कोरोना कहरमा सर्वसाधारणको साथमा मध्यनेपाल नगरपालिका

लमजुङ । लमजुङमा सदरमुकाम बाहिर रहेको एक नगरपालिकाले कोरोना कहरमा सर्वसाधारणको साथमा रहेको उदघोष गर्दै व्यवहारमा समेत त्यस्तो कार्य गरिआएको छ । आर्थिक कारणले उपचार गर्न नसक्नेलाइै ५ हजारदेखि २५ हजारसम्म सहयोग गर्ने घोषणा मध्यनेपाल नगरपालिकाले गरेको छ ।

अक्सिजन सहितको पाँच बेडको कोभिड अस्पताल समेत आफ्नै पहल र खर्चमा सञ्चालनमा ल्याएको मध्यनेपाल नगरपालिकाले कोभिड– १९ को दोस्रो प्रकोपबाट बचाउनका लागि सर्वसाधारणलाई ढाडस दिने कार्य गरेको मध्यनेपाल नगरपालिकाले यतिबेला वडास्तरमा पिसिआरका लागि घुम्ती स्वाव संकलन सेवा शुरु गरेको छ ।

नगरपालिकाले नगरबासीलाई रोग लुकाएर घरमा नबस्न अनुरोध गरेको पुनःस्मरण गराउन चाहन्छु सो नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताए । उनका अनुसार अहिलेसम्म पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य छ, असजिलो अनुभव भएमा तत्कालै कोबिड अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ । उनले भने ‘आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्नेहरूलाई शारीरिक स्थिति हेरेर ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयासम्म उपचार खर्च नगरपालिकाले बेहोर्ने भएको जानकारी गराउन चाहन्छु, त्यसैले कोहि पनि घरमा रोग लुकाएर नबस्न अनुरोध गर्दछु ।’

गत आइतबार वडा नं– ८ को डडुवा गाउँमा ४० जना, वडानं– ७ को रामबजारमा १६ जना, सोमबार वडानं– ६ को भोर्लेटार र वडनं– ३ को सोतिपसलमा गरी ३२ जनाको स्वाव लिने काम भएको नगरपालिकाको स्वास्थ्य शाखाका अनमी अस्मिता न्यौपानेले बताइन् । उनका अनुसार आजका मितिसम्म नगरपालिकामा ७९ जनाको पिसिआरका लागि पठाएकोमा २९ जनाको जना पोजेटिभ देखिएका छन् । संक्रमितमध्ये १५ जना महिला र १४ जना पुरुष हुनुहुन्छ ।

उहाँहरूमध्ये पाँच जनाले नगरपालिका बाहिर नै जाँच गर्नु भइ संक्रमित पुष्टि भएको र उपचार पनि बाहिरनै गरिरहनु भएको अन्य सबै होमआइसोलेसनमा रहनु भएको सबैको अवस्था सामान्य भएको जानकारी प्राप्त भएको अनमी न्यौपानेले जानकारी दिइन् । उनका अनुसार स्वाव संकलन गरिएका मध्ये १२० जनाको रिपोर्ट आउन बाँकी छ ।

नगरपालिकाले सबैले स्वास्थ मापदण्ड अपनाएर सुरक्षित रहन बारम्बार अनुरोध गरेको जानकारी दिदैं जेठ १० गतेसम्मका लागि थप गरिएको निषेधाज्ञाको पूर्ण पालनाका लागि नगरपालिकाले सबैमा अनुरोध गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?