Saturday, April 17, 2021
Home Editor-Picks प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

रासस,

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही सङ्ख्यामा प्रभावित भएको जानकारी दिए । विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै सङ्ख्यामा रद्द भएको छ । यान्त्रिक पद्धति (आइएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।

अघिल्लो एक साता मौसम खराबीले उडान रद्द भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गत चैत २३ गते मङ्गलबारदेखि उडान प्रभावित भएको हो । काठमाडौँ उपत्यकासहित देशभरको आकाशमा बाक्लो धुवाँसहितको तुवाँलो लागेकाले भिजीबिलिटी कम हुँदा खासगरी आन्तरिक उडान प्रभावित बनेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए । बाह्र उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो । यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी नौ हजार ८२४ यात्रुले हवाईयात्रा गरेका छन् । बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ ।

यस्तै गत मङ्गलबार आन्तरिकतर्फ ११८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए । २८ उडान रद्द भएका छन् । बुद्ध एयरको १५, यती एयरलाइन्सको छ, समिट एयरको तीन, सौर्य एयरलाइन्सको दुई तथा तारा एयरको समान एक–एक उडान भएका छन् । सबै उडानमार्फत आठ हजार ६८७ यात्रु आवतजावत गरेका छन् ।

अघिल्लो सोमबार सर्वाधिक ३० उडान रद्द भएका छन् । उक्त दिन जम्मा १२२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ । बुद्धएयरको १७, यती एयरलाइन्सको नौ, ताराएयरको दुई तथा श्री एयरलाइन्स र सीताएयरको समान एक–एक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

तीनदिन मौसम खराबी रहे पनि तुलनात्मकरूपमा आज काठमाडौँको आकाश केही मात्रामा खुलेको छ । बाक्लो तुवाँलो नभएपछि भिजीबिलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताउनुभयो । उहाँका अनुसार आज पोखरा विमानस्थलबाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ । पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन् ।

हल्का वर्षाको सम्भावना
हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । साथै देशका केही स्थानमा तुवाँलो लागेको अवस्था छ ।

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा अपराह्नतिर मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

(Visited 43 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

साताका लोकप्रिय समाचार

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदस्यहरुको संयुक्त हस्ताक्षर सहितको...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

ग्रामीण पर्यटन विकास र सम्पदा संरक्षण

पर्यटन शब्द फ्रेन्च शब्द ‘टुरिज्मे’बाट उत्पत्ति भएको हो । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यो व्यावसायिक...

जुम्लामा अज्ञात रोगले गाउँ थला पर्याे, विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक

जुम्ला । जुम्लाको तातोपानि गाउँपालिका वडा नम्वर ७ ताम्तीमा अज्ञात रोगले विद्यार्थी थला परेका छन् । जनजागृति माद्यामिक विद्यालय ताम्तीका २६ जना छात्र छात्रा...

डिमोन र सिर्जनाको प्रेम

काठमाडौँ । दिप गिरीको शब्द, शंकर थापा'स्माइल'को संगीतमा रहेको 'मन खाने माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल...

ट्रेन्डिङ

नेपालमै उत्पादन भएको धानको भात खाँदैनन् नेपाली

काठमाडौँ । कृषि प्रधान मुलुक भएपनि वर्सेनी चामलको आयात भने बढ्दो क्रममा छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र...

मुख्यमन्त्री राउतका पिएसओ असईको दुर्घटनामा मृत्यु

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतका पिएसओ प्रहरी सहायक निरीक्षक मदनजंग कापरको सवारी दुर्घटनामा मृत्यु भएको छ । आज विहान ३ बजे...

उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड

काठमाडौं । भान्सामा उपभोग हुने दैनिक उपभोग्य खाद्य वस्तु र पियपदार्थ न्यून गुणस्तरको उत्पादन र विक्री वितरण गरी उद्योग व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने...

भारतमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

चितवन । भारतमा बर्डफ्लु देखिएसँगै यहाँ उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् । सरकारले भारतमा...

स्याङ्जाको कुसुण्डे दलित बस्ती पहिरोको जोखिममा

स्याङ्जा । स्याङ्जामा अविरल परेको बर्षाका कारण धेरै बस्तीहरु पहिरोको जोखिममा रहेका छन् । अव्यवस्थित सडक खन्ने र भौगोलिक बनावटका कारण जिल्लाका धेरै बस्तीहरु...

बलात्कारको आरोपमा एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बेलौरी नगरपालिका ७ का २५ वर्षीय युवक बिरु चौधरीलाई बालिका बलात्कारको आरोप...

खेलअघि मैत्रीपूर्ण खेल्न अनुमति

लन्डन । कोरोना महामारीपछि झन्डै तीन महिनापछि सुरु हुन लागेको इंग्लिस प्रिमियर लिग पुनः सुरु हुनुअघि प्रिमियर लिग आयोजकले इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई...

अख्तियारमा नयाँ नेतृत्वको चुनौती र सुशासनको दियो

विभिन्न विरोध र विवादका बाबजुद पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निकै सक्षम काबिल र योग्य नेतृत्व पाएको छ । संवैधानिक परिषद्ले लामो समयदेखि रिक्त...

प्रदेश ५ मा असोजसम्म गाडी र लाईसेन्स नवीकरणमा जरिवाना नलाग्ने

बुटवल । प्रदेश ५ सरकारले यातायात क्षेत्रको शुल्क तथा दस्तुरमा लाग्ने विलम्ब शुल्क (जरिवाना) मिनाहा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ का...

उत्पादन र रोजगारीलाई समृद्धीसँग जोड्न पर्छ : मन्त्री पोखरेल

संखुवासभा । शिक्षालाई श्रम सिपलाई उत्पादन र रोजगारी सँग, उत्पादन र रोजगारीलाई समृद्धी सँग जोड्नु पर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री...

बाघले चितुवा मार्यो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सामुदायिक वनमा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ । मध्यवर्ती क्षेत्रको सुतैया वनमा झण्डै...

प्रधानमन्त्री ओलीलाई घनश्याम भुसालको ११ पन्ने स्पष्टीकरण (पत्रसहित)

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनले बुझाएको स्पष्टीकरणमा ओली कुनै पनि दिन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)