Tuesday, June 22, 2021
Home Breaking News राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज, रामबहादुर थापाको उम्मेदवारी अझै टुंगो लागेन

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज, रामबहादुर थापाको उम्मेदवारी अझै टुंगो लागेन

राजधानी समाचारदाता,

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

वाग्मती प्रदेशबाट निर्वाचित भएकामध्ये रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त भएको हो । माओवादी केन्द्रबाट निर्वाचित भएका थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो । मतदान ६ गते हुनेछ ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राष्ट्रिय सभा निर्वाचनमा वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य तथा प्रदेशभित्रका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेत २३८ गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन् । विपक्षी दल कांग्रेस, माओवादी, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहले संघीयताका विज्ञ डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले ओली समुहले रामबहादुर थापालाई उम्मेदवार बनाउने तयारीमा छ । तर, वादलले जित्ने पक्का नभएसम्म उम्मेदवार नहुने अडान राखेपछि रामबहादुर थापाको उम्मेदवारी टुंगो लागेको छैन ।

एमालेकै माधव नेपाल समुहले डा. देवकोटालाई समर्थन गरेपछि रामबहादुर थापाको जित सुनिश्चित छैन । सोही निर्वाचनका साथै पार्टीका अन्य विषयमा समेत केन्द्रित रहेर आज एमाले अध्यक्ष केपी ओली र माधव नेपालविच वार्ता हुने एमाले नेताहरुले बताएका छन् ।

(Visited 115 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

साताका लोकप्रिय समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

राजमार्ग बन्यो, पुल बनेनन्, कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पताल पुग्न सकेनन्

  गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरका एक दम्पत्तिलाई जेठ २८ गते कोरोना पुष्टि भयो । जसमध्ये श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

ट्रेन्डिङ

सोह्र श्राद्ध पनि ‘भर्चुअल’

ललितपुर । पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकि“दो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी...

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि

वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको...

विकास आयोजनाका बेथिति रोक

सरकारले अघि बढाउन चाहेका विकास आयोजनाका कार्यक्रम परिणाममुखी हुन सकिरहेका छैनन् । यसको पछाडि मुख्य कारण भनेको सञ्चालित विकास आयोजनामा व्याप्त बेथिति नै हो...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि बैठक शुरु भएको हो । बैठकमा...

आयोगद्वारा पूर्वप्रमुख आयुक्तसँग छलफल

काठमाडौं । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्वप्रमुख आयुक्तसँग...

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संकमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पाको पूर्वखोला गाँउपालिका सिलुवाका ४५...

जसलाई आमाजु, दिदी, भिनाजु र भान्जाले मार्नका लागि मान्छे खटाए

काठमाडौं । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ६ माझी पँधेरो स्थायी घर भई हाल काठमाडौंम बस्ने दम्पत्ति कल्पना बस्नेत खड्का र कृष्णहरि खड्काले...

संक्रमणकालीन न्यायसम्बन्धी फैसला पुनरावलोकन गर्नु नपर्ने

काठमाडौं । सर्वोच्च अदालतले यसअघि संक्रमणकालीन न्यायसम्बन्धी गरेको फैसला पुनरावलोकन गर्नु नपर्ने फैसला गरेको छ । द्वन्द्वकालीन घटनासँग सम्बन्धित संक्रमणकालीन न्यायसम्बन्धी यसअघि भएको फैसला...

कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

वीरेन्द्रनगर । कर्णालीमा थप नयाँ ७५ जना कोरोना संक्रमित भेटिएका छन् । पुरानो र नयाँ गरेर कर्णालीमा कोरोना संक्रमितको संख्या बढेर १९८ पुगेको छ...

आरडिसी नेपालले दियो रौतहटका कोभिड अस्पताललाइ ६० लाखको स्वास्थ्य समाग्री

  रौतहट । कोभिड नियन्त्रणका लागि रौतहटको एक गैर सरकारी संस्थाले रौहतटका रहेका अस्थायी कोभिड अस्पतालहरुमा बिभिन्न स्वास्थ्य समाग्री सहयोग गदै आएको छ । संस्थाले यस...

पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार नदेखिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)