Friday, July 23, 2021
HomeBreaking Newsकोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन

कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन

राजधानी समाचारदाता,

काठमाडाैं ।  कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो । एमालेका लोकप्रिय नेता चौलागाईँ गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा एमालेको युवा संघका पूर्व अध्यक्ष समेत रहेका चौलागाई यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।

चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलको इन्चार्ज समेत थिए । उनी एमालेका प्रभावशाली र लोकप्रिय नेताका रुपमा स्थापित थिए ।

काठमाडौं पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई समेत कोरोना पोजेटिभ देखिएका कारण उनीहरू होम आइसोलेसनमा छन् ।

Loading comments...

आजको समाचार

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

मुक्त कमैयासँग लालपूर्जा छ, जमिन छैन

  कञ्चनपुर । कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

साताका लोकप्रिय समाचार

आमालाई विहे गरे, छोरीलाई यौन दुर्व्यवहार

इटहरी । श्रीमान सशस्त्रको जागिरमा । घरमा दुई छोरी । तर, प्रायःजसो धेरै समय परपुरुषसँगै सहवास । इटहरी २० तरहराकी ३३ वर्षीया महिलाको घिनलाग्दो...

माधव नेपाल समुह तत्काल सरकारमा नजाने

  काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले तत्काल सरकारमा नजाने बताएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासकाे मत पाएपछि प्रतिक्रिया दिँदै लाेकतन्त्रकाे...

सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ता बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुँदै गएको छ । बिगत ११ महिनाको अबधिमा तीन सय ४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका...

ट्रेन्डिङ

सारा र आलियाबाट अभिनेत्री जान्ह्वी प्रभावित

मुम्बई । बलिउड अभिनेत्री जान्ह्वी कपुरले आफू दुई नायिकाबाट प्रभावित भएको बताएकी छन् । पछिल्लो पुस्ताका दुई अभिनेत्री आलिया भट्ट र सारा अली खानबाट...

प्रिमियर लिगः म्यान्चेस्टर सिटीको जीत

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएरातिको खेलमा म्यान्चेस्टर सिटी विजयी भयो । उसले ब्राइटनलाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?