पोखरा । साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’को बहसमा विभिन्न व्यक्तिले यसको समीक्षात्मक टिप्पणी गरेका छन् ।
पोखरामा शनिबार आयोजित कार्यक्रममा वक्ताले ‘जीवन कथा’ स्रष्टा कुँवरको जीवनीमा आधारित भइकन पनि पोखराको पुरानो इतिहास, कला, संस्कृति, रहनसहन जान्न पठनीय रहेको बताए ।
प्रमुख अतिथि शिक्षाविद् टीकाराम कोइरालाले स्रष्टा कुँवर शिक्षा, साहित्य, राजनीतिक, पत्रकारितालगायत हरेक क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै विगतका जीजिविषा’bout स्मरण गरे ।
कृति समीक्षा गर्दै समीक्षक असफल गौतम र कृष्ण उदासीले एक युग बाँचिसकेका क्षेत्रबहादुरको जीवन कथा विभिन्न क्षेत्र’bout जानकारी लिन फलदायी कृति रहेको बताए ।
आयोजक अलौकिक कवि देशभक्तसिंह कुँवर प्रतिष्ठान नेपालका अध्यक्ष प्राडा यमबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ सूर्य खड्का विखर्ची, स्रष्टा क्षेत्रबहादुर कुँवर, वरिष्ठ पत्रकार विश्ववन्धु भण्डारी, संगीतकार बीबी अनुरागी, प्रतिष्ठानका नायक देशभक्तसिंह कुँवर, प्राडा ध्रुबबहादुर अधिकारी, पुस्तक सम्पादकका तर्फबाट विजय नेपाललगायतले बोलेका थिए ।
सो अवसरमा एड्स रोग नियन्त्रण संघका अध्यक्ष समाजसेवी विश्वमोहन गौचन र एरेन्जर शुकुराम रसाइलीलाई सम्मान गरिएको थियो । गत फागुन ४ मा कुँवरको ७५औं जन्मोत्सवका अवसरमा कृति लोकार्पण गरिएको थियो । उनका यसअघि ७ कृति पाठकसमक्ष आएका छन् । पत्रकार विजय नेपाल, शिक्षक कमलराज ढुंगाना र अलौकिक कवि देशभक्तसिंह कुँवरले पुस्तक सम्पादन गरेका हुन् । पोखरा वाङ्मय प्रतिष्ठान नेपाल प्रकाशक रहेको कृति फोटो कथासहित ३ सय १० पृष्ठ लामो छ ।






