Monday, May 17, 2021
Home अर्थ एक सातामा १० अर्ब निक्षेप र कर्जा २८ अर्बले बढ्यो

एक सातामा १० अर्ब निक्षेप र कर्जा २८ अर्बले बढ्यो

कर्जाको ब्याज बढ्न सक्ने

पूर्णभक्त दुवाल,

काठमाडौं । चैतको दोस्रो सातासम्ममा २७ वाणिज्य बैंकको निक्षेप १० अर्बले बढेको छ भने कर्जा प्रवाह २८ अर्बले बढेको छ । चैतको पहिलो साता १४ अर्ब निक्षेप बढेको थियो भने कर्जा २३ अर्बले बढेको थियो । नेपाल बैंकर्स एसोसिएसनका अनुसार ६ चैतसम्म वाणिज्य बैंकमा ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेकोमा १३ चैतसम्म आउँदा ३८ खर्ब ५० अर्ब पुगेको छ ।

गत ६ चैतसम्म ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १३ गतेसम्म आइपुग्दा ३४ खर्ब ६२ अर्ब कर्जा लगानी भएको पाइएको छ । गत ६ चैतसम्म १ खर्ब ८ अर्ब विदेशी रुपैयाँ निक्षेप रहेकोमा १३ चैत्रसम्म आइपुग्दा १ खर्ब ९ अर्ब पुगेको छ । कर्जामा पनि ६ गतेसम्म १ खर्ब ३१ अर्ब थियो भने १३ गतेसम्म आइपुग्दा १ खर्ब ३४ अर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत १२ चैतसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ४३ खर्ब ६७ अर्ब निक्षेप संकलन भएको छ । यो अघिल्लो दिनभन्दा १ अर्बले बढी हो । यसैगरी कर्जातर्फ १३ चैत्रसम्ममा ३९ खर्ब ५ अर्बको कर्जा लगानी भएको छ । अघिल्लो दिनसम्ममा कर्जा ३८ खर्ब ९९ अर्ब प्रवाह भएको थियो ।

‘क’ वर्गका २७ वटा वाणिज्य बैंकबाट १२ चैत्रसम्म ३८ खर्ब ४५ अर्ब निक्षेप संकलन भएको थियो । अरू वित्तीय संस्थाबाट भने ५ खर्ब २२ अर्ब निक्षेप संकलन भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ७७.७२ प्रतिशत पुगेको छ ।

बैंकले कुल निक्षेप र कुल पुँजीको योगफल अर्थात् सीसीडीमा ८५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । कतिपय बैंकको ८० प्रतिशत सीमा नाघिसकेको छ । सीसीडी रेसियो ८० प्रतिशतको हाराहारीमा पुगेका कारण बैंकले अब कर्जामा कडाइ गर्ने भएका छन् ।

राष्ट्र बैंकले एकपटक १ लाख अमेरिकी डलरसम्मको सामान आयात गर्न पाउने र ग्राहकले बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था गरेकाले तरलतामा थप चाप पर्न सक्ने देखिएको छ । यद्यपि, सरकारको पुँजीगत खर्च वैशाखबाट बढ्ने भएकाले भने केही सन्तुलन आउने बताइन्छ । सरकारको पुँजीगत खर्च बढ्न गएमा बैंकमा निक्षेप संकलन बढ्ने र सीसीडी रेसियोमा प्रभाव परी कर्जा दिन सकिने वातावरण बन्ने जनाइएको छ ।

(Visited 179 times, 1 visits today)
Loading comments...

आजको समाचार

महामारीबाट प्रभावित किसानलाई राहत दिन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर...

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अर्थले दिये ४ अर्ब रूपैयाँ

काठमाडौं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

ओली २ जेठमा नर्किए नयाँ दल गठन गरेर अगाडी बढनुपर्छ : पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले २ जेठ २०७५ मा फर्किने सहमती कार्यान्वयन नभए नयाँ पार्टी गठन...

साताका लोकप्रिय समाचार

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

चुरे/ मकवानपुर । कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । बिरामी ओसार्नको...

निषेधाज्ञा दुई साता थपियो, विवाह गर्न नपाइने !

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा आगामी १३ जेठसम्म थपसहित कडा पारिएको छ । नयाँ नियमअनुसार अब पार्टी प्यालेस, क्याट्रिङ तथा होटलबाट विवाह तथा व्रतबन्ध...

उफ ! ‘माछो माछो भ्यागुतो’ भो

अहिले नेतृत्वमा रहेका राजनीतिक दल र नेतागणका लागि लोकतन्त्र बाँदरको हातमा नरिवलजस्तो भएको छ । दलका शीर्ष भनिने नेतागण देशका विकास र सुशासनको तगारो...

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थप, १६०८ ले ज्यान गुमाए

काठमाडौं । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात...

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद गठन, पुराना सबै दाेहाेरिए (सूचीसहित)

काठमाडाैं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र...

ट्रेन्डिङ

भारतमा एकैदिन थपिए ११ हजार ५०० भन्दा बढी संक्रमित

नयाँदिल्ली । भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी शनिबारको तुलनमा भारतमा संक्रमितको संख्यामा केही कमि आएको...

प्रदेश प्रमुखलाई बुझाइयो वित्त आयोगको प्रतिवेदन

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रदेश...

निहिता विश्वास पनि दिइन् स्वाब

ललितपुर । बिक्नी किलरका रूपमा कुख्याति कमाएका चाल्र्स शोभराजकी प्रेमीका निहिता विश्वास पनि महालक्ष्मी नगरपालिकामा सेल्फ क्बारेन्टाइनमा बसिरहेकी छिन् । गत चैत ७ गते...

अभिनेत्री प्रियँका बाढी पीडितको सहयोगमा

मुम्बई । केही दिन यताको सक्रिय मनसुनसँगै अहिले भारतको आसाम र बिहार डुवानमा परेको छ । उनीहरुलाई सहयोगको खाँचो छ । बाढीपीडितहरुको उद्धारपछि यतीबेला...

कमजोर प्रशासनले निम्त्याउने शासकीय समस्या

प्रधानमन्त्री केपी शर्मा ओलीमा भएको भिजनलाई उनले प्रशासन संयन्त्रमार्फत प्रभावकारी रूपमा कार्यान्वयन गराउन सकेको भए आज देशले विकासमा धेरै छलाङ मारिसकेको हुन्थ्यो । उनैले भन्ने...

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेपालले इराकसँग जेठ १५ मा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । इराकको बास्रा अन्तर्राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण...

भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, एकै दिन चार लाख १४ हजार संक्रमित

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।...

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

म्याग्दी । म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका...

कोरोना अपडेटः मृतकको संख्या १ लाख ५४ हजार नाघ्यो

एएफपी । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र...

सम्पादकीय : रगतको अभाव हुन नदेऊ

कोरोना महामारी संक्रमणसँगै अस्पतालमा बिरामीका लागि रगतको पनि अभाव हुँदै गएको छ । संक्रमितको संख्या बढ्दै जाँदा भएको लामो लकडाउन र निषेधाज्ञाका कारण  आवश्यक...

युवाको मानसिक स्वास्थ्यबारे साताव्यापी छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सञ्चालन गरिएको साताव्यापी युवाको मानसिक स्वास्थ्यबारे छलफल कार्यक्रम सम्पन्न भयो । द स्कुल अफ साइकोलोजी नेपाल, रोटरी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)