नेपालको पहिलो खेल किर्गिस्तानसँग

काठमाडौं । दशरथ रंगशालामा हुने तीन देशबीचको मैत्रीपूर्ण सिरिजमा नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल, बंगलादेश र किर्गिस्तानबीच हुने थ्री नेसन्स कप मैत्रीपूर्ण फुटबलको खेल तालिका सार्वजनिक गर्दा नेपालले पहिलो खेल किगिस्तानसँग परेको हो ।

पहिलो खेलमा बंगलादेश र किर्गिस्तानबीच १० चैतमा प्रतिस्पर्धा हुनेछ । १२ चैतमा नेपालले किर्गिस्तानसँग खेल्नेछ । १४ चैतमा नेपालले बंगलादेशसँग खेल्नेछ । फाइनल १६ चैतमा हुने छ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । विश्वकप छनोटअन्तर्गत तय भएको अस्ट्रेलियाविरुद्ध खेल स्थगित भएपछि दशरथ रंगशालामा सोही समयमा नेपालले यस मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल र बगंलादेशको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने भए पनि किर्गिस्तानको २३ वर्षमुनिको टोलीले खेल्नेछ । विश्वकप छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेल स्थगित भएसँगै एन्फाले थ्री नेसन्स कप आयोजना गर्न लागेको हो । हाल राष्ट्रिय टोलीको प्रशिक्षणमा ३१ खेलाडीबाट मैत्रीपूर्ण प्रतियोगिताका लागि राष्ट्रिय टोलीको निर्माण हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह