टिकटकको रहरले परिक्षा रद्द, बोर्डद्वारा सूचना जारी

दैलेख । सामाजिक सञ्चालक टिकटकको रहरले गर्दा दैलेखमा एकजना विद्यार्थीको परिक्षा रद्द गरिएको छ । मर्यादा विपरित परिक्षाको समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाई सामाजिक सञ्जालमा राखेका रोशनकुमार शाहीको परिक्षा रद्द गरिएको हो ।

जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिका–६ सिंहासैनमा रहेको कालिका माध्यमिक विद्यालयका छात्र रोशनकुमार शाहीलाई राष्ट्रिय परीक्षा बोर्डले परिक्षा रद्द गरिएको सुचना जानकारी गराइएको छ ।

२०७७ साल मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी रहेका छात्र शाहीले परीक्षाको मर्यादा विपरित परीक्षाको समयमा भएका कामको टिकटक बनाई सामाजिक सञ्जालमा राखेकोले परीक्षा रद्ध गरिएको परीक्षा बोर्डले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी टिकटिकको विषयलाई लिएर विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई समेत परीक्षा बोर्डले ३ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको परिक्षा बोर्डले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

epaper

ताजा समाचार

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु