Sunday, April 18, 2021
Home भर्खरै नेकपामा दुवै समूह आआआफ्नो रणनीतिमा

नेकपामा दुवै समूह आआआफ्नो रणनीतिमा

,

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल समूहले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने रणनीति बनाएको छ भने ओली पक्षले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै संसद्मा नै सामना गरेर अघि बढ्ने योजना बनाएको छ ।

५ पुसमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वसम्मत बदर गरेको थियो । अदालतले फैसलाको मितिले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश पनि दिएको छ ।

प्रतिनिधि सभा विघटन गरिएपछि सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएको थियो । ओली पक्षले विघटनको पक्षमा विभिन्न कार्यक्रम गर्दै आएको थियो भने पुनस्र्थापनाको माग गर्दे नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले निरन्तर सडक आन्दोलन गरिरहेको थियो ।

सबै लोकतान्त्रिक शक्तिसंग सहकार्य गर्छौं: दाहाल–नेपाल समूह
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्छौं: ओली समूह

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बुधबार काठमाडौंमा नेकपा दाहाल–नेपाल र नेकपा ओली समूहको छुटाछुटै स्थायी कमिटी बैठक बसेको छ । दुवै समूहले अगामी रणनीतिबारे छलफल गरेका छन् ।

नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले हालको विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रूपान्तरण गर्न लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने निर्णय बैठकले गरेको बताए ।

संसद् बैठकबाट संविधानअनुसार सरकार गठन र अविश्वास प्रस्तावको प्रक्रिया अघि बढाउने उनले बताए । प्रधानमन्त्री ओलीविरुद्ध यसअघि दर्ता गरिएको अविश्वास प्रस्तावमा दाहाललाई नयाँ प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिए पनि आश्वयक परे नयाँ ढंगले अगाडि बढ्ने श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीले आत्मालोचनासहितको रूपान्तरणको योजना नदिएसम्म उनीसँग एकता हुन नसक्ने श्रेष्ठले स्पष्ट गरेका छन् ।

‘ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर गल्ती स्विकार्दै विधि–पद्धतिका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेमा एकता हुन सक्छ । अन्यथा एकताका कुरा भ्रम हुन्’ श्रेष्ठले भने ।

बैठकले ओलीको भ्रममा परेर फुटवादी गुटमा लागेका नेकपाका नेताहरूलाई आफ्नो पदमा फर्केर जिम्मेवारीमा निर्वाह गर्न आह्वान गरेको छ । बैठकले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ ।

‘सर्वोच्च अदालतबाट संविधान र लोकतन्त्रको रक्षा भएको छ । प्रतिगामीको ठूलो चक्रव्यूह र राजनीतिक संकटको सुरुङमा लैजाने खतराबाट देशलाई बचाएको छ’ श्रेष्ठले भने, ‘अदालतको निर्णयलाई पार्टी स्थायी कमिटीले उच्च मूल्यांकन गरेको छ ।’

बैठकले असंवैधानिक कदमविरुद्धको आन्दोलनमा सक्रिय राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र जनतालाई आभार व्यक्त गर्दै यस्ता गतिविधिविरुद्ध सचेत रहन आग्रह गरेको छ ।

यसैगरी, नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठकसमेत बुधबार बसेको छ । प्रतिनिधि सभा पुनस्र्थापनापश्चात् अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । पछिल्लो राजनीतिक अवस्थाकाबारे छलफल गर्दै सहमति र सहकार्यकै आधारमा अगाडि बढ्ने निष्कर्ष बैठकको रहेको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने: ओली
यसैबीच नेकपा ओली समूहको बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नेकपा स्थायी कमिटीका सदस्य एवं प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले गरेको निर्णयमाथि आशंका भए पनि संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई नै भएकाले सोहीअनुसार अघि बढ्ने निर्णय बैठकले गरेको बताए ।

बैठकले मुलुकमा राजनीतिक अस्थिरताको शृंखला सुरु नहोस् भन्नका लागि पनि पार्टीका तर्फबाट आवश्यक पहलकदमी लिने निर्णय गरिएको उनले बताए ।

‘प्रधानमन्त्री मुलुकलाई अन्योलमा राख्नुहुँदैन भन्ने पक्षमा हुनुहुन्छ । आजको निर्णयले भोलिका दिनमा के असर गर्न सक्छ भन्ने उहाँले बुझ्नुहुन्छ’ ज्ञवालीले भने, ‘यसकारण पार्टी एकतालाई ध्यानमा राखेर दुई पक्षबीच गम्भीर मतभिन्नता भएको स्विकार्दै उनले अझै पनि एकता प्रयास जारी रहेको बताए ।’

पार्टी एकताबद्ध रहने सन्देश जानेगरी कसैलाई पनि कारबाही नगरिएको बताउँदै उनले प्रधानमन्त्रीको राजीनामाबारे पनि छलफल भएको बताए । ‘मुलुकलाई राजनीतिक निकास दिनुपर्छ भन्ने नै हाम्रो भनाइ हो । यसपछाडिको परिदृश्य के भन्ने स्पष्टता भएपछि परामर्श गरेर छलफलपछि संस्थागत निर्णय गरि नयाँ ढंगले अघि बढ्छौँ,’ उनले भने ।

बैठकमा मंगलबार सर्वोच्च अदालतले फैसला भएपछि दुईतिर विभाजित माहोल, पछिल्लो घटनाक्रमका असर र प्रभाव, राजीनामा, अबको राजनीति कसरी अघि बढ्ने, सर्वोच्चको निर्णयको प्रभाव र कार्यान्वयनको विषय, सो फैसलालाई मान्नुपर्छ भन्ने मत, केन्द्रीय कमिटी बैठक बोलाउने विषय, पूर्वघोषित शक्ति प्रदर्शनका कार्यक्रम परिमार्जन गरेर मात्रै गरिने, संसद्को अधिवेशन निर्धारित समयमा गराउने, त्यसपछिको माहौल कसरी अघि बढ्छ भन्ने चासोलगायतका विषयमा छलफल भएको उनले बताए ।

सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूसँग व्यापक छलफल गरेका छन् । नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा माग गरे पनि उनी तत्काल राजीनामा नदिने अडानमा छन् । प्रधानमन्त्री ओलीका सल्लाहकारहरूले तत्काल राजिनामा नदिने बताउँदै आएका छन् । थप छलफलका लागि नेकपा ओली समूहले बिहीबारसमेत स्थायी कमिटी बैठक बोलाएको छ ।

ओलीले ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ: गौतम
नेकपा उपाध्यक्ष वामदेव गौतमले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ,’ उपाध्यक्ष गौतमले भनेका छन्, ‘नेकपाको उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’

प्रतिनिधिसभा विघटनपश्चात् दुई समूहमा विभाजित नेकपाको कुनै पनि समूहमा नलागेका गौतमले पार्टी एकता जोगाउन अभियान सुरु गरेका थिए । पार्टी एकताको अभियानमा लागेका गौतमले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोध गर्दै आएका थिए ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन बोलाउनुपर्ने सुझावसमेत दिएका छन् ।

(Visited 283 times, 1 visits today)
Loading comments...

आजको समाचार

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

साताका लोकप्रिय समाचार

२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

सप्तरी, राजविराज । बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज १६ निवासी करण...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ बस्ने सञ्जिव विकको ५ बर्षिय छोरा सुमन...

इजिप्टमा नेपालको चर्चा गरेर आइन् यी सुन्दरी

काठमाडौंँ । मिस इको इन्टरनेशनल नेपाल अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताएकी छन् । नेपालमा इको टुरिजमको विकासका...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

ट्रेन्डिङ

‘आँधी तुफान २’ मा महिलाकाे द्वन्द

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा...

रहस्यमय बन्दै नक्कली सुन काण्ड

काठमाडौं । गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो– कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो । त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका...

५१ प्रतिशत टोकियो निवास अर्क वर्ष ओलम्पिक चाहदैनन्

टोकियो । टोकिया निवासी आधाभन्दा बढी मानिसले सन् २०२१ मा ओलम्पिक हुन नहुने बताएका छन् । एक सर्भेका अनुसार कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण...

बालविवाहविरुद्ध प्रहरीको तिव्र अभियान

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका सिमराढीको अजय मुखियाको घरमा विहेको तयारी चलिरहेको थियो । पाहुनाहरु पनि आइसकेका थिए । ठीक त्यसैबेला बेहुलीपटटीवाट खबर...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा कोरोनाको जोखिम उच्च

काठमाडौँ । कोभिड–१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुप-यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७...

नेपालीमाझ बढ्दो इन्टरनेट पहुँच

अहिले नेपालीका माझमा इन्टरनेटको पहुँच सोचेभन्दा निकै तीव्र गतिमा भइरहेको छ । कोभिड–१९ महामारीको संक्रमणसँगै संवाद र भेटघाटका विविध पक्ष र विकल्पको खोजीसँगै इन्टरनेट...

थप ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार ८४८ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६७१ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा...

रिङ रेस्लिङ उपाधि नुवाकोटे टाइगरलाई

पोखरा । पोखरामा आयोजित दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उनले उपाधि रक्षा गरेका हुन्...

नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा पुनः ज्योत्सना

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा पुनः ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । शनिबार राजधानीमा सम्पन्न संघको १६औं वार्षिक साधारण सभा तथा...

पहिले श्रीमती र छोराको हत्या, त्यसपछि विष सेवन गरेर आत्महत्या

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–९ निकोसेरामा एकै परिवारका तीन जनाको मृत्यु प्रकरणमा श्रीमती सुशीला र छोरा सुशान्तको हत्यापछि श्रीमान् सुदीप अधिकारीले आत्महत्या गरेको...

दण्डहीनताले बढाएको अपराध

दण्डहीनता अहिले बढ्दो अवस्थामा छ । सत्ताशक्तिको प्रभावका कारण कानुन कार्यान्वयन समानुपातिक ढंगले हुन नसक्दा नियन्त्रण हुनुपर्ने दण्डहीनता उच्चदरमा वृद्धि भइरहेको छ । पेसेवर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)