५५अरबका लागि राष्ट्रघाती सम्झौता हुदैन : दाहाल


सुकुटे । राष्ट्रिय सभामा मनोनीत गर्ने सदस्य,एमसीसी लगायतका विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवाद भइरहेको बेला आराम र शुक्रबार देखि सुरु भएको सुकुटे महोत्सव उद्घाटन गर्न सिन्धुपाल्चोक आएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले विवादीत सबै विषय बिस्तारै समाधान हुने बताएका छन् ।

महोत्सव उद्घाटन अघि प्रेस संगठन सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले देश र जनताका लागि नेकपा नेता वामदेव गौतमले ठुलो योगदान गरेकाले राष्ट्रिय सभामा लैजान लागेको बताए । हामी नेकपा सचिवालय भित्र नौ सदस्य छौ,सात जना संसदमा छौ,दुइ जना बाँकी छौ,उहाँहरुलाई पनि लैजान यो निर्णय भएको हो’ दाहालले भने ।

पार्टी नेता नारायणकाजी श्रेष्ठलाई निर्वाचन मार्फत नै राष्ट्रिय सभामा लगेको र गौतमलाई मन्त्रीपरिषदबाट लैजाने गरी सचिवालयले निर्णय गरेको दाहालले प्रष्ट पारे । ‘सुरुमा वामदेव जि ले शर्त सहित राष्ट्रिय सभामा जान खोज्नु भएको हो,तर अहिले कुनै शर्त बिना नै जान खोज्नु भएको छ,यो सकारत्मक हो’ दाहालले भने ।

बामदेवलाई लैजादा संसदको इज्जत घटदैन

चुनाव हारेको नेतालाई संसदमा किन लैजानु प¥यो भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले भने अहिलेको चुनाव प्रणालीमा राम्रा मान्छे पनि हार्न सक्छन्,एउटा चुनाव हार्देमा जानै नहुने भन्ने छैन । आफुले यस अघि तत्कालिन एमाले नेता माधवकुमार नेपाललाई पनि पार्टीबाट निर्णय गराएर नै ससंदमा इन्ट्री गराएको प्रसंग कोट्याएका थिए ।राष्ट्रलाई योगदान गरेका वामदेव गौतम जस्ता नेताहरु राष्ट्रिय सभामा जाँदा संसदको इज्जत नघ्टने बरु बढ्ने दाहालको दाबी थियो ।

अमेरीकी मिलीनियम च्यालेन्ज कर्पाेरेश(एमसीसी) को विषयम दाहालले पार्टी भित्र गठीत अध्ययन समितिले आगामी २१ ग्ते अन्तिम प्रतिवेदन बुझाउने र त्यसपछि मात्रै पास गर्ने की नगर्ने भन्ने ठोस निर्णय हुने दाहालले बताए । श्रीलकाको मन्त्रीपरिषदले समेत एमसीसी अनुमोदन नगर्ने निर्णय गरेको बताउँदै अध्यक्ष दाहालले भने ‘५५ अरब पैसा धेरै होइन,यो पैसाका लागि गलत ढंगल राष्ट्रहित बिपरीत सम्झौता हुदैन ।’ ५५ अरबको लागि कुनै हालतमा पनि कम्प्रोरमाइज नगर्ने उनले प्रष्ट पारे ।

पछिल्लो विवादले गर्दा पार्टी विभाजन हुन्छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले गतिशिल पार्टीमा यस्ता विवाद हरु हुदै गर्ने र यसले पार्टी कुनै हालतमा विभाजन नहुने दाहालले बताए । देशभर पार्टी एकताको पक्षमा कार्यक्रम हरु हुदै गरेका बताउँदै अध्यक्ष दाहालले पार्टी सुदृढ हुदै गएको छ,कसैले पनि चिन्ता नलिए हुन्छ दाहालले भने ।

सुकुटेसँग माया बस्यो

आरम गर्न पटक पटक सिन्धुपाल्चोकको सुकुटे आउने गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहालले सुकुटेसँग आफ्नो गहिरो माया बसेको बताए । सुकुटेसँग भावान्तमक रुपमा आफु नजिकै भएको बताए । म धेरै पटक यहाँ आए,मेरै कारणले पनि अहिले यो क्षेत्रको पर्यटकीय विकास भएको पाएको छु अध्यक्ष दाहालले भने । सुकुटे क्षेत्रको विकासका लागि आफुले यस अघि माओवादी केन्द्रीय समितिको बैठक समेत यही राखेको चर्चा गरे ।

वर्षमा आफु कम्तीमा पनि एक पटक सुकुटे आउने गरेको बताउँदै दाहालले यो क्षेत्रको पर्यटकीय भविष्य राम्रो भएको बताए । शुक्रबार देखि सुरु भएको प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्न दाहाल सपरिवार अघिल्लो दिन नै सुकुटे आएका थिए । पत्नी सीता दाहाल सहित आएका दाहालले सुनकोशी नदीमा ¥याफटीङ समेत गरेका थिए । सुनकोशी नदीको कलकल पानी हेरेर मलाई असाध्यै आन्नद आउँछु,यता उता हिड्दा बेलुकी मज्जाको निन्द्रा लाग्ने गरेको दाहालले अनुभव सुनाए ।

सुनकोशीमा पहिलो पटक जेट बोट

¥याफटीङ र कायकीङ खेल मात्रै हुने गरेको सुनकोशी नदीमा पर्यटकहरुलाई आर्कर्षित गर्नका लागि पहिलो पटक जेट बोल सञ्चालनमा ल्याइएको छ । जेट बोटको नेकपा अध्यक्ष दाहाल र नेकपा नेता अमृतकुमार बोहरा बसेर औपचारीक सुरुवात गरेका थिए । सुकुटे क्षेत्रमा लामो समय देखि सुनकोशी बिच रिसोर्ट सञ्चालन गरिरहेका पर्यटन व्यावसयी महेन्द्र थापाले चिनबाट जेट बोट ल्याएर सञ्चालन गरेका हुन् । एउटा बोटमा आठ जनाको क्षमता रहेको र यहाँको नदी अनुसारको बोट ल्याइएको थापाले जानकारी दिए ।

महोत्सवको अवसरमा सञ्चालन गरिएको जेट बोटमा कलाकार र पत्रकारहरुलाई राखेर सुनकोशी नदीमा घुमाइएको थियो । २८ लाख रुपियाँमा खरिद गरिएको बोटमा आठ जना सम्म राख्न सकिने सञ्चालक थापाले जानकारी दिए । बैशाख देखि ६ महिना सुनकोशी नदीमा यो राम्रो सँग सञ्चालन गर्न सकिने बताए । वर्षाको समयमा एकदमै राम्रो हुन्छ थापाले भने यो चलाउनका लागि कम्तीमा दुइ फिट पानी आवश्यक पर्छ ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउने उदेश्य राखेर आयोजना गरिएको प्रथम सुकुटे महोत्सव चार दिनसम्म सञ्चालन हुने छ । अन्य महोत्सव जस्तो रमाइलो मात्रै भन्दा पनि सुकुटे क्षेत्रको भविष्य र समग्र जिल्लाको पर्यटन क्षेत्रलाई महत्व दिने गरी महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका सल्लाहकार माधव सापकोटाले जानकारी दिए । महोत्सवको अन्य दिन नदि संरक्षण,अर्गानीक उत्पादन,धार्मिक पर्यटन लगायतका विषयमा छलफल गरिने सापकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित