Tuesday, June 22, 2021
Home प्रदेश कोरोना कहरमा सिन्धुपाल्चोकमा जनगणना सुरु

कोरोना कहरमा सिन्धुपाल्चोकमा जनगणना सुरु

असार मसान्त भित्र सिन्धुपाल्चोकको प्रारम्भीक जनसंख्या सार्वजनिक गरिने

दिनेश थापा,

सिन्धुपाल्चोक । मेरो गणना,मेरो सहभागिता भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना २०७८ सिन्धुपाल्चोकमा पनि बिहीबार देखि औपचारिक रुपमा सुरु भएको छ ।

हरेक दश/दश वर्षमा हुने राष्ट्रिय जनगणना यो वर्ष कोरोना भाइरस कोभिड–१९ को महामारी देशभर फैलीरहे पनि स्वास्थ्य सचेतना अपनाउँदै राष्ट्रिय अभियान भएकाले कोरोना कहरको बिचमा पनि सरकारले यो अभियानको सुरु गरेको छ ।

देश संघिय संरचनामा गएपछि पहिलो पटक हुन लागेको जनगणना आगामी असार ८ गते सकिदैछ । सिन्धुपाल्चोकका नौ गाउँपालिका र तिन नगरपालिकामा एकै पटक सुरु हुने जनगणनामा १ सय १७ जना सुपरिवेक्षकहरु खटिने छन् । त्यस्तै कम्तीमा पनि ४ सय ६० जना गणकहरु खटिने जिल्ला जनगणना अधिकृत कुलप्रसाद न्यौपानेले जानकारी दिए ।

पहिलो चरणमा जनगणनामा खटिने सुपरिवेक्षकहरुका लागि बिहीबार देखि एक साताको तालिम चौतारामा सुरु भएको छ । बैशाख २२ गते तालिम सम्पन्न भएपछि बैशाख २६ देखि जेठ १४ सम्म सुपरिवेक्षकहरु आफुलाई खटाएको वडा कार्यालयहरुमा गएर गाउँ गाउँमा तथ्याङक संकलनको लागि खटिने जिल्ला जनगणना अधिकृत न्यौपानेले जानकारी दिए ।
सुपरिवेक्षकहरुले जनगणनामा खटिने गणकहरुका लागि गाउँ गाउँमा गएर ट्रयाक बनाउने र गणकहरु घर घरमा पुगेर सम्पुर्ण तथ्यांकहरु संकलन हुने न्यौपानेले जानकारी दिए ।

केन्द्रीय तथ्यांक विभागले तयार पारेको मुख्य प्रश्नावली लिएर गणकहरु घर घरमा पुगेर असार ८ गते भित्र सबै तथ्यांक जिल्ला जनगणना कार्यालयमा पेश भएपछि असार मसान्तसम्म सिन्धुपाल्चोकको प्रारम्भीक जनसंख्या लगायत अन्य विवरण सार्वजनिक गर्न सकिने न्यौपानेले जानकारी दिए ।

जनगणनालाई विश्वसनियता र प्रष्ट तथ्यांक संकलन हुने गरेर जिल्लाका चार स्थानमा स्थानीय जनगणनाको कार्यालय समेत स्थापना गरिएको छ ।

सुरपरिवेक्षकहरुको तालिम सम्पन्न भएर बस्तीमा खटिएपछि स्थानीय जनगणना कार्यालयहरुले गणकहरुको लागि तालिम सञ्चालन गरिने सहायक तथ्यांक अधिकृत कृष्ण ज्ञावलीले जानकारी दिए ।

सुपरिवेक्षकहरु घर घरमा पुगेर घरपरिवार सूचीकरण गर्ने,घरहरुको तथ्यांक लिने र त्यसपछि गणकहरुले सम्पुर्ण विवरण प्रत्येक बस्तीका घर घरमा नै पुगेर संकलन गरिने ज्ञावलीले जानकारी दिए ।

नेपालमा यस अघिका जनगणनामा महिला र पुरुषहरुको जनसंख्या मात्रै संकलन गरिने भएपनि यो पटकको जनगणनामा भने प्रत्येक वडामा कति घर छन्,घरको अवस्था कस्तो छ त्यो समेत संकलन हुने ज्ञावलीले बताए । त्यो बाहेक विगतको भन्दा धेरै तथ्यांकहरु समेत आउने भएकाले यो अभियानमा सबैले सहयोग गर्नुपर्नेमा ज्ञावलीले जोड दिए ।

हामी अहिले घर घर मा माग्न मात्रै जादैछौ,सबैले हामीले मागेको तथ्यांक दिनु भयो भने यसले विकास निर्माण लगायत अन्य नीति बनाउन सजिलो हुन्छ जिल्ला जनगणनना अधिकारी कुलप्रसाद न्यौपानेले भने–स्थानीय सरकार,राजनीतिक दल लगायत सबैले यो अभियानमा सहयोग गर्नु पर्छ । विगतमा शिक्षकहरुलाई यो कार्यमा खटाइने भएपनि यो पटक भने शिक्षकहरुलाई जनगणननामा खटाइएको छैन । सार्वजनिक रुपमा विज्ञापन आह्वान गरेर सुरपरिवेक्षकहरु र गणकहरु छनोट गरिएको जिल्ला जनगणना कार्यालयले जानकारी दिएको छ ।

(Visited 69 times, 1 visits today)
Loading comments...

आजको समाचार

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

साताका लोकप्रिय समाचार

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...

कविता : मेच नछोड्नुस्

मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

ट्रेन्डिङ

पहुँचका आधारमा विकास हुँदैन, आवश्यकताका आधारमा हुन्छ : मन्त्री अर्याल

स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा विकास नहुने भन्दै आवश्यकताका आधारमा विकास हुने बताएकी छन् । सोमबार गल्याङ–१...

४७ हजारका लागि जागिर खुल्यो (लिंकसहित)

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खोलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि...

बाख्रा हेर्न गएकी छ वर्षिया बालिकालाई बलात्कार गर्ने पक्राउ

पोखरा । बालिकालाई जबर्जस्ती करणी अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका वडा २ का ५२ वर्षीय नामदेउ कुमाल रहेका...

राइनासकोटमा रेस्लिङ प्रतियोगिता

लमजुङ । लमजुङमा भ्रमण वर्ष– २०२० लाई सफल बनाउन सहयोग गर्ने उद्देश्यका साथ ग्रामीण पर्यटकीय केन्द्र राइनासकोटमा रेस्लिङ प्रतियोगिता गरिएको छ । राइनास...

रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक 

काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्...

सिद्धार्थ बिजनेस ग्रुप र सिटिजन्स बैंकबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एन्ड हस्पिटालिटीबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ...

डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

काठमाडौं । नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ । कांग्रेसले...

कैलालीका भजनी र जोशीपुर डुबानमा

लम्की । कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि कैलालीका भजनी र जोशीपुर डुबानमा परेको छ । काढामा पानीको बहाव बढेपछि गाउँ पस्दा भजनी...

तीर्थ गर्न हिंडेका प्रदेश प्रमुख अहिराजले कक्षा १ का विद्यार्थीलाई पढाउदै कापी बाँडे

काठमाडौं । देश चिन्न भन्दै मुस्ताङ पुगेका प्रदेश २ का प्रमुख राजेश झा अहिराजले शुक्रबार मुस्ताङको कागबेनीमा रहेको श्री जनशक्ति माध्यमिक विद्यालयमा विद्यार्थीहरु भेटघाट...

राजेन्द्र महतोलाई ओली समुहका कार्यकर्ताले देखाए कालो झण्डा

जनकपुरधाम । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उनको आफनै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ । नेकपा ओली पक्षीय कार्यकर्ताहरुले नेता महतोलाई सोमबार...

‘रहस्य’ र ‘राँगोलाई जुत्ता’माथि अन्तक्र्रिया

काठमाडौँ, । शान्ति सापकोटाको छन्द कविता संग्रह ‘रहस्य’ र विजयराज आचार्यको लघुकथा संग्रह ‘राँगोलाई जुत्ता’ कृतिमाथि अन्तक्र्रिया गरिएको छ । बिहीबार पुल्चोकमा आयोजित...

लिदी पहिरोमा मृत्यु हुनेको संख्या २२, अझै १७ बेपत्ता

चौतरा । जुगल गाउँपालिकाको लिदी पहिरोमा वेपत्ता मध्ये २२ को शब फेला परेको छ । आइतबार बिहानसम्म १९ शब फेला परेकोमा सोमबार बिहान थप...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)