अपाङ्गता भएकी बालिका बलात्कार गर्नेलाई जेल सजाय

भविन कार्की, संखुवासभा । संखुवासभाका दुई स्थानमा बलात्कार गरेको कसुरमा जिल्ला अदालत चैनपुरले कैद सजायको फैसला सुनाएको छ । शारिरिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चैनपुरले सिलिचोङ गाउँपालिका –१ का पेम्बा शेर्पालाई ८ बर्ष कैद सजायको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश शान्ति प्रसाद आचार्यको चैत १ गतेको इजलासले कसुर ठहर गर्दै ८ वर्ष कैद र ५० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार कविराज राउतले जानकारी दिए । सोही फैसलाले पीडितले बालिकाले पाउने गरी क्षतिपूर्ति बापत ५० हजार रुपियाँ कसुरदार बाट असुल गरी राहत कोषमा जम्मा गर्न समेत आदेश दिएको अदालतका श्रेस्तेदार राउतले जानकारी दिए । शेर्पाले गत मंसिर १८ गते बलात्कार गरेको भन्दै आफन्तले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडीतका आफन्तको उजुरीका आधारमा आरोपित शेर्पालाई प्रहरीले सोही दिन पक्राउ गरेर अनुुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

त्यस्तै त्यस्तै २६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा न्यायाधीश शान्ति प्रसाद आचार्यको इजलासले मादी नगरपालिका– ४ का २८ बर्षिय गोकुल भुजेललाई ७ बर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार राउतले जानकारी दिए । इजलासले कसुर ठहर गर्दै मुलुकी अपराध संहिता २१९ (३) क बमोजिम पीडितले पाउने गरी क्षतिपूर्ति बापत २ लाख रुपियाँ कसुरदार बाट असुल गरी राहत कोषमा जम्मा गर्न समेत आदेश दिएको अदालतका श्रेस्तेदार राउतले जानकारी दिए । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले भुजेललाई सोही दिन पक्राउ गरेर अनुुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । प्रहरीले पुस २९ गते जिल्ला अदालत चैनपुरमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती