काठमाडौं । भान्सामा उपभोग हुने दैनिक उपभोग्य खाद्य वस्तु र पियपदार्थ न्यून गुणस्तरको उत्पादन र विक्री वितरण गरी उद्योग व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम गरेको पाइएको छ । उद्योगी व्यवसायीले अधिकांश दैनिक भान्साका भित्रिने खाद्य वस्तु र पियपदार्थ न्यून गुणस्तरका उत्पादन र विक्री वितरण गरी आमउपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।
विशेष गरेर पानी, तेल, घिउ, दुध, दाल,चाउचाउ लगायतका दैनिक उपभोग्य खाद्य वस्तु र पियपदार्थ न्यून गुणस्तर भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको आर्थिक वर्ष २०७७÷०७८ को आठ महिनामा विभिन्न खाद्य वस्तु र पियपदार्थको २ हजार २ सय ८४ वटा नमुना संकलन गरिएको थियो । जसमध्ये १ सय २७ नमुनाको नतिजा खाद्य ऐनको मापदण्ड विपरीत पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।
प्रवक्ता महर्जनका अनुसार नमुना विश्लेषण गर्दा सबैभन्दा बढी दाना न्यून गुणस्तर पाइएको भने प्रशोधित पिउने पानी, खाद्यान्न र खाने तेलमा कैफित भेटिएको छ । १ सय २७ नमुनामध्ये ३१ वटा दानाको नमुना गुणस्तर हिन भेटिएको छ भने २० वटा पिउने पानी, १८ वटा तेल र घिउजन्यमा १९ वटा नमुना खाद्य ऐनको मापदण्ड विपरीत भेटिएका छन् । प्रवक्ता महर्जनेले न्यून स्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा ७६ वटामा मुद्दा दायर गरिएको जानकारी दिए ।
उनले विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको बताए । महर्जनका अनुसार दायर गरिएका ७६ थान मुद्दा मध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका ११ (१४%), तयारी चाउचाउ ७(९%), मसलाका ६(८%), घ्युका ५(६%), तेल, बेकरी, दाना, सस्, मह, दालमोठ भुजिया, बिस्कुट प्रत्येकका ४ लगायत मिठाई, दहि, चामल, बियर, गेडागुडि, खुर्सानीको धूलो जस्ता विभिन्न खाद्य पदार्थका रहेका थिए ।
उक्त ७६ मुद्दाहरुमध्ये ३५ वटा (४६%) मुद्दाहरु न्यून गुणस्तरका, २३ वटा (३०%) मुद्दाहरु लेवल लगायतका विवरण नमिलेका, १२ वटा (१६%) मुद्दाहरु दुषितका तथा बाँकि ६ वटा (८%) मुद्दाहरु खाद्य ऐन नियम निर्देशिका उलंघन सम्बन्धी थिए । आर्थिक वर्ष २०७७÷०७८ को आठ मासिक अवधिमा जम्मा २ हजार २ यस ८४ वटा नमूना सङ्कलन भएको थियो ।
दोश्रो चौमासिक अवधिमा संकलित नमूनाहरु मध्ये खाद्यान्न÷दलहनजन्यका २ यस ७४ वटा, तेल तथा घ्युजन्यका १ यस २४ वटा, दाना पदार्थका ९८ वटा, फल तथा साग पात जन्य पदार्थका ९१ वटा, मसलाका ६९ वटा, कन्फेक्सनरिका ३१ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दुध तथा दुग्ध पदार्थका १९ वटा लगायत जम्मा ८ यस ८१ वटा नमुनाहरूको विश्लेषण परिक्षण भएकोमा ५७ वटा नमूनाहरुको परिक्षण प्रतिवेदन प्रतिकूल पाइएका थियो ।