मनाङ बूढासुब्बा गोल्डकप च्याम्पियन

सुनसरी । विभागीय नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै मनाङ–मस्र्याङ्दी क्लब २२औं संस्करणको बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मनाङले शनिबार धरान रंगशालामा भएको फाइनलमा पुलिसलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

सिजनको पहिलो उपाधि जितेको मनाङ बूढासुब्बामा समग्रमा चौथोपटक च्याम्पियन बनेको हो । यसअघि मनाङ २०६०, २०६७ र २०७२ मा च्याम्पियन बनेको थियो । यस्तै, मनाङ बूढासुब्बामा तीनै फाइनलमा पुलिसलाई पराजित गर्न सफल भएको हो । मनाङको जितमा दयानन्द सिंह, निशान लिम्बू र विमल रानाले गोल गरे ।

धरान रंगशालामा मनाङले खेलको ११औं मिनेटमा दयानन्द सिंहको गोलबाट अग्रता लिएको थियो । पुलिसका डिफेन्डर सुमन सुवेदी र गोलक्षक सञ्जीव श्रेष्ठबीच तालमेल नमिल्दा मनाङले अग्रता लिन सफल भएको हो । सुमनको ब्याक पासमा सञ्जीवले अघि बढाउन ढिलाइ गरेपछि त्यही बलमा दयानन्दले गोल गरेका थिए ।

५०औं मिनेटमा निशान लिम्बूले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा भोलानाथ सिलवालले पेनाल्टीमा गोल गर्दै पुलिसलाई खलमा फर्काउने संकेत दिएका थिए । पेनाल्टी एरियामा जुमानु राईलाई लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बिमल रानाले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए ।

मनाङका सुरज विके प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले एक थान स्कुटी हात पारे । उपाधिसहित मनाङले १० लाख र पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । धरान फुटबल क्लब सुनसरीको आयोजनामा १० फागुनदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी थिए ।

यो पनि पढ्नुहोस

[posts-by-tag tags = “कोरोना-भाइरस” number=”15″]

 

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चार पालिका जितेको एमाले योपटक शून्य