Sunday, May 16, 2021
Home प्रमुख बुटवलमा हत्या गरिएका युवाकाे शव बागलुङ लगेर गाडियाे

बुटवलमा हत्या गरिएका युवाकाे शव बागलुङ लगेर गाडियाे

राजधानी समाचारदाता,

बुटवल ।  बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा-यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो । प्रहरीलाई मृतकले लगाएको कपडाभित्रका कागजातले अनुसन्धानमा निकै सहज बनायो ।

वेवारिसे शवका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिँदै आयो । बुटवलमा हराएको युवाका आफन्त बिहीबार बागलुङ आएपछि अन्ततः शवको पहिचान खुल्यो । ढोरपाटन–२ रिनाममा गाडिएको अवस्थामा फेला परेको शव नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

बुटवलमा व्यवसाय गर्दै आएका बसेल चैत ४ गते रातिदेखि सम्र्पकविहीन भएका थिए । “प्रारम्भिक अनुसन्धानबाट बुटवलमा हत्या गरी शव लुकाउन बागलुङ ल्याएको देखिन्छ”, सूचना अधिकारी हवारीले भने, “शवसँगै भएको व्यावसायिक कागजातका आधारमा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीबार पक्राउ गरेको छ, आर्थिक लेनदेनका कारण हत्या गरेको स्वीकार गरे पनि एक्लैले हत्या गरी शव बागलुङ ल्याउन मुस्किल हुन्छ, थप अनुसन्धान भइरहेको छ ।” हवारीका अनुसार बुटवल प्रहरी र बागलुङ प्रहरीले समन्वयमा अनुसन्धान गरिरहेका छन् । अन्य मानिससमेत शङ्काको घेरामा रहेको उनले बताए । उनले हत्यामा सम्लग्न एक जना फरार रहेको बताए ।

“हत्यामा कुनै पेशेवर अपराधीसमेत संलग्न भएको हुनसक्छ, बुटवलमा हत्या गरी शव सुटकेसमा राखेर बस चढेर बागलुङस्थित ढोरपाटन–२ रिनाम ल्याएर गाडेको अनुसन्धानबाट देखिन्छ”, उनले भने “हत्या सुनियोजित भएको हुँदा एक्लैले सम्भव देखिँदैन, अन्य कुरा थप अनुसन्धाबाटै खुल्ला ।” साझेदारीमा व्यवसाय गर्दा आर्थिक विवाद भएकाले हत्या गरेर शव लुकाउन बागलुङ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ ।

बुटवलबाट बसको डिक्कीमा सुटकेसभित्र शव राखेर बागलुङको ढोरपाटन ल्याउनु भनेको निकै जटिल भएकाले हत्यारा निकै चलाख र पेशेवरसमेत भएको देखिन्छ । गाडिएको अवस्थामा फेला परेको बेवारिसे शव दुर्घन्धित हुँदै गएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो । रासस

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

साताका लोकप्रिय समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा १३ जेठसम्म, पार्टी प्यालेशमा विवाह, भोज गर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्दै १३ जेठसम्मका लागि पुर्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको...

काठमाडौँ उपत्यकामा भोलिदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो...

धनगढीमा कोरोना संक्रमितहरु मोबाइल स्वीच अफ गरेर बस्दा समुदायमा संक्रमण फैलिने खतरा

धनगढी । धनगढी उपमहानगरपालिकाका कोरोना संक्रमित ५० प्रतिशत भन्दा बढी व्यक्तिहरुले मोबाइल स्वीच अफ गरेर बस्ने गरेका छन् । आफुलाई कोरोना लागेको सार्वजनिक गर्न...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

यी हुन् संवैधानिक आयोगमा नियुक्ति सिफारिश पदाधिकारी (सूचीसहित)

काठमाडाैं ।  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा...

ट्रेन्डिङ

‘सेक्सी’ उपाधिले फिल्म छाड्न वाध्य बनायो रियालाई (फोटोफिचर)

मुम्बई । फाल्गुणी पाठकको गीत ‘याद पीया कि आने लगी...’ बोलको गीतमा मोडलिङ गरेपछि काफी चर्चा पाइन् रिया सेनले । यहि गीत रिलिजपछि उनको...

गर्भवती महिलाको हवाई उद्धार

खोटाङ । लकडाउनका कारण मुलुक ठप्प भईरहेका बेला अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धारगरि उपचारका लागि काठमाडौं ल्याइएको छ ।...

चलचित्रमा चहलपहल सुरु

काठमाडौं । तिहार सकिएसँगै नेपाली चलचित्र वृत्तमा चहलपहल सुरु भएको छ । चलचित्र मुहूर्तदेखि छायांकन सुरु हुन थालेका छन् । कोरोना संक्रमणका कारण मुलुकमा...

प्रचण्ड र नेपाल पक्ष सांसदले गरे संसद बैठक तत्काल बोलाउने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा रहेका निवर्तमान सांसदहरुले तत्काल संसद्को बैठक बोलाउन माग गरेका...

उदयपुरमा लागुऔषधसहित ४ जना पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले नियमित चेकजाँचको क्रममा ४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले त्रियुगा नगरपालिका– १३ बाट त्रियुगा नगरपालिका– १२...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

अमेरिकी चुनावः ट्रम्मकाे किल्ला ताेडे बाइडेनले

वासिङटन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजयी । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

एएनआई । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४ पुगेको भारतीय...

‘लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन’

काठमाडौँ । “लुम्बिनी एक दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्र घुमेको सुनाउँछन्,...

लाइसेन्सधारी र सवारीसाधनको चाप

कोभिड–१९ को महामारीसँगै रोकिएको सवारीसाधन अनुमतिपत्र वितरण नौ महिनापछि मात्र खुल्दा धेरैले अनुमतिपत्र फारामसमेत भर्न नपाएको गुनासो गरिरहेका छन् । नौ महिनाभित्रै अनुमतिपत्र लिनेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)