आफ्नै मैदानमा टोटनह्याम स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरलाई ३–१ ले पराजित ग¥यो ।

टोटनह्यामलाई उसैको मैदानमा पराजित गर्न म्यान्चेस्टर युनाइटेडका फ्रेड, एडिन्सन काभानी र मेसन ग्रिनउडले एक एक गोल गरे । टोटनह्यामका ह्युङ मिन सनले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई ३–० ले हरायो ।

आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट्ले दुई गोल गर्दा ग्याब्रियल मार्टीनेलीले एक गोल थपे । गएराति भएका अन्य खेलहरुमा वेष्ट ह्याम युनाइटेडले लेष्टर सिटीलाई ३–२ ले हराउँदा न्यूकासल युनाइटेडले बर्न्लेमाथि २–१ को जित निकाल्यो ।

प्रिमियर लिग फुटबलको अंक तालिकामा ३२ खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा यथावत छ । एक खेल कम खेलेको म्यान्चेस्टर युनाइटेड ६३ अंकसहित दोस्रो स्थानमा रहँदा ५६ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा छ । चौथो स्थानको वेष्ट ह्याम युनाइटेडको ५५ अंक छ भने ५४ अंकका साथ चेल्सी पाँचौ‌ स्थानमा झरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
साकार हुँदै जित्नैपर्ने दबाब