Tuesday, September 21, 2021
Your Ads Here
HomeEditor-Picksबिजुली बलेपछि झिलिमिली गाउँ

बिजुली बलेपछि झिलिमिली गाउँ

चिना बिक ,
sharethis

रुकुम पश्चिम । आठबिसकोट नगरपालिका–३ खदी गाउँ अँध्यारोमुक्त भएको छ । गाउँमा बिजुली बत्ती बलेपछि सिंगै गाउँ झिलिमिली भएको छ ।

केही समययता खदिका स्थानीय दियालो बाल्न बाध्य थिए । गाउँमा बिजुली बलेपछि अहिले अँगेनामा आगो सल्काउन बाहेक दियालो प्रयोग बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणले जिल्लाको दुर्गम गाउँ खदिमा केन्द्रिय लाइन विस्तार गरेपछि खदीवासीले दियालोबाट मुक्ति पाएका हुन् ।

नगरपालिकाका १४ वडामध्ये ३ नम्बर वडाको खदीमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो । ‘बाजेको पालादेखि नै उज्यालोका लागि सल्लाको दियालो प्रयोग गरिरहेका थिए,’ स्थानिए कृष्णराज केसीले भने, ‘गाउँमा बिजुली बल्न थालेपछि उज्यालो युगको महसुस गरेका छौं ।’ बत्तीले घर–आँगन मात्र होइन, मन पनि उज्यालो भएको के सिले बताए । ‘गाउँ सँगै मन पनि झलमल्ल भएको छ,’ उनले भने, ‘वर्षौंदेखिको अँध्यारोको सास्तीबाट बल्ल मुक्ति पायौं ।’

अहिलेसम्म खदीका ५७ घरमा मिटरबक्स जडान गरी बिजुली बालिएको छ । २ सय ५७ घरमा विद्युत् पु-याउने गरी केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको वडाध्यक्ष केशरमान विकले बताए । ‘अरू घरमा पनि मिटर जडान गरिरहेका छौं,’ उनले भने, ‘एक महिनाभित्र सबै घरमा बिजुली बल्नेछ ।’ सडकको पहुँच नभएको गाउँमा पनि बिजुली बलेपछि स्थानीयवासी खुसी भएको उनको भनाइ छ ।

पुस २५ गते खदीको ट्रान्सफर्मरमा बिजुली बलेको थियो । नेपाल विद्युत् प्राधिकरणको लाइन विस्तार परियोजनाअन्तर्गत जिल्लाका अन्य ठाउँमा पनि विद्युत् विस्तार तीव्र पारिएको छ । हाइड्रो इनर्जी÷महाशक्ति जेभीले जिल्लामा विद्युत् विस्तारको काम गरिरहेको हो । निर्माण कम्पनीका प्रतिनिधि हरि चन्दका अनुसार १९ करोड ३७ लाख रुपैयाँको लागतमा विद्युत् विस्तारको काम भइरहेको छ । जिल्लामा प्राधिकरणका झन्डै १२ हजार उपभोक्ता छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

रुकुम पश्चिममा सल्यान र जाजरकोटका सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएको छ । सल्यानको शीतलपाटी र जाजरकोटको कुदु सबस्टेसनबाट विद्युत् आपूर्ति थालिएको हो ।

यसअघि सल्यानको शीतलपाटीबाट मात्र विद्युत् आपूर्ति भइरहेको थियो । कुदु सबस्टेसनबाट चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा विद्युत् आपूर्ति सुरु गरिएको रुकुम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताए । ‘शीतलपाटीदेखि रुकुम पश्चिमसम्मको लामो लाइनमा बेलाबेला खराबी आउँदा विद्युत् अनियमित भइरहेको थियो,’ उनले भने, ‘अब जिल्लाभरि विद्युत् नियमित हुने अपेक्षा छ ।’ उनका अनुसार दुवै सबस्टेसनबाट ११ केभी विद्युत् लाइन आपूर्ति भएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ धैरनीचौरमा पनि विद्युत् सबस्टेसन बन्दै छ । यसै महिनाभित्र उक्त सबस्टेसनबाट पनि विद्युत् आपूर्ति थालिने भट्टराईले बताए । उनका अनुसार धैरेनीचौरमा ३३ केभी क्षमताको विद्युत् आपूर्ति हुने गरी निर्माणको काम अन्तिम चरणमा पुगेको हो । कुदु सबस्टेसनको विद्युत्लाई जिल्लाका झन्डै १२ हजार ग्राहकसँग लिंक गरिएको छ ।

लामो सबस्टेसनबाट आपूर्ति भएको विद्युतका कारण सर्वसाधारण तथा उद्योगी–व्यवसायीले मार खेप्दै आएका थिए । ‘दुई ठाउँबाट विद्युत् सप्लाई हुने भएपछि केही राहत भएको छ।

तपाइको प्रतिक्रिया

(Visited 154 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   तरकारीमा तहतहका बिचौलिया

आजको समाचार

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने...

सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश...

साताका लोकप्रिय समाचार

भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास...

काबुलका मेयरले भने, महिला कर्मचारी कार्यलय नजानू

  काबुल । अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला...

संविधान दिवस : ताप्लेजुङमा हत्या मुद्दाका तीन जनाको आधा कैद सजाय मिनाहा

  ताप्लेजुङ । संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ । पाथीभरा याङवरक गाउँपालिकाका-१ हर्कबहादुर राई फुङलिङ नगरपालिका-३ का प्रेम लिम्बु र कुमार...

नक्कली अन्तःशुल्क स्टिकर प्रकरण : राजस्व अनुसन्धानको बेवास्तामाथि आन्तरिक राजस्वको प्रश्न

  काठमाडौं । भैरहवाबाट २३ दिनअघि झन्डै साढे २ करोड रुपैयाँबराबरको नक्कली स्टिकर बरामद घटनाका अभियुक्तलाई कारबाही गर्न राजस्व अनुसन्धान विभागले आनाकानी गर्दै आएको पाइएको...

ट्रेन्डिङ

टायरमा लागेको रगतको आधारमा साइकल यात्री किचेर भागेको ट्रक पक्राउ

सप्तरी, राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बिरेन्द्र बजार खण्डमा सोमबार राती ट्रकको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ...

भारतमा कोरोनाबाट मर्नेको संख्या ९३४, संक्रमित २९ हजार ४३५

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ भएको मङ्गलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)