Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश १ जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

रबिन कटेल,

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीले युवाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महालक्ष्मी–१ घर भई धनकुटा–६ पात्ले बस्दै आएका २४ बर्षीय दिपक खड्का, तेह्रथुमको छथर–२ घर भई धनकुटा–९ बस्दै आएका २२ बर्षीय रामकुमार लिम्बु, धनकुटा–९ गुठिटारका १९ बर्षीय आर्यन राई, गुठिटारकै १९ बर्षीय प्रदिप चाम्लिङ्ग, धनकुटा–९ वेलहारावेसीका २३ बर्षीय दिलबहादुर दाहाल र सहिदभूमि–७ खाल्लेका २३ बर्षीय कृष्ण राई छन् ।

उनीहरुले बुधबार साँझ साढे ७ बजे मालवासेमा ट्रकलाई रोकेर अनावश्यक बखेडा झिकी दादागिरी देखाउँदै चालकलाई अभद्र व्यवहार गरेकाले पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए । ‘हाइवेमा जिकज्याक तरिकाले मोटरसाइकल हुइक्याउँदै अरु सवार साधनसँग ठोक्याएर आफै निउ खोज्दै दादागिरी देखाउँदै रहेछन्,’ एसपी अधिकारीले भने,‘आफु जथाभावी मोटरसाइकल हुइक्याउँदै गल्ति गर्ने अनि राजमार्गमा गाडीलाई रोकेर धाक धम्की दिदैं पैसा असुल्न खोजेको भेटेपछि पक्राउ गरेका हौं ।’

एसपी अधिकारीको नेतृत्वमा हाइवेमा गएको प्रहरीको गस्ति टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले बिहिबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरेको छ । मुद्दा दायर गरेर म्याद थप गरी उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

(Visited 319 times, 3 visits today)
Loading comments...

आजको समाचार

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

साताका लोकप्रिय समाचार

भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, एकै दिन चार लाख १४ हजार संक्रमित

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

धादिङ अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मी संक्रमित

धादिङ ।  जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको...

अस्पताललाई अक्सिजन उपलब्ध गराउन चिकित्सक संघकाे माग

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड १९ को महामारीमा उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकेको गम्भिर ध्यानकर्षण...

कोरोनाका कारण विवेकशील साझाको महाधिवेशन स्थगित

काठमाडाैं । विवेकशील साझा पार्टीले आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको पार्टीको एकता महाधिवेशन स्थगित गरिएको जनाएकाे छ । तत्कालीन विवेकशील नेपाली...

ट्रेन्डिङ

कोरोना टिप्स : यस्ताे छ तनावमुक्त हुने तरिका

काेरोना महामारी मानिसका लागि तनावपूर्ण बनेको छ । नयाँ रोग विषयमा डर र चिन्ता हुनु स्वभाविकै हो । विशेषगरी, बालबालिका र वयस्कमा यसले नकारातमक...

भीआईपीको घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्दै सरकार

काठमाडौं । सीमा नाकाको सुरक्षामा सुरक्षाकर्मी अभाव भइरहेका बेला सरकारले कार्यविधिविपरीत पूर्व विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने तयारी गरेको छ । पूर्वविशिष्ट...

कृषि विकास: आर्थिक समृद्धिको मेरुदण्ड

नेपाल कृषि प्रधान देश हो । पछिल्ला दिनमा नेपालमा कृषि उत्पादनर खाद्यान्न आयात हुन थालेको हो । अन्यथा हामी कृषि उत्पादनमा आत्मनिर्भर मुलुक हौं...

पोखरा महानगर १ सय ५० बेडको क्वारेन्टाइन बनाउँदै

पोखरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखरा महानगरपालिकाले १ सय ५० बेड क्षमताको क्वारेन्टाइन बनाउने भएको छ ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

आपत्तिजनक अवस्थामा समातिए प्रहरी हवल्दार

जनकपुरधाम । एक महिलासँग आपत्तिजनक अवस्थामा धनुषाका एक प्रहरी हवल्दारलाई गाउँलेले समातेका छन् । धनुषाको शहिदनगर नगरपालिका ३ यदुकोहामा आइतबार राति प्रहरी हबल्दार प्रेम...

तीन महिनाको विपद् : कूल १५५ जनाको मृत्यु, ५२ बेपत्ता

काठमाडौँ । मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्य गरी पहिराका कारण अकल्पनीय क्षति भएको छ । राष्ट्रिय...

पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित

रामपुर । चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन् । परीक्षा...

दुवाथनल सिरिज कीर्तिपुरमा

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा जम्प नेसनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोस्रो संस्करण माघ १० गते शनिबार काठमाडौस्थित कीर्तिपुरको जखामा हुने भएको...

ढुंगा हानेर भाग्न खोज्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

  नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ कोेल्हुवामा शनिबार राति प्रहरीको गोलीप्रहारबाट एक जना घाइते भएका छन् । मादकपदार्थ सेवन गरि प्रहरीमाथि आक्रमण गरेको भन्दै...

तीन सिमेन्ट र स्टिल उद्योगलाई कारवाही

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले तीन सिमेन्ट र एउटा स्टिल उद्योगलाई कारबाही गरेको छ । विभागले नेपाल शालिमार सिमेन्ट, रिलाइस सुपरटेक सिमेन्ट,...

आज खिर खाने दिन

ललितपुर । साउनको १५ गते बिहीबार खिर खाइदैछ । कुनै धार्मीक महत्व नभएपनि साँस्कृतिक रुपमा कृषि प्रधान देश नेपालमा यसको बेग्लै महत्व रहेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)