Monday, June 14, 2021
Home Not-to-be-missed नेपालमा राधे रिलिजको सर्वत्र विरोध

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

डब्बु क्षत्री,

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा सेन्सर भएको छैन । सेन्सर बिना नै नेपालमा डिजिटल प्लेटफर्ममा रिलिज गरिएपछि यसको सर्वत्र विरोध भएको छ ।

यो फिल्लाई नेपालमा गोपीकृष्ण मुभिजले वितरण गरेको छ । फिल्म हलमा रिलिज गर्नु नपर्ने भएपछि गोपीकृष्णले सेन्सर गर्नु नपर्ला भनेर यहाँको डिजिटल प्लेटफर्ममा रिलिज गरिएको जनाएको छ ।

चलचित्र विकास बोर्डले भारतीय फिल्म राधेलाई बिना सेन्सर नै यहाँका नेट टिभी, डिस होमको फिल्म च्यानलगायतमा रिलिज गरिएको भन्दै सेन्सरका लागि बिहीबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठायो । सो पत्रप्रति मन्त्रालयको ध्यान गएको छ । फिल्म राधेलाई सेन्सर गरेर मात्र नेपालमा प्रदर्शन गर्नका लागि सञ्चार मान्त्रालयले शुक्रबार यो फिल्मको नेपाल वितरक गोपीकृष्ण मुभिजलाई पत्र काटेको छ । मन्त्रालयबाट पत्र आएपछि गोपीकृष्ण मुभिज सो फिल्मको सेन्सर तयारीमा शुक्रबार दिउँसोबाट जुटेको हो ।

नेपालमा नेपाली चलचित्रलाई हलदेखि टेलिभिजन च्यानलमा रिलिज गर्दा समेत सेन्सर गर्ने नियम छ । तर, विदेशी सिनेमा सेन्सर बिना चलाएपछि सबैतिरबाट विरोध भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले राजधानीलाई बताए । फिल्म राधेलाई नेपालमा सेन्सर नै नगरी नेपालकै डिजिटल प्लेटफर्म र टेलिभिजन च्यानलबाट रिलिज गरिएको भन्दै बिहीबार बोर्डमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा आफूलाई यो फिल्मलाई सेन्सर गर्न सञ्चार मन्त्रालयलाई अनुरोधपत्र पठाएको पनि दाहालले राजधानीलाई बताए ।

फिल्म राधेलाई विदेशको ओटिटी प्लेटफर्म तथा च्यानलबाट रिलिज गरेर नेपालमा हेरिएको भए सेन्सर गर्नुपर्ने थिएन । तर, नेपालकै टेलिभिजन र नेपालबाटै सञ्चालिन नेट टिभीबाट रिलिज गरिएकाले यसको सेन्सर गर्नुपर्ने दाहालको भनाइ छ । यसअघि नेपालमा निर्माण भएका कतीपय चलचित्र हलमा रिलिज हुन नसके पनि डिसहोमको फिल्म च्यानल, अन्य टेलिभिजन र डिजिटल प्लेटफर्मबाट रिलिज गर्नका लागि सम्बन्धित फिल्मले सेन्सरको प्रक्रिया पूरा गरेको थुप्रै उदाहरण रहेको पनि अध्यक्ष दाहालले बताए ।

नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष तथा चलचित्र निर्माता, अभिनेता नवल खड्काले शुक्रबार एक विज्ञप्ति नै जारी गरी नेपालमा सेन्सर नै नगरी चलचित्र राधे रिलिज गरिएको भन्दै त्यसको विरोध गरे । हरेक नेपाली फिल्मलाई सेन्सर बिना हल मात्र नभएर टेलिभिजन तथा डिजिटल प्लेटफर्ममा पनि रिलिज गर्न नदिने सरकारको नियम भएको उनले स्मरण गराए । तर, केका आधारमा सलमान खानको फिल्म राधेलाई सेन्सर बिना नेपालका टेलिभिजन च्यानलदेखि डिजिटल प्लेटफर्ममा समेत रिलिज गरिएको भनेर उनले प्रतिप्रश्न गरेका छन् । कि त सबै फिल्मको सेन्सर हटाइउनु पर्ने कि सबैलाई सेन्सर गर्नुपर्ने उनको माग छ ।

यस्तै नेपाल चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष एवं चलचित्र निर्देशक केपी पाठकले पनि फिल्म रोधेलाई नेपालमा बिना सेन्सर रिलिज गरेकोमा त्यसको विरोध गरेका छन् । विदेशी फिल्म नेपालमा सेन्सर नै नगरी यहाँमा टेलिभिजन च्यानल तथा डिजिटल प्लेटफर्मबाट रिलिज गर्नु गैरकानुनी कार्य भएको उनको जिकिर छ ।

निर्देशक मनोज पण्डितले पनि बिना सेन्सर नेपालमा राधे रिलिज हुन्छ भने अरू नेपाली फिल्म पनि अब सेन्सर बिना नेपालमा रिलिज गर्न पाउनुपर्ने माग सामाजिक सञ्जालमार्फत उठाएका छन् । यसरी विभिन्न नेपाली सिनेकर्मीले सेन्सर बिना राधेको नेपाल रिलिजप्रति दुःख व्यक्त गरेका छन् । यसतर्फ सरकारले ध्यान गएकाले फिल्म राधेलाई अब सेन्सर गर्न लगाएर मात्र प्रदर्शन गर्न दिने सञ्चार मान्त्रालले जनाएको छ ।

अभिनेता सलमान खानले फिल्म राधेलाई इदको अवसर पारेर बिहीबारबाट विश्व भर विभिन्न देशका ओटिटी प्लेटफर्मबाट रिलिज गरेका हुन् । कोभिडका कारण यो फिल्म भारत, नेपाललगायत विभिन्न देशका सिनेमा हलमा यतिबेला रिलिज हुन सकेको छैन ।

(Visited 708 times, 1 visits today)
Loading comments...

आजको समाचार

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

साताका लोकप्रिय समाचार

काल बन्दै पोखरी : एक वर्षमा १२ बालबालिकासहित २२ जनाको डुबेर मृत्यु

सप्तरी, राजविराज । सप्तरीमा पोखरीमा डुबेर मृत्यु हुनेको संख्या एकासी बढेको छ । जेठ महिनामा मात्र ४ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ ।...

कोरोना संक्रमणबाट आमाकाे मृत्यु भएको चार दिनपछि छोराको मृत्यु

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ बेल्टार बजारमा कोभिड १९ को संक्रमणबाट ४ दिनको अन्तरालमा आमा छोराको मृत्यु भएको छ । बेल्टार बजारको प्रतिष्ठित...

केही दिनयता घट्दै गम्भीर संक्रमित

काठमाडौं । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे...

निषेधाज्ञामा रोकिएन राजेन्द्रको संगीत सिर्जना

काठमाडौं । पछिल्लो निषेधाज्ञामा पनि राजेन्द्र बजगाईलाई खाली बस्नुपरेको छैन । गत साता मात्रै संगीतकार बजगाईंले प्रमोद खरेलको स्वरमा नयाँ गीत आमा...रेकर्ड गरेका छन्...

जसले हिम्मत हार्न जानेकै छैन

पौरख ललितपुर महालक्ष्मीथान–८ लुभु पुग्दा खेतबारीमै व्यस्त थिए, अमृत विक । कृषिलाई सम्भावना ठान्नेमध्ये एक हुन्, दाङ रक्षाचौरका उनी । कृषि गरेर ऋणमा डुबे तर...

ट्रेन्डिङ

कैलालीको चुरेमा बाढीले बगाउँदा २ जना बेपत्ता

डडेल्धुरा । कैलालीको चुरे गाउँपालिका वाड नं. १ मिलनपुरमा बाढीले बगाउदा २ जना बेपत्ता भएका छन् । रातभरी परेको अविरल बर्षाले गर्दा सोमबार बिहान...

कालोबजारीले बजारमा कृत्रिम अभाव

काठमाडौं । पछिल्लो समय आमउपभोक्ता कोरोना भाइरस संक्रमणको त्रासमा रहेको मौका छोपी व्यापारीले दैनिक उपभोग्यवस्तुको कृत्रिम अभाव सिर्जना गर्न थालेका छन् । त्यस्ता व्यापारीले...

छायांकन नरोकेपछि प्रहरीको हस्तक्षेप

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनलाई उलंघन गर्दै धमाधम चलचित्र, टेली चलचित्र तथा म्युजिक भिडियोको छायांकन गरिएपछि यस्तो छायांकनमा प्रहरीले रोक लगाएको छ...

सन् २०२५ मा पाँचाैं र १० वर्षमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनाउने भारतको लक्ष्य

नयाँ दिल्ली । छिमेकी सन् २०२५ मा पाँचाैं र १० वर्षमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनाउने लक्ष्य लिएको छ । मुलुक राजनीतिक र आर्थिक...

कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो...

नयाँ गठबन्धनमा कांग्रेसको मौनता

काठमाडौं ।नयाँ सरकार गठनका लागि दलीय गठबन्धन बनाउने विषयमा सक्रिय बनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एकाएक मौन देखिएको छ । कांग्रेसले स्पष्ट धारणा नदिँदा...

अक्सिजन अभावमा पोखराका व्यवसायी गुभाजुको निधन

पोखरा । पोखराका सफल व्यवसायी कृष्णमान गुभाजुको ६२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनको ज्यान गएको हो । पोखराबाट हेलिकोप्टरमार्फत थप...

के फोटोग्राफिक मेमोरी सम्भव छ ?

फोटोग्राफिक मेमोरी । एकपटक हेरेको, पढेको तथा सुनेको भरमा हुबहु जस्ताको तस्तै स्मरण गर्ने क्षमता । यस क्षमताका बारेमा अहिले मात्र होइन, उहिलेदेखि नै...

सरकार उद्योग व्यवसायलाई निरन्तरता दिने नीति ल्याउँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् । कोभिड­१९ बाट धराशायी...

१५औं वार्षिक योजनाले ल्याएको आशा र उमंग

विश्वमा मार्सल प्लानबाट आरम्भ भएको आवधिक योजना तर्जुमा गर्ने प्रचलन नेपालमा भने २०१३ सालबाट आरम्भ भएको हो । साविकमा सामान्यतः पाँच वर्षका लागि आवधिक...

प्रधानमन्त्री ओली जन्मघरमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा पुगेका छन् ।...

दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल

बेनी । १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबारदेखि पर्वतको बेनीमा सुरु हुने भएको छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)