दाङ । दाङस्थित दङ्गिसशरणका केही युवा सामाजिक सेवामा जुटेका छन् । कोरोना महामारीले बिश्व आक्रान्त भएको बेला बिपतको सामना गर्न एकीकृत भएर लागेको अभियानका अध्यक्ष राघब देबकोटाले बताए ।
दङ्गिसरण गाउँपालिकाको आइसोलेसनमा रहेका संक्रमितलाइ खाना खुवाउनक लागि ‘एक हजार रुपैंया हाम्रो अभियान’को थालनी गरिएको अभियानकर्ता प्रमोदरियाज आचार्यले बताए । ती युवाहरुले दाङमै संक्रमित र कुरुवालाइ पोसिलो खाना खुवाइरहेका छन् ।
बैशाख ३० गते बाट सुरु गरेको आफ्नो अभियान निरन्तर जारिरहेको र दङ्गिसरण ६ बागरमा रहेको आइसुलेसनमा रहेका १० जना बिरामी र उनका कुरुवाहरुलाइ निसुल्क पोसिलो खाना खुवाइरहेको अर्का अभियान्ता अर्जुन भट्टराईले बताए । अभियनकर्मी जिबेशनाथ योगिले आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरे ।
तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)






