जिल्लाको नालास्थित उग्रचण्डी भगवती माईलाई पसिना आएको छ । आज (बुधबार) बिहान पौने ७ बजे स्थानीय मंगल श्रेष्ठ र राजेन्द्र श्रेष्ठले मन्दिर...

भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने

नयाँदिल्ली ।भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच...

अब पहुँचवाला विरामीले मात्रै भर्ना हुन पाउने

काठमाडौं । कोरोना भाईरस संक्रमण पुष्टि भएका जटिल प्रकृतिका विरामीहरुलाई समेत भर्ना गर्न अफ्ठेरो हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीस र...

खानेपानी प्रमुखसहित ६ विरुद्ध दुई करोड भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । साबिक नवलपरासी कार्यालय प्रमुख...

बालिकालाई धान दिन्छु भन्दै घर लगे अनि यौन दुर्व्यवहार गरे

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले...

तुलसीपुर बजारका ८ व्यापारी बिहानै पक्राउ

तुलसीपुर । लकडाउन उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट ७ जना व्यापारीसहित ८ जना पक्राउ परेका छन् । अत्यावश्यकबाहेकका पसल खोलेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको...

बालाजु क्षेत्रमा भोली र पर्सि लोडसेडिङ हुने

काठमाडौं । शुक्रबार बिहान ७ बजेदेखी १० बजेसम्म र शनिबार दिउसो १२ देखी ३ बजेसम्म बालाजु क्षेत्रमा लोडसेडिङ हुने भएको छ । बालाजु सवस्टेसनको ११...

राउटे समुदाय जंगली जडिबुटी खोज्न छाडेर अस्पताल धाउन थाले

दैलेख । जंगली जडीबुटीको विश्वास गर्ने राउटे समुदाय पछिल्लो समय आधुनिक औषधी उपचारमा रमाउन थालेका छन् । पुर्खौं पुर्खादेखी जंगलमै बस्ने,जंगलका गिट्ठा भ्याकुर कन्दमुल...

फैलिदै छन् सहयोगी हातहरु

काठमाडौं । मकवानपुरको देवीटार राक्सीराङको चेपाङ बस्तीका बालबालिकाले न्यायो कपडा पाएपछिको मुस्कान देखेर फिड दि निड नेपालकी अध्यक्ष किर्तिका राजकर्णिकार भावुक भइन् । उनले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)