थप १२५ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज थप १२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३६८१ जनाको गरिएको पीसीआर परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ९० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६९ हजार ९ सय ६६ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा कसैको पनि निधन भएन । अहिलेसम्म मृत्यु हुनेको संख्या भने २०६१ रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५२ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ४२, भक्तपुरमा ६ र ललितपुरमा ४ जना संक्रमित थपिए ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

epaper

ताजा समाचार

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क