Friday, June 18, 2021
Home भर्खरै १ लाख संक्रमित घरमै

१ लाख संक्रमित घरमै

प्रशान्त वली,

निर्देशिका भन्छ, बिरामीको नियमित अनुगमन

काठमाडौं । देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएकोसमेत पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको छैन । कतिपय संक्रमित र उनीहरूका आफन्तमा पर्याप्त परामर्श व्यवस्था नहुँदा मानसिक समस्यासमेत देखिन थालेको छ ।

कतिपय ठाउँमा होम आइसोलेसनमा बसेका संक्रमितले जनस्वास्थ्य मापदण्ड पालना नगर्दा थप जोखिम बढेको देखिएको छ । तर, स्थानीय सरकारले पनि उनीहरूको निगरानी गरेको पाइएको छैन ।

स्वास्थ्य मन्त्रालयले २० जेठ २०७७ मा कोभिड–१९ आइसोलेसन व्यवस्थापन निर्देशिका जारी गरेको थियो । होम आइसोलेसन बस्दा हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा बस्ने व्यवस्था मिलाउन, उपचार अवधिभर बाहिर ननिस्किन र आवश्यक सामग्री परिवारका सदस्यमार्फत मगाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार प्रत्येक दिन कम्तीमा तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुईपटक स्वास्थ्य अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एसएमएसमार्फत जानकारी गराउनुपर्छ । तर, यो अवस्था कार्यान्वयनमा आउन भने सकेको छैन ।

त्यस्तै, होम आइसोलेसन बस्दा भाँडाकु“डा, कपडा धुन पञ्जा लगाउनुपर्ने उल्लेख छ । घरमा रहेका बिरामी नियमित अनुगमन गर्ने भनिए पनि त्यसो हुन सकिरहेको छैन ।

इपीडिमियोलोजिस्ट डा. विराज कर्माचार्यले होम आइसोलेसनमा नबस्दा ग्रामीण भेगमा समुदायस्तरमा संक्रमण फैलिने दर बढेको औंल्याए । गाउँमा निषेधाज्ञा उल्लघंन भइरहेको र सामाजिक कार्यसमेत जारी रहेको उनले बताए ।

‘स्थानीय निकायले कन्ट्रयाक्ट ट्रेसिङ व्यवस्थापन गर्नुपर्छ,’ डा. कर्माचार्य भन्छन्, ‘संक्रमितको शरीरमा अक्सिजनको मात्रा हेर्नुपर्छ । ज्वरो आइरहने समस्या देखिए स्वास्थ्य संस्थामा जानुपर्छ ।’

हरेक गाउँमा संस्थागत आइसोलेसन व्यवस्था गरिनुपर्ने र उच्च जोखिममा रहेका स्थानमा सामूहिक कोरोना परीक्षण गर्न आवश्यक रहेकोमा कर्माचार्य जोड दिन्छन् ।
स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्य मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । मास्क समुचित प्रयोग, भौतिक दूरी र सरसफाइमा विशेष ध्यान दिनुपर्ने खा“चो उनले औंल्याए ।

६ हजार ६ सय ४८ डिस्चार्ज
देशभर आइतबार ६ हजार ६ सय ४८ संक्रमित डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म ३ लाख ३९ हजार ७ सय ५६ निको भएका छन् । आइतबार ७ हजार ३ सय ६८ जनामा कोरोना देखिएको छ । सक्रिय संक्रमित संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ । ७ सय १ क्वारेन्टाइनमा छन् । आइतबार देशभर १ सय ४५ संक्रमितको मृत्यु भएस“गै मृतक संख्या ५ हजार १ पुगेको छ ।

संक्रमितले कसरी सुरक्षित रहने ?
संक्रमितले होम आइसोलेसनमा संक्रमितलाई हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा बस्ने व्यवस्था मिलाउनुपर्छ । पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलोयुक्त खानेकुरा खानुपर्नेहुन्छ ।

प्रयोग गरिएका भाँडा सुरक्षित रूपमा सफा गर्ने र राम्रोस“ग सुकेपछि मात्रै प्रयोग गर्नुपर्ने जनस्वास्थ्य विज्ञ बताउँछन् । हात धुने स्थान संक्रमणको स्रोत हुन सक्ने भएकाले विशेष ख्याल गर्नुपर्ने हुन्छ । धेरै प्रयोग हुने वस्तु ढोका, टेबललगायत सामान निसंक्रमण गरी नियमित सफा गर्ने निर्देशिकामा उल्लेख छ ।

संक्रमितको हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र संक्रमण देखिएकाले अनिवार्य सर्जिकल मास्क प्रयोग गर्नुपर्नेछ । बढी जोखिममा रहने समूह, दीर्घरोगी, सुत्केरीलाई संक्रमितको सम्पर्कबाट टाढा राख्ने निर्देशिकामा समेटिएको छ ।

श्वासप्रश्वासमा कठिनाइ भएमा, छाती दुखे वा भारी भएको महसुस भएमा, ओठ तथा अनुहार निलो देखिएमा, होस हराए वा अन्य कुनै जटिल अवस्था देखिएमा स्वास्थ्यकर्मीलाई जानकारी गराउन निर्देशिकामा भनिएको छ ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

साताका लोकप्रिय समाचार

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

२६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीले पढ्ने संविधान फरक छ र ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि नवौं दिनको बहस नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहेर्दै’ राखिएको छ । सोमबार भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा र...

इन्फास्ट्रक्चर बैंकको सेयर भर्नु भाछ ? ५० कित्ता पर्न सक्छ !

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार (माघ १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले बुधबार प्री–अलोटमेन्ट गरेको...

सुरू भयाे काठमाडाैंमा खसीबोका बिक्री

काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । कम्पनीले बिहान ८ बजेबाट थापाथलीस्थित...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

भिसा सेवा आजदेखि सुरु, ११ असोजसम्म विलम्ब शुल्क नलाग्ने

काठमाडौं । अध्यागमन विभागले स्थगित भिसा सेवा आज आइतबारदेखि सुरु गर्ने भएको छ । विभागले भिसा सेवा आइतबारदेखि सुरु हुने जानकारी दिएको हो । सरकारले...

अब केही दिन मौसम सफा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश भू–भागमा मौसम सफा रहने जनाएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै...

बजारमा सामसङको नयाँ दुई फोन सेट

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङ नेपालले हालै आफ्नो प्रि अडर अफर अन्तर्गत ग्यालेक्सी S20 स्मार्टफोन प्रस्तुत गरेको छ । सामसङको...

प्रधानमन्त्री ज्यु हामी कार्वाही भोग्न लामबद्ध छौं : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्वाही गरेर देखाउन चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित चियापान समारोहमा पार्टीको...

‘इब्राहिमोभिच मेसी र रोनाल्डकै स्तरका फरवार्ड’

लन्डन । प्रशिक्षक रोर्बेटो मान्चिनीले स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरका फरवार्ड रहेको जिकिर गरेका छन् । इब्राहिमोभिच स्विडेनका पूर्वकप्तान...

उधारोमा बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५...

तिलाको १ करोड १५ लाख रुपैयाँ कोरोना रोकथाम कोषमा

कालिकोट । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम, उच्च सतर्कता, सावधानी तथा विपद् व्यवस्थापन गर्नका लागि तिलागुफा नगरपालिकाले १ करोड १५...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)