शुक्रराज अस्पतालमा किट सकियाे, पिसिआर टेष्ट रोकियाे

सांकेतिक तस्विर

काठमाडाैं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताए । उनले बाहिरबाट समयमा किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताए ।

“हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ”, उनले भने, “अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।” उनका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

epaper

ताजा समाचार

६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै केन्द्रीय बैंक