संक्रमित बढ्पछि बनेपा नगर क्षेत्र पूर्ण रुपमा सिल

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेसँगै नगर क्षेत्र पूर्णरुपमा सिल गरिएको छ । नगरमा दिनहुँ संक्रमित संख्या बढेपछि स्थानीय सरोकारवालासँग गरिएको छलफलले जेष्ठ ४ गते १२ गते रातीसम्मका लागि सिल गरिएको हो ।

नगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै नगर क्षेत्र सिल गरिएको स्पष्ट पारेको । प्रकाशित सूचना अनुसार उक्त समय अवधिमा औषधी पसल र उपचार अस्पताल बाहेक खाद्यान्न पसल, तरकारी तथा फलफुल पसल, दुग्धजन्य पसल र अन्य सम्पूर्ण व्यवसाय पूर्ण रुपमा बन्द रहनुको साथै बैंक तथा वित्तीय सस्थाहरु पनि पूर्ण रुपमा बन्द रहने छन् । अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधानहरु प्रयोग गर्न नपाइने प्रकाशित सूचना उल्लेख गरिएको छ ।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेद्वारा हस्ताक्षरित सूचना अनुसार फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट, विद्युतको सेवा दिने कार्यालय÷ सस्थाले न्युनतम कर्मचारी मार्फत स्वास्थ्यका आधारभूत मापदण्ड पालना गरी सेवा प्रवाह व्यवस्थापन गर्र्न आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 301 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम