कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाको मृत्यु

स्याङजा । कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाले ज्यान गुमाएका छन् । बैशाखको दोस्रो सातादेखी हाल सम्म जिल्लामा दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार १३ जना पुरुष र ५ जना महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पहिलो कोरोना संक्रमणबाट २१ ज्यान गुमाएका थिए । स्याङ्जामा दोस्रो लहरको संक्रमण शुरु भएको एक महिनामै मृतकको संख्या बढ्नुले जिल्लावासीमा त्रासको वातावरण सिर्जना भएको छ ।

११ स्थानीयतहरु रहेको स्याङ्जामा सबै भन्दा बढी संक्रमणबाट वालिङ र गल्याङ् नगरपालिकामा निधन भएको छ । गल्याङ्मा संक्रमितको संख्या थोरै भएपनि मृत्यु हुनेको संख्या भने अन्य पालिकाको भन्दा बढी रहेको छ । वालिङमा संक्रमितको संख्या अन्य पालिकाको भन्दा बढी रहेको छ । वालिङमा मात्रै संक्रमितको संख्या १ सय ९४ पुगेको छ । संक्रमितको संख्यामा वालिङ पछिको पुतलीबजार र चापाकोट नगरपालिका रहेका छन् । जिल्लामा हाल सम्म ६ सय २८ संक्रमित संख्या पुगेको छ ।

ति मध्ये १६ जना कोरोना संक्रमण जितेर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका निमित्त प्रमुख बिष्णु प्रसाद सुवेदीले जानकारी दिए । गतबर्ष भन्दा संक्रमणको दर यो पटक दोब्वर रुपले बढ्दै गएकाले सबैलाई सुरक्षित भएर घरमै बस्न जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । गतबर्ष ८ महिनामा करिव ९ सय संक्रमित भएको जिल्लामा यो पटक बैशाख महिनामै ६ सय २८ संक्रमितको संख्या पुग्नुले समुदायमा भयावह स्थिति हुन सक्ने आकल स्वास्थ्य विज्ञहरुको छ ।

जिल्लामा मृत्यु भएका मध्ये १६ जनाको पोखरा र २ जनाको जिल्लामै निधन भएको छ । जिल्लामै निधन भएका संक्रमितको शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले सचिव भट्टको निर्वाचन क्षेत्रमा बिरासत जोगाउन दबाब