अक्सिजन नपाएर दाङमा एकैदिन आठ जनाको मृत्यु

सीपुर । दाङमा अक्सिजनको अभाव हुँदा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारत कोरोना संक्रमितको अक्सिजन अभावका कारण वितेको चौविस घण्टामा ८ जनाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए । दाङमा एक सय मात्रै अक्सिजन सिलिण्डर आपूर्ति भएपछि अक्सिजन अभावमा ८ जनाको मृत्यु भएको व्यवस्थापक वलीले जानकारी दिए ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाभित्रका ५ जना, घोराही उपमहानगरपालिका १ जना, गढवा गाउँपालिका १ र दङिशरन गाउँपालिका गरेर २ महिला र ६ पुरुष ८ जना रहेछन् ।

यस अघि दाङमा दैनिक ४ सय सिलिण्डर आउने गरेको थियो । बेलझुण्डीलाई मात्रै दैनिक ३ सय बढी अक्सिजन सिलिण्डर आवश्यक पर्ने वलीले बताए ।

‘अक्सिजन अभावमा दैनिकजसो कोरोना संक्रमित बिरामीको मृत्यु हुन थाल्यो,’ व्यवस्थापक वलीले भने ‘यो हत्तेपाप हामी हेर्न सक्दैनौ । एक हजार व्याकप सिलिण्डर नहुँदासम्म संक्रमितलाई इन्ट्रि हुनदिदैनौ ।’

कठिन अवस्थामा छौ : प्रमुख जिल्ला अधिकारी

दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कठिन अवस्थामा आइपुगेको बताए । दाङमा अक्सिजन सिलिण्डरको चरम अभाव भएपछि आफुहरु असाध्यै तनावमा रहेको उनले बताए ।

दैनिक चार सय अक्सिजन सिलिण्डर ल्याएर जेनतेन कोरोना संक्रमितको उपचार हुँदै आइरहेका बेला सोमबार एकसय सिलिण्डर मात्रै आपूर्ति भएकाले कोरोना विशेष अस्पताल बेलझुण्डीमा ८ जना कोरोना संक्रमितको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी पौडेलको यस्तो भनाई आको हो ।

दाङमा दैनिक ७ सय सिलिण्डर आवश्यक पर्छ । यद्यपी आइतबारसम्म करिब करिब ४ सय सिलिण्डर आउने गरेको थियो । दाङमा अहिले दुई हजार २ सय ९५ जना कोरोना संक्रमित छन् । त्यसमध्य जटिल प्रकृतिका संक्रमित करिब ३ सय रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमाल गठबन्धनका उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अगाडि