Tuesday, June 22, 2021
Home Editor-Picks गुल्मीका स्थानिय तहले बनाए अक्सिजनसहित आइसोलेशन

गुल्मीका स्थानिय तहले बनाए अक्सिजनसहित आइसोलेशन

हुमाकान्त पोखरेल,

गुल्मी । दोस्रो चरणको कोरोना नियन्त्रणमा गुल्मीका स्थानीय तहहरुले सक्रियता बढाएका छन् । हरेक स्थानीय तहले छुट्टाछुट्टै योजनाका साथ कोरोना नियन्त्रणमा लागेका हुन् । अधिकाशं स्थानीय तहले आइसोलेशन बनाइसकेका छन् भने केही स्थानीय तहले अक्सिजन पनि खरिद गरेका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिकाले होम आइसोलेशनमै उपचारको व्यवस्था मिलाएको छ । कोरोना संक्रमितको हेरचाह गर्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको मोबाइल टोलिको गठन गरेको छ । वडा र गाउँपालिकास्तरीय मोबाइल टोलिलाई धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डाक्टर जनक पाठकले समन्वय गर्ने गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । गाउँपालिका केन्द्र बर्बोटमा पाँच शैयाको आइसोलेशन निर्माण गरिएको छ भने संक्रमितलाई घरमै उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख पोखरेलले बताए ।

चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसमा १४ शैया र शान्तिपुर स्वास्थ्य चौकीमा तीन गरी १७ शैयाको आइसोलेशन निर्माण गरेको छ । जसमा सातवटा अक्सिजन रहेका छन् । दुईवटा अक्सिजन नियमित संचालनको लागि जेनेरेटरको पनि व्यवस्थापन गरिएको छ

मालिका गाउँपालिकाले सबै वडाहरुमा एन्टिजेन्ट परीक्षण गरिरहेको छ । अहिलेसम्म ३३ जनाको परीक्षण गरिएकोमा ६ जनाको पोजेटिभ देखिएको छ । क्वारेन्टिन निर्माण र जनचेतनाका लागि सबै वडाहरुमा सर्वदलिय कमिटीको गठन गरिएको छ । गाउँपालिकाका स्वास्थ्य अधिकृत बसन्तराज भुसालका अनुसार संक्रमितको शव आ–आफ्नै घाटमा दाहासंस्कार गर्ने र त्यसको लागि गाडीको व्यवस्था गाउँपालिकाले गर्छ । गाउँपालिकाले वडा नम्बर ६ अर्जैमा ५ शैयाको अस्थायी कोभिड अस्पतालको निर्माण गरेको छ । जिल्लाको इस्मा गाउँपालिकाले २० शैयाको आइसोलेशन निर्माण गरेको छ भने पाँच शैयाको अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको छ । गाउँपालिकाले पालिकाको प्रमुख नाका छल्दी पनाहा र प्रत्येक स्वास्थ्य चौकीमा हेल्थ डेक्सको संचालन गरेको गाउँपालिका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन् ।

चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसमा १४ शैया र शान्तिपुर स्वास्थ्य चौकीमा तीन गरी १७ शैयाको आइसोलेशन निर्माण गरेको छ । जसमा सातवटा अक्सिजन रहेका छन् । दुईवटा अक्सिजन नियमित संचालनको लागि जेनेरेटरको पनि व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताए । गाउँपालिकामा भारतबाट आएका ३९ जना र तेस्रो मुलुकबाट आएका ११ जनाको स्वास्थ्य अवस्था सामान्य छ । गाउँपालिकाले एन्टिजेन्ट परीक्षण सुरु गरेको छ । संक्रमितको शव पालिकाका दुई ठाउँमा मात्र दाहासंस्कार गर्ने निर्णय गरेको अध्यक्ष खत्रीले जानकारी दिए ।

मुसिकोट नगरपालिकाले नौ वटा अक्सिजनसहित रुद्रावती क्याम्पसमा १५ शैयाको आइसोलेशन निर्माण गरेको छ । संक्रमितको शव व्यवस्थापनको लागि आवश्यक सबै सामग्रीको व्यवस्था मिलाइएको गाउँपालिकाका स्वास्थ्य अधिृकत डिबी जिसीले जानकारी दिए । तर बाहिरबाट आएकाहरुको एकिन तथ्याङ्क नहुँदा समस्या परेको उनको भनाई छ । गुल्मीदरबार गाउँपालिकाले दैनिक रुपमा गाउँपालिकाभित्र प्रवेश गर्ने मानिसहरुको दैनिक तथ्याङ्क राख्न सुरु गरेको छ । अस्थायी कोभिड अस्पताललाई आइसोलेशनको रुपमा व्यवस्थापन गरेको छ भने सातवटै वडामा ज्वरो आएकाहरुलाई छुट्टै चेकजाँचको प्रबन्ध मिलाएको गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण अर्यालले जानकारी दिए ।

रेसुङ्गा नगरपालिकाले महेन्द्र नमुना माध्यमिक विद्यालयमा २० शैयाको आइसोलेशन निर्माण गरेको छ । अहिलेसम्म नगरपालिकाका तीनजना स्वास्थ्यकर्मी संक्रमित भएपनि सबै स्वास्थ्य संस्थाहरु खुल्ला रहेको नगरपालिकाका स्वास्थ्य अधिकृत बोम अर्यालले बताए । नगरपालिकामा आवश्यक औषधी, पिपिई, माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु पर्याप्त रहेको अर्यालले जानकारी दिए । गुल्मीमा हालसम्म दोस्रो चरणको कोरोनाबाट १४ जनाको मृत्यु भएको छ भने ३७० जना सक्रिय संक्रमित छन् । संक्रमित सबै होम आइसोलेशनमा छन् ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

साताका लोकप्रिय समाचार

सिन्धुपाल्चोकका बाढी पीडितलाई एनआरएनए क्यानाडाको ५ लाख सहयोग

क्यानाडा। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष चिरन्जिबी...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साम्राज्ञीका ‘बोल्ड’ तस्विर (फोटोफिचर)

  काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह ‘बोल्ड’ अभिनेत्रीका रुपमा चिनिन्छिन् । बोल्ड यस अर्थमा कि उनी आफ्नो काममा ‘बोल्ड’ छिन् । केबल संख्या र पैसाका...

बागमती प्रदेश सरकारको निणर्य सच्याउन पत्रकार महासंघ काठमाडौंको माग

  काठमाडौं । वागमती प्रदेश सरकारको आफैं संचारगृह संचालन गर्ने निणर्य सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई...

निषेधाज्ञा खुकुलाे, कुन पसल कुनबार खाेल्न पाइने (सूचीसहित)

  काठमाडाैं । काठमाडौँ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले...

ट्रेन्डिङ

भाँडभैलोमा नेपालको राजनीति

अव्यवस्थित वा अनुशासनहीन तरिकाले गरिने काम कुरालाई भाँडभैलो भनिन्छ । भाँड एउटा समूह हो, जसले आफूले राम्रो काम गर्दैन अनि अरूको काम पनि बिगार्दछ...

तनहुँमा घरको छतबाट खसेर महिलाको मृत्यु

तनहुँ । घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको व्यासनगरपालिका–१ भादगाउँमा डेरा गरी बस्दै आएकी ३० बर्षीय मन्जु भुजेलको छतबाट खसेर...

इन्टारनेट नचल्दा सेवाग्राही हैरान

इलाम । सूर्योदय नगरपालिका ८ कि पम्फा खालिङ जग्गा नामसारिको लागि आएकि थिइन् । लकडाउनले सार्वजनिक यातायात नचलेपछि गाडि रिजर्भ गरेर आइन् । उनले सोचेकी...

२२ हजारमा मुल्यमा इन्फिनिक्सले नाेट सेभेन माेबाइल ल्यायाे

काठमाडौं। युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको Note 7 सिरिज लन्च गरेको छ । इन्फिनिक्सको...

प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै

रुपन्देही । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न...

संवैधानिक निकाय पाँच वर्षदेखि राजनीतिक बन्धक

काठमाडौं । संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि नयाँ संविधानले परिकल्पना गरेको संवैधानिक आयोगले पूर्णता पाउन सकेको छैन । नियुक्ति र सिफारिस भएको...

मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी

काठमाडौँ । मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडौँलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै...

प्रहरीको गोली लागि भारतिय नागरिक घाइते

बारा । नेपाल प्रहरीले चलाएको गोलीबाट एक जना भारतिय नागरिक घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय बारा कोचर्वा चौकीका प्रहरीले चलाएको गोलीबाट भारत...

ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्रमणबाट एकको मृत्यु

ललितपुर । ललितपुरमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा निधन भएको हो...

पशु फर्ममा आगलागि हुँदा २० गाई जलेर मरे

सप्तरी, राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासबरण गाउँपालिका वडा नं. ५ मा रहेको कृष्णा राम पशु फर्ममा बिहीबार राती आगलागि हुँदा २० वटा पशुचौपाया जलेर...

लागू औषध सहित दुई युवक पक्राउ

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाबाट लागू औषध सहित दुई युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी नायब निरीक्षक जितेन्द्र...

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन शुरु

काठमाडौँ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)