सरकारसँग वार्ताका लागि चन्द समूहले बनायो प्रकाण्डको नेतृत्वमा टोली

काठमाडौँं । नेत्रविक्रम चन्द समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । टोलीमा उदय चलाउने ’दीपक’ सदस्य छन् ।

स्रोतका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिए पनि वार्ताका लागि सरकारले टोली गठन गरेलगत्तै उसले पनि नाम सार्वजनिक गरेको हो ।

स्रोतका अनुसार चन्द समूहले वार्ताका लागि जेलमा रहेका नेता कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा हुनुपर्ने माग राखेको छ । यसका साथै तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेन्डा तय गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो