Monday, June 14, 2021
Home भर्खरै नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

सुभाष साह,

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ ।

पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधिपद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले लगाउँदै आएको छ । नेपाल समूह आफंै पार्टी फुटाउने गृहकार्यमा जुटेको आरोप ओली पक्षको छ ।

कसले फुटाउँदै छ एमाले ?

स्रोतका अनुसार ओलीले नेपाल समूहका नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल समूहले नयाँ दल दर्ता गर्ने गृहकार्य अघि बढाएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता, चुनाव चिह्न के राख्नेबारे आफू निकटका नेतासँग छलफल सुरु गरेको स्रोतको दाबी छ ।

‘पार्टी प्रमुख केपी ओलीले छानीछानी नेपाल समूहका नेतालाई कारबाही गर्न थालेपछि अर्को विकल्पको खोजी सुरु भएको हो । अब नयाँ दल दर्ता गरेर आगामी निर्वाचनमा सहभागी हुनेगरी संगठन निर्माणमा जुटछौं,’ एमाले स्रोतले भन्यो, ‘यदि केपी ओलीले आफ्नो गतिविधिमा सुधार गर्नुभएन भने नयाँ दल दर्ता गराउँछौं ।’

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्ने र उपयुक्त चुनाव चिह्नको खोजी भइरहेको एमाले स्रोतले जनाएको छ । चुनाव चिह्न राख्ने विषयमा नेताले विभिन्न सुझाव दिइरहेका छन् । नयाँ दल दर्ता भए पनि माओवादी केन्द्रसँग पार्टी एकीकरण नहुने तर कार्यगत एकता गरेर अघि बढ्न सकिने सो समूहका नेताले बताए ।

सांसदमाथि कारबाही थालियो
पार्टी विधानविपरीत पार्टी र सरकारविरुद्ध अराजक गतिविधि मच्चाएको, अनुशासनहीन क्रियाकलाप गरेको र नयाँ दल गठनमा अगुवाइ गरेको भन्दै ओली समूहले नेपाल समूहका प्रतिनिधि सभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई मंगलबार स्पष्टीकरण सोधेको छ ।

नेपाल समूहका नेतालाई स्पष्टीकरण सोधिएपछि मंगलबार नै बानेश्वरको अर्याल होटलमा बसेको सो समूहको आकस्मिक बैठकले स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ । स्पष्टीकरणको जवाफ दिने र पार्टीभित्रको अन्तरसंघर्ष जारी राख्ने निर्णय गरेको नेता झपड रावलले बताए ।

छलफलमा स्पष्टीकरणको बेहोराबारे छलफल भएको र पूर्वतयारीका साथ स्पष्टीकरण आएको आफूहरूको ठहर रहेको उनले बताए । तोकिएको समयभित्रै उचित जवाफ दिने आफूहरूको तयारी रहेको रावलले जानकारी दिए ।

महाधिवेशनले चयन गरेको अध्यक्ष ओली भएको भन्दै महाधिवेशनको उद्देश्य, पार्टी र विधानविपरीतको काम आफूहरूले नगरेको तर्क गरे । सर्वोच्चको निर्णयअनुसार एमालेलाई पूर्ववत अवस्थामा फर्काउनुपर्छ भन्दा पार्टी विभाजनतर्फ लागेको भन्ने आरोप लगाउनु तर्कसंगत नभएको रावलले बताए ।

नेपाल समूहका सांसद झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, झपट रावल, योगेश भट्टराई, पवित्रा निरौला, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, भवानी खापुङ, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, पुष्पाकुमारी कर्ण, रामकुमारी झाँक्री, हिराचन्द्र केसी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधिएको छ ।

यसैगरी कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेपाल समूहका प्रदेश सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्बरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले ती नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

(Visited 378 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

साताका लोकप्रिय समाचार

चिनियाँ डाक्टर चेनचेन गरिब तथा विपन्नलाई खाद्यान्न वितरण गर्दै

  काठमाडौं । कोरोना भाइरसको महामारीका बेला नेपालमा रहेका चिनियाँ नागरिक डा. सिया चेनचेनले गरिब तथा विपन्न नागरिकहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएकी...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा...

५१५३ मा संक्रमण पुष्टि, १०८ जनाकाे निधन

  काठमाडाैं । पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १०८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु...

सबै सच्चिन जरुरी

देशमा अहिले सबैभन्दा ठूलो चिन्ताको विषय राजनीतिमा देखिएको अस्थिरता र अन्योलता हुन गएको छ । नेपाली जनताले सुखदुःखका साथ आफ्नो जीवन निर्वाह गरिरहेकै छन्...

ट्रेन्डिङ

उद्योग दर्ता कार्य अवरुद्ध

काठमाडौं । सरकारले समयमै कानुन बनाउन नसक्दा चार महिनादेखि उद्योग दर्ता कार्य अवरुद्ध भएको छ । सरकारले वातावरण ऐन ल्याए पनि त्यसको...

सलार्हीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

सर्लाही । सलार्हीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान खुल्न नसकेको अंदाजी वर्ष ७० वृद्ध रहेको प्रहरीले...

बाँकेमा ७ संक्रमित थपिए, ६२ पुरुष २० महिलामा कोरोना

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमितको संख्या ८२ पुगेको छ । बाँकेको नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएसँगै संक्रमितको संख्या ८२ पुगेको हो ।...

ट्रेलरमा आयो कृष्णलीला

काठमाडौं । नेपाली चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७८ को अवसर पारेर आगामी २७ चैतमा प्रदर्शन हुन लागेको यो...

अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष...

बाबुनानीको असुरक्षा

कुनै बेला सन्त नेता भनेर चिनिने कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेला उनीसँग कलेजका छात्राले महिला हिंसासम्बन्धी गुनासो राखेछन् । प्रतिउत्तरमा उनले हरेक महिलालाई नङ...

कांग्रेसको प्रदर्शन : प्रतिपक्षी नसुतेको सरकारलाई सन्देश

काठमाडौं । भ्रष्टाचार, अनियमितता सहित सरकारको निरंकुश कार्य शैलीको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले सोमबार ७७...

जगत र रोस्मालाई स्वर्ण

काठमाडौं । धनगढी कराते डोजोका जगतसिंह धानुक र खोटाङ डोजोका रोस्मा राईले प्रथम राष्ट्रिय अनलाइन कराते काता प्रतियोगितामा स्वर्णपदक जितेका छन् । जगत पुरुषतर्फ...

नेपाल–ओमान साहित्य र प्रकृति

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यका बारेमा...

राखेप सदस्य सचिवका लागि तीन जना सिफारिस

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव का लागि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले तीन जनाको नाम बुधबार सिफारिस गरेको छ...

भारतबाट फर्केकाहरु यार्सा टिप्न सिधै लेकतीर (फाेटाेफिचर)

बझाङ । कोरोनाको दोस्रो लहरको उच्च जोखिम बढेको बेला भारतबाट फर्केकाहरु सिधै यार्सा संकलनको गर्न लेक तिर जाने गरेका छन् । बझाङमा जिल्ला प्रशासन...

रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा प्रभावित

दोलखा । ऐतिहासिक दोलखा सहरमा मल्लकालीन समयदेखि चल्दै आएको करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा विधिवत् पुजा मात्र गरी थन्क्याइएको छ । कोरोना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)