उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि त्यसै गरी हाल विश्वव्यापी फैलिएको कोभिड–१९ को दोस्रो भेरिन्यटले पनि यस प्रविधिमय समुदायको उपस्थित एकदम अपरिहार्य जस्तै बनाएको छ । यस कोभिड–१९ को दोस्रो भेरिन्यटको प्रभावले गर्दा पनि प्रविधिमय समुदायको सहयोगमा सञ्चालन भइरहेको स्कुल शिक्षादेखि उच्च शिक्षासम्मको पठनपाठन पनि यस प्रविधिमयबाट लोकप्रिय हुँदै गएको सर्वविदिदै छ । अनि प्रविधिमय शिक्षण सिकाइ वरदान नै साबित भइसकेको अवस्था छ । र अनलाइन पद्धति पनि प्रविधिमय समुदायको एक प्रमुख विषयवस्तु मान्न सकिन्छ । अनलाइन पद्धतिमा विभिन्न कम्पोनेन्ट समावेश गरिएका हुन्छन् । यी सबै कम्पानेन्ट एक अर्कोमा परिपूरक हुन्छन् । त्यसकारण अनलाइन कम्युनिटीअन्तर्गत अनलाइन वा विद्युतीय माध्यमबाट उच्चशिक्षाको पठनपाठन र यस प्रविद्धिअन्तर्गतको मूलधारमा समावेश गरी सकेको अवस्था हो ।

विगत दुई वर्षदेखि नेपाल खुला विश्वविद्यालयको प्राध्यापनको अनुभवको आधारमा र मेरो विधावारिधिको एक प्रमुख इस्युमा पनि यसै प्रविधिमय समुदायको प्रभावकारी रूपमा उपस्थिति छ । यसैकारण पनि यस विषयवस्तुमा अझ बढी खोज तथा अन्वेशनको आकांक्षा भएको हो । सर्वप्रथम यो प्रविधिमय समाज भनेको के हो ? र यो प्रविधिमय समाजको विकास कहिलेदेखि भएको हो ? र उच्च शिक्षामा प्रविधिमय समाजको महत्व के हो ? यस्तै किसिमका जिज्ञासा समाविष्टका रूपमा यो आलेख तयार गर्न खोजेको हो । केही विगतका सन्दर्भ सामग्रीको आधारमा यो प्रविधिमय समाज तथा लगभग सन् १९८० बाट नै विभिन्न विधिको मद्दतले प्रविधिको विकास हुँदै गएको बुझियो ।

यसै प्रविधिमय सिकाइ समूहअन्तर्गत विभिन्न किसिमको प्रविधि धारबाट उपलब्ध भएको सिकाइ नै प्रविधिमय सिकाइ होइन भन्न सकिन्न । हालको सिकाइ भनेको प्रविधिको मद्दतबिना सम्भव नभएको भन्ने कुरालाई विज्ञ तथा सरोकारवालाले पनि नकार्न सकिन्न । त्यसैगरी, २१औंै शताब्दीको कुरा गर्ने हो भने पनि शिक्षण सिकाइ वातावरणमा यो प्रविधिमय समुदायको एकदम गहिरो भूमिका भएको कुरा विभिन्न दात्री संस्था तथा युनेस्कोले आत्मसात् गरिसकेको छ । यसै विषयलाई अझ बढी प्रभावकारी रूपमा प्रस्तुत गर्न हाम्रो राष्ट्रको सबैभन्दा पछिल्लो समयमा स्थापना भएको विश्वविद्यालय नेपाल खुला विश्वविद्यालय पनि प्रविधिको पहुँचबाट नै सञ्चालनमा आएको र गुण्स्तरयुक्तको दस्तखतमा अघि बढ्दै आएको एक मात्र उच्च शिक्षाको शिक्षण सिकाइको विश्वविद्यालय हो ।

यस विश्वविद्यालयको दैनिक अभ्यासमा ल्याएको प्रविधियुक्त शिक्षण सिकाइ नै यस विश्वविद्यालयको अमूल्य गहनाका रूपमा पनि लिन सकिन्छ । अघिल्लो वर्षको एम फिलको शिक्षण सिकाइको अनुभवमा एमएस टिम अतिप्रभावकारी रूपमा प्रस्तुत गरियो । हाल पनि यसै एमएस टिम नै एक दम सक्रिय रूपमा सञ्चालनमा आइरहेको छ । जसमा प्रत्येक विषयको अलगअलग समूह निर्माण भएको छ । अनि त्यसै समूहको आधारमा शिक्षण सिकाइ दैनिकी अघि बढेको छ । यस फोरममा पनि प्रमुख तीन किसिमको सहभागितालाई समेट्न खोजिएको छ । टिचिङ प्रिजेन्स् अर्थात् सिकाइ सहभागिता, कग्निटिभ प्रिजेन्स अर्थात् बौद्धिक सहभागिता अथवा संज्ञानात्मक सहभागिता अनि अर्को भनेको सोसियल सहभागिता अर्थात् सामाजिक सहभागिता ।

भर्चुल लर्निङ इनभारोमेन्टलाई ‘कोलाबोरेटिभ लर्निङ इन्भारोमेन्ट’ अर्थात् समन्वयात्मक शिक्षण सिकाइ वातावरण पनि भनिन्छ

यस टिचिङ प्रिजेन्समा विभिन्न किसिमका क्रियाकलापको प्रदर्शन तथा प्रस्तुतीकरण गरिन्छ । यस प्रस्तुतिमा फ्यासिलिटेरले आफ्ना शैक्षिक सामग्रीको प्रभावकारी ढंगबाट प्रस्तुतीकरण गरिन्छ । अनि त्यसै फोरममा विद्यार्थी तथा लर्नरबाट जिज्ञासा पनि पोस्ट गर्न सकिन्छ । यस किसिमको प्रस्तुतीकरणमा खास गरीकन पावर पाइन्टको उपयोग गरिन्छ । पावर पाइन्ट प्रस्तुति अझ प्रभावकारी तथा मनोरञ्जनात्मक बनाउन केही भिडियो तथा अडियोको सहयोग पनि लिने गरिन्छ । यस किसिमको टिचिङ प्रिजेन्समा लर्नरहरूले पनि आफ्नो अनलाइन उपस्थितलाई झन् सक्रिय बनाएको हुन्छ न कि उनीहरू झ्याउ लागोस् अथवा प्यासिभ होस् । यसै सन्दर्भमा मेरो एक जना विद्यार्थीको अनुभव जस्ताको त्यस्तै ः

‘अनलाइनबाट पनि उच्च शिक्षा हासिल गर्नु यो मेरो जिन्दगीको पहिलो अनुभव हो । यसमा पनि मलाई असाध्यै मन परेको यस टिम्समा हाम्रो फ्यासिलिटेटरले विभिन्न किसिमका सामग्री पनि प्रस्तुत गर्न मिल्ने अनि हामीलाई पनि एकदम रमाइलो लाग्ने गरी हाम्रो गुरुहरू अर्थात् कोर्ष फ्यासिलिटेर ले आफ्नो प्रस्तुतिमा अडियो तथा भिडियोको केही क्लिप्प पनि समावेश गरेको हुन्छ । अनि हामी भौतिक रूपमा अलगअलग भए पनि एकदम सामिप्यमा भएको जस्तै फिलिङ हुने अनि पाठ पनि बुझ्न सजिलो हुने अनि कक्षा सुरु हुनेबित्तिकै अभिवादन पनि गर्नु मिल्ने अनि हामी समकक्षीबीच गहन छलफल गर्न पनि मिल्ने अनि यसैकारण अनलाइन कक्षा पनि उपलब्धिमूलक भएको महसुस गरेको छु ।’

यस भनाइको अर्थ हामीले अनलाइनबाट अध्यापन गराउँदा पनि एकदम प्रभावकारी हुन सक्छ । अनि यसैगरी विधिपूर्वक पठनपाठन हुँदा झन् यसको सौन्दर्यता नै एकदम आत्मीय रूपमा झल्किँदो रहेछ । यस टिचिङ प्रिजेन्सको सुरुवात ग्यारिसन, एन्डरसन र आर्करले सन् २००० मा एउटा मोडल तयार पारेका थिए । सो मोडलको नाम थियो कम्युनिटी अफ इन्क्वारी । यस मोडेलको प्रमुख कम्पोनेन्टमध्ये टिचिङ प्रिजेन्स एक एकदम महत्वपूर्ण कम्पोनेन्ट हो भनेर पनि प्रस्तुत गरेका थिए । यस कम्पोनेन्टको प्रमुख भूमिकामा भनेको सिकाइ झन् विद्यार्थी केन्द्रित बनाउनु हो । सिकाइ समन्वयात्मक र सिर्जनामूलक बनाउनु हो । यस टिचिङ प्रिजेन्सका फ्यासिलिटेटरको प्रमुख तीन किसिमको भूमिका हुन्छन् । पाठको डिजाइन तथा व्यवस्थापन सान्दर्भिक स्वरूपमा तयार गर्नु, दोस्रो पाठ्यक्रमलाई डिजिटाइजमा तयारी गर्नु अनि अन्तिम भनेको शैक्षिक ज्ञानलाई उपलब्धिमूलक बनाउनु ।

दोस्रो कम्पोनेन्ट भनेको कग्नेटिभ प्रिजेन्स अर्थात् बौद्धिक सहभागिता । यस किसिमको सहभागिताको अर्थ हो पाठमा उल्लेख भएअनुसार सिकारु अथवा लरनरले आफ्नो भनाइहरूमा बौद्धिकता झल्किने गरी प्रस्तुत गर्नु हो । यस किसिमको अन्तत्र्रिmयाका सहभागिका लागि गहन अध्ययनको पनि आवश्यक हुन्छ । यसमा फ्यासिलिटेटर र लर्नर दुवै पक्षबाट प्रस्तुत हुन सकिन्छ । यस किसिमको सहभागितालाई संज्ञानात्मक सहभागिता पनि भनिन्छ । यसैगरी कग्निटिभ प्रिजेन्स भनेको सो टिचिङ प्रिजेन्समा प्रस्तुति भएको विषयवस्तुको आधारमा लर्नरबाट केही जिज्ञासा फोरममा पस्किनु हो । सो जिज्ञासा सम्बन्धित विषयवस्तुमा आधारित अनि ट्युटरको प्रस्तुतिको व्याख्यामा आधारित हुन्छ । यस संजानात्मक सहभागितामा सहभागीले आफ्नो दिमाग अनि सोचाइलाई एकदम गहिरिएर मन्थन तथा चिन्तन गरिएको हुन्छ । यस संज्ञानात्मक सहभागिता अर्थात् सक्रिय उपस्थिति नै यस प्रविधिमय समाज तथा समुदायको मुटु मानिन्छ । ’cause यसै संज्ञानात्मक उपस्थित पनि अर्को प्रमुख भूमिकाका रूपमा लिइन्छ । बौद्धिक उपस्थित बिना हाम्रो पठन पाठन पनि सक्रिय रूपमा अगाडि बढ्न कठिन र असमर्थ हुने भएकाले यस किसिमको सहभागिता एकदम अपरिहार्य मानिन्छ ।

अनि तेस्रो कम्पोनेन्ट सोसियल प्रिजेन्स अर्थात् सामाजिक सहभागिता अथवा सामाजिक उपस्थित हो । सोसियल प्रिजेन्स अर्थात् सामाजिक सहभागिता पनि एक महत्वपूर्ण कम्पोनेन्ट हो । सामाजिक उपस्थिति भनेको केही मूल्य तथा मान्यतामा सहभागिता अर्थात् उपस्थित जनाउनु हो । सम्बन्धित सन्दर्भलाई समीक्षा गर्दा सामाजिक सहभागिता अर्थात् सामाजिक उपस्थित विलियम र क्रिस्टीले सन् १९७९ मै आफ्नो कृतिमा समावेश गरिसकेको छ । तर, हाल आएर यस सामाजिक उपस्थितिलाई प्रविधिको माध्यमबाट शिक्षण सिकाइमा पनि उत्तिकै अब्बल स्थानमा समावेश गरिसकेको छ । यस सामाजिक उपस्थित अथवा सहभागिताको माध्यमबाट पनि अनलाइन मोडको शिक्षण सिकाइ झन् समन्यनात्मक ढाँचामा पनि सहयोग हुने गर्छ । त्यसैकारणले गर्दा पनि यस प्रविधिमय समुदायमा यस सोसियल प्रिजेन्स एकदम महत्वपूर्ण भूमिका मान्न सकिन्छ । यही प्रमुख तीन किसिमका अगंहरू नै यस प्रविधिमय समुदायलाई प्रभावकारी ढंगबाट शिक्षण सिकाइ प्रक्रियामा प्रयोगमा आएको हो ।

अनलाइन पद्धति पनि प्रविधिमय समुदायको एक प्रमुख विषयवस्तु हो

यसैप्रविधिको आधारमा तयार पारिएको भर्चुल लर्निङ इलभारोभेन्ट हो । यस इनभारोमेन्टमा शिक्षण सिकाइको लागि आवश्यक सबैजसो अगंहरू समावेश गरेको हुन्छ । सक्रिय रूपमा प्रस्तुत हुनका लागि यिनै विभिन्न अंगहरूको प्रमुख भूमिका हुन्छन् । यस सन्दर्भमा सिकाइ सहभागिता अर्थात् टिचिङ प्रिजिन्स् भन्नाले ट्युटरले यस भर्चुल लर्निङ इनभाइरोमेन्टमा आफ्नो प्रस्तुति प्रस्तुत गर्नु हो । खासगरी यस प्रस्तुतिमा आफूले शिक्षण गर्नुपर्ने पाठ्यक्रमको आधारमा निर्माण गरिन्छ । अनि प्रविधिमय उपकरणको सहायताले यस भर्चुल लर्निङ माध्यमबाट लर्नरले बुझ्ने भाषामा व्याख्या गरिन्छ । यस भर्चुल लर्निङ इनभारोमेन्टलाई कोलाबोरेटिभ लर्निङ इन्भारोमेन्ट अर्थात् समन्वयात्मक शिक्षण सिकाइ वातावरण पनि भनिन्छ ।

यस भर्चुल लर्निङ इन्भारोमेन्टमा पनि यस प्रविधिमय समुदाय सक्रिय रूपमा उपस्थित भएको हुन्छ । यस इन्भारोमेन्टमा गुगल फोरम भन्ने कम्पोनेन्ट छ । सो फोरम पनि माथि उल्लेख गरेको तीनै किसिमको सहभागिताको पनि एकदम प्रभावकारी रुम प्रस्तुत भएको छ । यस फोरममा पनि लर्नरहरूले आफ्नो भनाइ पोस्ट गर्न सकिन्छ अनि समकक्षीले कमेन्ट पनि गर्न सकिन्छ । अनि फ्यासिलेटरले सो विषयवस्तुको ग्रेडिङ पनि गर्न मिल्छ । यसैगरी हाल कोभिड–१९ पहिलो तथा दोस्रो भेरियन्ट गर्दा पनि जुम र गुगल मिट शिक्षण सिकाइ प्रक्रियामा एकदम लोकप्रिय हँुदै गएको छ । यस किसिमको लर्निङ इन्भारोमेन्ट पनि प्रविधिमय समुदायको पनि एकदम महत्वपूर्ण उपस्थित देखिन्छ ।

पुनश्चः यस प्रविधिमय समुदायमा शिक्षण सिकाइ अझ प्रभावकारी बनाउँदै जाँदा केही अवसर र केही चुनौती पनि नभएका होइनन् । यसमा थुप्रै अवसर पनि नभेटिने होइनन् पहिलो अवसर भनेको यस किसिमको सहभागिताले सहभागीहरूको प्रविधिमय ज्ञान पनि बढेकै हुन्छ । अनि अर्को एकदम सान्दर्भिक अवसर भनेको यो आफ्नो फ्लेकजिबिलिटीको समयमा पनि यसको रिकर्डिङ सुन्न सकिन्छ । अनि अर्को एकदम उपयोगी भनेको यो कुनै पनि स्थानमा प्रविधिको माध्यमबाट उपस्थित हुन सकिन्छ । त्यसकारण प्रविधिमय समुदायलाई हामीले एक अमूल्य अवसरका रूपमा प्राप्त गर्न सकिन्छ । त्यसैगरी केही चुनौती पनि नभएका होइनन् ।

केही चुनौतीमध्ये पहिलो चुनौती भनेको हाम्रो फ्यासिलिटेटरसँग प्रविधिको प्रशस्त ज्ञान भए पनि शिक्षण सिकाइ विधिमा उपयोगमा अझ केही अभ्यास बाँकी नै भएको अवस्था छ । तर, अहिले प्रविधिमय शिक्षण सिकाइ समन्बन्धी तालिम प्रशस्त मात्रामा सञ्चालन भइसकेको अवस्था छ । तर पनि केही कोन्भेनसनल मोडको फ्यासिलिटेटर भएको हुनाले केही चुनौती आएको हो । अनि अर्को चुनौती भनेको पाठ्यक्रम प्रभावकारी ढंगबाट डिजिटाइजमा परिवर्तनमा ल्याउन केही समस्या आउनु । अनि अर्को मुख्य चुनौती भनेको इन्टरनेटको स्पिड अथवा हाम्रो देश भौगोलिक स्थितिको कारणबाट पनि यस प्रविधिमय समुदायको उपलब्धतामा केही चुनौती हुन सक्छ ।

यसकारण यस प्रविधिमय समुदाय एक मात्र भर्चुल लर्निङ इन्भारोमेन्टको फोरम मान्न सकिन्छ । र माथि उल्लेख गरिएको तीन किसिमका सहभागिता एकदम सान्दर्भिक र प्रभावकारी नै हुँदै आएको छ । अनि शिक्षण सिकाइ पनि केही अवसर र चुनौतीबीच पनि केही जीवन्त भएको अनुभव गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 873 times, 1 visits today)

epaper

ताजा समाचार

बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००