Sunday, May 16, 2021
Home Breaking News राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

राजधानी संवाददाता,

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् ।

विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व मदनमणि दीक्षित, पूर्वमन्त्री स्व रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, चिकित्सक प्रा डा दिव्यासिंह शाहलगायत छन् । यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट चिकित्सक डा सन्दुक रुइत, प्रसिद्ध प्रबल जनसेवाश्री (द्धितीय) बाट सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत छन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । विभूषित हुनेहरुको सूची गृहमन्त्रालयको वेबसाइटमा समावेश गरिएको छ । गत वर्ष विभूषण समितको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्धितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि आजै सुशोभन गरिएको छ । आज बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ ।

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो । गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार समितिमा प्रा डा मीना वैद्य, प्रा डा इन्द्रजीत राई, कलाकार हरिहर शर्मा, इञ्जिनीयर काशेन्द्रप्रसाद यादव, उपरथी विनोदकुमार श्रेष्ठ सदस्य रहेका थिए ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

साताका लोकप्रिय समाचार

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

राष्ट्रियसभा उम्मेदवार देवकोटालाई कलम चुनाव चिन्ह

काठमाडौं । वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न पाएका छन् । यसैगरी...

काठमाडौँ उपत्यकामा भोलिदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो...

ओली नेपाल वार्ता सकारात्मक, सांसदहरुले राजीनामा नदिने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीविचको संवाद सकारात्मक भएको छ । चार घण्टा चलेको वार्तापछि नेता...

ट्रेन्डिङ

सबै सीमा नाका बन्द गर्ने तयारी

काठमाडौं । नेपाल र भारतले सबै नाका बन्द गर्ने तयारी गरेका छन् । करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरिएको...

अन्तर्राष्ट्रिय उडानसँगै सबैसँग सहकार्य जरुरी

लामो समयको छलफल र निष्कर्षसँगै अन्ततः बुधबारदेखि अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिइने निर्णय भएको छ । तर, आन्तरिक उडानलाई भदौ मसान्तसम्म रोकिनेछ । व्यावसायिक अन्तर्राष्ट्रिय...

कोरोना प्रभावबारे अर्थ मन्त्रालयद्वारा सूक्ष्म अध्ययन

संकुचन आउन नदिन विशेष कार्यक्रम ल्याउने सरकारको तयारी काठमाडौं । सरकारले अर्थतन्त्रमा संकुचन आउन नदिन उपयुक्त कार्यक्रम ल्याउने भएको छ ।...

अनाथ बालबालिकासँग रमाउँदै हास्य अभिनेता इकु

काठमाडौं । हास्य अभिनेता सुलेमान शंकर (इकु)को दिनचर्या आजकाल अनाथ बालबालिकासँग बित्ने गरेको छ । टेलिफिल्म तथा फिल्मको छायांकनबाहेक अरू बेला उनी मूलपानीको स्नेह...

तनहुँमा करेन्ट लागेर युवकको मृत्यु

तनहुँ । करेन्ट लागेर आज दिउँसो तनहुँमा एक युवकको मृत्यु भएको छ । व्यासनगरपालिका–४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला...

छोराकाे अपहरण भएको झुठो उजुरी दिने बाबु पक्राउ

सप्तरी । छोरो अपहरण भयो भनी झुठो उजुरी दिने बाबुलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा बस्ने...

आईओसीका कर्मचारीले घरमै बसेर काम गर्ने

लुसोन । कोरोना भाइरसको महामारीको त्रासका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले लुसानेका आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन दिएको छ । ओलम्पिक हाउस...

पहिला प्रेम गरे, अनि घरका मान्छे बिरामी छ भन्दै ठगे

वालिङ ।  बाजुरा जिल्ला हिमाली गाउँपालिका–४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेकाे छ । पाण्डेले ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले ठूलो...

खोलाकै छेउमा लाखौंको लगानीमा बन्दै सामुदायिक भवन, स्थानियद्वारा विरोध

सप्तरी । खोलाकै छेउमा सार्वजनिक सडकको केही भाग समेत मिच्दै सामुदायिक भवन तथा धार्मिक स्थलको जग्गामा बालविकास कोठा भवन निर्माण थालिएको प्रति सप्तरीको कंचनरुप...

ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजारको मृत्यु

ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट...

तत्काल शैक्षिक संस्था बन्द गर्न कलाकार सिम्खडाको माग

काठमाडौं । सामाजिक अभियन्ता एवं कलाकार श्रीकृष्ण सिम्खडाले तत्काल देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने माग गरेका छन् । आफूले यसअघिपनि कोरोनाबाट बच्नको लागि नेपाल...

जुम्ला कोरोना सङ्क्रमण मुक्त

जुम्ला । जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)