काठमाडौं । विश्वकै सबैभन्दा छोटा शब्दको आधुनिक गीत रेकर्ड गराएर विश्व रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सो गीतको भिडियो रिलिज गरेका छन् । उनले नढाँटी भन तिमी….बोलको यो गीतमा जम्मा १८ शब्द मात्र प्रयोग गरेका छन् । आधुनिक विधामा यो गीतले विश्वकै कम शब्दको विश्व रेकर्ड यसै साता मात्र बनाएको हो । १८ शब्दको गीत यस्तो छ ।
‘नढाटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्किनु धड्कन बनी
छातीमै निदाउँनु तिमी ।’
नेपाली गीत संगीतमा डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित सार्वधिक विश्व रेकर्ड कायम गरिसकेका गीतकारका रूपमा परिचित छन् । उनको यही गीत यतिबेला विश्वको छोटो १८ शब्दको आधुनिक गीतको सूचीमा वल्र्ड रेकर्डमा सूचीकृत भएको छ ।
विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’को लिरिकल भिडियोलाई डीआर क्रियसनबाट रिलिज गरिएको छ । जसमा सागर अधिकारी ‘शरद्’को स्वर र संगीतमा रहेको छ । यो गीतमा देवेन्द्र नेवाःको संगीत संयोजन छ ।






