जोशीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे देउवा

काठमाडौं । मष्तिष्कघात भई उपचाररत् नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न आज(बुधबार) पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुगेका छन् ।

फागुन १४ गते मष्तिष्कघात भई कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनी अझै कोमामै छन् ।

जोशीको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण रहेको र पछिल्ला केही दिनदेखि अवस्था थप बिग्रिएको खबर आइरहेको बेला पूर्व प्रधानमन्त्री देउवाले थापाथलीस्थित नर्भिक अस्पतालमा गएर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका हुन् ।

देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको बिषयमा जानकारी लिएका थिए । देउवाले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारजनलाई सान्त्वना समेत दिएका थिए ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै कोमामै रहेको भेन्टिलेटरको सपोर्टमा रहेको विषयमा जानकारी गराएका थिए ।

सो क्रममा देउवाले नर्भिक अस्पतालको उपचार पद्धतिको विषयमा समेत खुलेरै प्रशंसा गरे । उनले जोशीको उपचारमा नर्भिकले अपनाएका उपायहरुको प्रशंसा गर्दै अस्पताललाई धन्यवाद समेत ज्ञापन गरेका थिए । ‘देशमै यो लेभलको उपचार हुनु खुशीको कुरा हो।’ संक्षिप्त प्रतिक्रिया दिंदै देउवाले भने ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन