कांग्रेस जिम्मेवार प्रतिपक्ष बन्नुपर्छ

संसद् विघटनसँगै ताजा जनादेशका लागि प्रम ओलीद्वारा चुनावको घोषणा भएपछि तात्कालीन संसद्मा प्रतिपक्षमा रहेको नेपाली कांग्रेस स्पष्ट धारणा बनाएर अघि बढ्न सकिरहेको छैन । यसले निर्वाचनमा जाने वा संसद् पुनस्र्थापना गर्ने मध्ये कुन चाहिँ कुरा प्राथमिक्तामा राखिनुपर्छ भन्ने खुट्याउन सकिरहेको छैन । तर पनि नेपाली कांग्रेसले के गर्नुपर्छ र गर्दा राम्रो हुन्छ भन्ने कुरा सार्वजनिक बहसमा आइरहेको छ । दुई चिरामा विभक्त सत्ताधारी दल नेकपाले पनि नेपाली कांग्रेसलाई तानातान गर्नेगरी बहसमा ल्याइरहेका छन् । त्यसो त नेपाली कांग्रेस पनि आफ्नै खाले सडक आन्दोलनमा उभिइरहेको छ । हाल संसद् पुनस्र्थापना भए पनि सही र निर्वाचनमा गए पनि सही भन्ने अवस्थामा नेपाली कांग्रेस पुगेको छ । यसको सिधा अर्थ हुन्छ, वर्तमान सत्ता संकट वामपन्थीहरूका कारणले आएको हो र यो संकटले वामपन्थीलाई नै कमजोर बनाउनेछ । यसकारण पनि नेपाली कांग्रेस आफू दुवै हातमा लड्डु लिएर बसेको महसुस गरिरहेको छ । संसद् पुनस्र्थापना भए पनि सरकार परिवर्तन हुने र निर्वाचनमा गए पनि सरकार परिवर्तन हुने आँकलन कांग्रेसले गरेको देखिन्छ । यी दुवै प्रक्रियामा आफू निर्णायक हुने नेपाली कांग्रेसको सोच देखिन्छ ।

तर पनि नेपाली कांग्रेसले संविधान, लोकतन्त्र, संघीयता आदिलाई कसरी लिन्छ र यसको प्रयोग तथा बचाउका ’boutमा कसरी सोचिरहेको छ भन्ने कुरा महत्वपूर्ण रहेको छ । लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा आइपरेका समस्या हल गर्ने’boutमा यसको धारणा कार्यनीतिक रूपमा पनि सार्वजनिक गरिनुपर्ने जनचासो भने बढेर गएको छ । यसै कुरालाई लिएर जनताले सडकमा नेपाली कांग्रेस देखे पनि यसले के बोल्छ भनेर नियालिरहेका छन् । नेपाली कांग्रेसको बोलाइ र गराइमा तालमेल छ वा छैन, राजनीतिक रूपले यो अघि बढ्न चाहेको छ वा छैन वा अन्य शक्तिहरूमा यसले कत्तिको विश्वास र सहकार्य गर्न चाहिरहेको छ, यो व्यवहारतः हेर्न चाहेका छन् । हालसम्म नेपाली कांग्रेस नेपालमा निम्तिएको राजनीतिक संकटका ’boutमा प्रस्ट रूपमा बोलेको अनुभूति कसैलाई छैन । पार्टीभित्र पनि विचार समायोजन, सहकार्य र सहमतिको आधारमा रहँदै आएको कांग्रेस बाहिर पनि निकै सन्तुलित पाइला चाल्न खोजिरहेको छ । तर, यसको पाइलाको उचित तालमेल वर्तमान संकट समाधानभन्दा पनि पार्टीभित्रको आन्तरिक जीवनसँग बढी सम्बन्धित छ । सत्ताधारी नेकपा फुट्न पुग्दा आफूलाई एक बनाएर राख्नु नेपाली कांग्रेसले ठूलो उपलब्धि मानेको छ ।

तर पनि दुई चिरामा विभक्त नेकपा शक्ति प्रदर्शन गर्दै प्रतिस्पर्धात्मक रूपमा सडकमा ओर्लिरहँदा नेपाली कांग्रेस सडकबाट बिमुख हुन पाउने अवस्था नै छैन । नेपाली कांग्रेसमाथि दुई चिरामा विभक्त नेकपाको भिन्दाभिन्दै आरोप छ ः एउटा, सरकारलाई सहयोग गरेको र अर्को संयुक्त आन्दोलनमा सडकमा जाँदै गरेको । तर, नेपाली कांग्रेस यी दुवै कुरा अस्वीकार गर्दै आएको छ । कहिलेकाहिँ कांग्रेसभित्रको वैचारिक मतभेद कतिपय अवस्थामा सरकारनजिक र कहिले सडकनजिक देखा पर्ने गरिरहेको छ । यस्तो बेलामा कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न चुक्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

बिहे गर्न गोरखा जान्छुः गृहमन्त्री गुरुङ